Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पासवान संघ पर्साको जिल्ला भेला सम्पन्न, पुन: प्रभु पासवान कै अध्यक्षतामा नयाँ समिति चयन

spot_img
spot_img

वीरगंज । नेपाल पासवान संघ पर्साको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । संघको जिल्ला अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा बहुदरमाइ मन्दिरकाे प्राङ्गणमा सम्पन्न भेलाले पुनः प्रभु पासवान कै अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी पुनरगठन गरेको छ ।

पुनरगठित कमिटीको उपाध्यक्षमा शम्भु पासवान, सचीवमा रबिभुसन पासवान, उप-सचीवमा छनु पासवान, मुखिलाल हजरा, कोषाध्यक्षमा धिरज पासवान र सदस्यहरुमा धनन्जय पासवान, रामदयल पासवान, राजकेश्वर पासवान, अमरदेव पासवान, ललिता देबि, फुलझरी देबि, शम्भु पासवान, नरेन्द्र पासवान, दिनानाथ पासवान लगाएतका सर्वसहमत चयन भएका छन् ।

सम्पन्न भेलाले जिल्ला अवस्थित १४ वटा पालिकाहरुको कमिटी चैत्र मसान्त भित्र गठन गरि सक्ने निर्णय समेत गरेको उपाध्यक्ष शम्भु पासवानले जानकारी दिए ।

“देशभरीका पासवान एक हाैं” मुल नाराका साथ भएकाे भेलाको राष्ट्रिय सभाका पुर्ब सांसद रामपृत पासवानले उद्घाटन गरेका थिए । भेलाकाे प्रमुख अतिथी समेत रहेका पूर्व सांसद पासवानले जातिए एकताको बिकल्प नरहेको बताउँदै व्यापक कमिटी निर्माण गर्नु पर्नेमा जोड दिए ।

भेलामा दलित अभियान्ता धर्मेन्द्र पासवान, दलित अयोगका पुर्व सदस्य गाया हजरा पासवान, दलित अभियान्ता सुबा सहेब पासवान, पत्रकार बृजलाल पासवान, समाजसेबी डा. सुरेश पासवान लगाएतले मन्त्बय ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा कर्मचारीकाे मिलेमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी कार्यालयको...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...