Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

ग्लोबल बिजनेस कलेजमा २२ महिला सहित १०६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ग्लोबल बिजनेस कलेज वीरगंजकाे आयाेजनामा शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरस्थित कलेजको सभा हलमा भएकाे कार्यक्रममा २२ महिला सहित १०६ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा कलेजका निर्देशक ओमप्रकाश श्रेष्ठ, श्रीराम कुमार दास, स्नेहा सर्राफ, हिमानी गुप्ता रौनियार, अमृता सराफ, विश्वजित चामारिया, अभिजित गुप्ता, सुमित ठाकुर, विष्णु साह कानु, बिक्की कुशवाहा, क्षितिज अधिकारी, अप्सना कुमारी यादव, सावित्री मंडल, आशिष गुप्ता, महेश साह, अभय गुप्ता, राहुल गुप्ता, निरज साह, आशिष रौनियार, सन्दीप शाह, ओम प्रकाश शाह, सोनि साह, कृतिका पटेल, खुशी गुप्ता, विपिन यादव, आशा कुमारी, विकास पण्डित, साहेब यादवले रक्तदान गरेका छन् ।

यसैगरी पुजा पटेल, दिपेेश सर्राफ, रबिन्द्र गुप्ता, मुस्कान चाैधरी, प्रकाश सिंह, प्रिन्स पटेल, विशाल चाैरसिया, शनिक कुमार साह, आयुष पटेल, राेहित साह, राेशन सिंह राजपुत, खुशी कुमारी यादव, लक्ष्मी श्रेष्ठ, अंकित कुमार गुप्ता, उज्वल कुमार दास, राजु राैनियार, सागर गुप्ता, मन्दिप भण्डारी, मनिष कुमार साह, शतिस कुमार कुशवाहा, संदिप साह, संजित साह, अजय कुमार कुर्मी लगाएतकाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

“मानवताको सेवा नै, जीवनको सर्वोत्तम कार्य हो ।“ “स्वस्थ रहौं, समृद्ध बनौं ।“ भन्ने मुल नाराका साथ भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले गरेका थिए ।

आयाेजक कलेजका प्रीन्सिपल राम दासको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज ११ का वडाध्यक्ष अजय कुमार चाैरिया, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, रेडक्रसका राजन श्रीवास्तव, कलेजका संचालक ओम श्रेष्ठ, अशाेक सर्राफ, निभा देबि दास, दिलिप राज कार्की, करण यादव लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा कर्मचारीकाे मिलेमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी कार्यालयको...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...