Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

दोस्रो वीरगंज गोल्डकपको उदघाटन खेलमा वीरगंज युनाईटेड विजयी

spot_img
spot_img

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताकाे उद्घाटन खेलमा आयोजक वीरगंज युनाईटेड क्लब वीरगंज विजयी भएकाे छ । वीरगंजकाे आर्दशनगर रंगशलामा सुरु भएकाे प्रतियोगीताको उद्घाटन खेलमा वीरगंज युनाईटेड क्लबले १–० गोल अन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हाे ।

खेलको ५२ औ मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेपछि वीरगंज युनाईटेड क्लबले अग्रता पाएको हो । खेलमा फर्कन निरन्तर प्रयास गरेको गरवाल डाइमण्ड फुटबल क्लबले अन्तिम सम्म पनि सकेन । खेलको म्यान आफ दि म्याच वीरगंज युनाईटेड क्लबका खेलाडी विपिन मगर घोषित भएका थिए ।

भोली आइतबारकाे खेल सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमांडौ बिच हुने आयाेजकले जनाएकाे छ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन ।

अब प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगंज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ । प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...