Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

जनमत पार्टीकाे आँखा शिविर जारी, ३ हजार भन्दा बढी लाभान्वित

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा संचालित निशुल्क आँखा शिविर अझै जारी नै रहेकाे छ । पार्टीकाे लोककल्याणकारी अभियान अन्तर्गत शुक्रबार पनि २४ र २५ औं आँखा शिविर सम्पन्न भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

शिविरबाट अहिले सम्म ३ हजार एक सय पचास जना लाभान्वित भएकाे उनले जानकारी दिए । अध्यक्ष सर्राफका अनुसार शुक्रबार पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर -५ बलुवामा र बहुदरमाई नगरपालिका वडा नम्बर -४ डकैला बहुअरीमा निशुल्क आँखा शिविर सम्पन्न भएकाे हाे ।

बलुवामा भएकाे २४ औं शिविर शिविरबाट १०२ जना आँखा परिक्षण गराएका हुन् । जस मध्ये ३३ जनामा मोतिया बिन्दु भेटिएको छ । त्यसैगरि डकैला बहुअरीमा भएकाे २५ औं शिविर शिविरमा ७७ जनाले आँखा परिक्षण गराएका हुन् । जस मध्ये ३१ जनामा मोतिया बिन्दु भेटिएको छ ।

माेतिया बिन्दु भेटिएका सबैको शल्यक्रिया वीरगंज सामुदायिक आँखा अस्पतालमा नि:शुल्क गरिने जनमत पार्टी पर्साले जनाएकाे छ ।

शिविरमा जनमत पार्टीका नेताहरू राजुराज गिरि, नजमा खातुन, राम राज साह, जय कुमार साह लगायत वीरगंज सामुदायिक आँखा अस्पतालका प्राविधिकहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...