Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताहरूको भीड

spot_img
spot_img

ओमप्रकाश सर्राफ/
सेढवा ।  बिहेको लगन शुरू भएपछि सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताहरूको भीड लाग्न थालेकाे छ । विवाह भोजनका लागि खाद्यान्न, किराना सामग्री, लत्ताकपडा र भाडाकुँडा खरीद गर्न नेपाली उपभोक्ताहरू प्रायः गरेर भारतीय बजार जाने गर्छन् ।

सिमावर्ती भेलाही, सिक्टा, मैनाटार, इनर्वा, भङ्गहा, रक्साै लगायतका भारतीय बजारहरुमा यतिबेला नेपाली ग्राहकको भीड लाग्ने गरेकाे छ । भारतीय बजारमा सामग्री सस्तो पाइने गरेकोले नेपाली उपभोक्ताहरूको पहिलो रोजाइ भारतीय बजार नै हुन गरेकाे छ ।

पटेर्वा सुगौली गाउँपालिका-३ निवासी भागवत चौधरीले नेपालभन्दा भारतीय बजारमा लत्ताकपडाको मूल्य ३०-४० प्रतिशत सस्तो भएको बताए । एक-दुई थान कपडा खरीद गर्न नेपाली बजारमा जाने गरेको भएपनि बिहेका लागि ठूलो परिमाणमा कपडा खरिद गर्न भारतीय बजारमा किनमेल गर्नुपर्ने बताए ।

त्यस्तै भोजका लागि चामल, दाल, खाने तेल, मैदा, बेसन, खाद्य पदार्थ पनि खरीद गर्न भारतीय बजारको भर पर्नुपरेको बताए । सखुवा प्रसौनी गापा-१ की सङ्गतिा देवीले भारतीय बजारमा भारु २ सयमा प्रतिकिलो आल्मुनियमको भाडाकुँडा पाइने गरेको बताइन् । उनले नेपालमा सोही भाँडाको मूल्य नेपाली रुपैया चार सय प्रतिकिलो पर्ने बताइन् ।

पर्सा जिल्लाका अधिकांश उपभोक्ता बिहेको आवश्यक सामग्री खरीद गर्नका सीमावर्ती भारतीय बजारमा भर पर्ने गरेका छन् । यस क्षेत्रका जिराभवानी, ठोरी, पटेर्वा सुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, छिपहरमाई, कालिकामाई, पकहाँ मैनपुर लगायतका बिवाह भोजको ८० प्रतिशत सामान भारतीय बजारबाट नै खरिद हुने गरेका छन ।

त्यस्तै सीमावर्ती भारतीय बजार पनि नेपाली ग्राहककै कारण चल्ने गरेको त्यहाँका व्यापारीहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...