Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 346

मन्दिरमा तोडफोड गर्ने युवक पक्राउ

वीरगंज । सर्लाहीमा मन्दिरमा तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठा रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महताेले जानकारी दिए ।

प्रवक्ता महताेका अनुसार मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका–९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरिएको हो ।

मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेकाे मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु¥याए धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रेम विवाह भइरहेका कारण दाइजाेकाे कुरामा सत्यता नरहेकाे केटा पक्षकाे दाबी

वीरगंज । दाइजाेकाे बिषयमा विवाद हुँदा विहे नै भाँडिएकाे घटना नयाँ मोड लिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २७ रामगढवामा साेमबार राति बरमाला पछि हुने कन्या निरिक्षणकाे क्रममा बेहुला र बेहुली पक्ष बिच विवाद हुँदा विवाह नै हुन सकेन ।

पछि विवाद झडपमा परिणत भएपछि कलैया उपमहानगरपालिकाकाे वडा नं. ४ का २६ बर्षिय उमेश साह (बेहुला) सहित बेहुला पक्षका ५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएकाे छ ।

बेहुली पक्षले केटाले थप दाइजाेकाे रुपमा सुनकाे सिकरी माग गरेका कारण विवाह भाँडिएकाे भन्दै मंगलबार दिउसाे जिल्ला प्रहरी कार्यालयमा उजरी दिएपछि बेहुला पक्षका पांचै जना विरुद्ध प्रहरीले विवाह विरुद्धकाे कसुरमा मुद्दा चलाएकाे हाे ।  

तर बेहुला पक्षले प्रेम विवाह भइरहेकाेले दाइजाेका कारण विवाह भाँडिएकाे कुरामा सत्यता नरहेकाे वताएका छन् । बेहुला उमेशकी आमा राधिका देवी साह गोढले बिहेको क्रममा दाईजोको गलत आरोप लगाएको बताएकी छन् । उनले केटी पक्षले आफ्नो हैसियतभन्दा अधिक गहना मागेपछि विवाद भएको बताएकी छन् ।

दाईजो लेनदेनको कुनै कुरा नभएको बताउँदै उनले केटी पक्षले मनगढन्ते कहानी बनाएर छोराको इज्जत प्रतिष्ठा नास गरेको बताएकी छन् । बेहुला उमेशकी आमा राधिकाले बिहे गर्न जाँदा केटा पक्षबाट केटी पक्षको लागि जाने गरगहना मध्ये थप गहना मागेपछि मात्र विवाद भएको बताएकी हुन् ।

विगत दुई बर्षदेखि दुल्हा र दुल्हीबीच प्रेम सम्बन्ध चल्दै आएको बताउँदै राधिकाले परिवारिक सहमतिमा विहेको कुरा भएको बताईन् । उनले प्रेम विवाह भएकै कारण कुनै दाईजो नमागेको पनि दाबी गरिन् ।

बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बोल्दै बेहुला उमेशकी आमा राधिकाले भनेकि छन्,‘ यो दाइजोको विवाद हुदै होइन। केटी पक्षले मनगढन्ते र झूठो आरोप लगाएर हाम्रो परिवारको इज्जतको नाश गरेका छन्।’

राधिकाले आफनो परिवारको हैसियत भन्दा बढी बेहुली पक्षले बेहुलीका लागि गहना मागेपछि उल्टै दाइजोमा सुनको सिक्री मागेको बहाना बनाएर आफनो छोरा, पति, छोरा र ज्वाँइलाई फसाएर प्रहरीमा थुन्न लगाएको बताएकी छन् ।

मंगलबार दिनभरी केटा र केटी पक्षका बिच भएकाे छलफलमा सहमती जुटन नसकेपछि प्रहरीले मुद्दा दर्ता गरेकाे थियाे । प्रहरीले मुद्दा चलाएपछि कन्या निरिक्षण पछि भाँडिएकाे विवाह अन्याैल भएकाे छ । 

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधि सभाकाे बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

मतदानमा २६८ जना सहभागी थिए । प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो । प्रस्तावको विपक्षमा ११० मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि उनले विश्वासको मत लिएको यो तेस्रो पटक हो । २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला मतदानमा सहभागी २७० मध्ये उनलाई २६८ जनाले विश्वासको मत दिएका थिए, २ जनाले विपक्षमा मत दिएका थिए ।

विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देश औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा नरहेको र औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प गरेको बताएका थिए ।

‘आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिबद्धतामा यो सम्मानित संसद्‌ले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ’, उनले भनेका थिए ।

लागू औषध ट्याबलेटसहित एक जना पक्राउ

वीरगंज । प्रहरीले बाराकाे निजगढ नगरपालिका वडा नं.१६ टांगिया बस्तीबाट मंगलबार विहान लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिकाकाे वडा नं.१६ टांगिया बस्ती निवासी २७ बर्षिय अजय घलानलाई नियन्त्रणमा लिएकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले अजय घलान भन्ने कान्छाराम तामाङको घरमा खानतालासी गर्दा लुकाई छिपाई राखेको लागु औषध ड्रामाटोल १२०५ पिस, नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस ट्याबलेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बरामद ट्याबलेट सहित घलानलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

मिनिल्याण्ड स्कुलकाे ४० औं बार्षिकाेत्सव भव्य रुपमा सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे मिनिल्याणड इंगलिश सकेन्डरी स्कुलकाे ४० औं बार्षिकाेत्सव कार्यक्रम बुधबार भव्य रुपमा सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष प्रधानले शिक्षकलाई सम्मान गर्नु पर्ने वताए । उनले शिक्षकले आफू जलेर पनि दियाे बाल्ने कार्य गर्ने भएकाेले सम्मान गर्नु पर्ने वताए ।

उनले भने “शिक्षक र शिक्षिकालाई सम्मान गर्नु पर्छ । किनभने शिक्षक पेशा यस्ताे हाे, जसले आफु जलेर भए पनि दियाे बाल्ने गर्दछ ।”

विद्यालयका संचालक लालबाबु पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी, उपाध्यक्ष शिव गुप्ता, जिल्ला सचिव राहुल श्रीवास्तव, वीरगंजका महानगर अध्यक्ष आलाेक चाैरसिया, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, लिटिल बडी इन्टरनेशनल स्कुलका प्रिन्सपल बिजय कुमार बाल, ज्ञान साह, पत्रकार दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन संचारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुले विभिन्न किसिमकाे सांस्कृति प्रस्तुती राखेका थिए । साथै कार्यक्रममा विभिन्न प्रतियाेगितामा उत्कृष्ट भएका छात्र/छात्राहरुलाई प्रमाण पत्र तथा मेडल समेत वितरण गरिएकाे स्कुलका प्रिन्सपल सुरज पटेलले जानकारी दिए ।   

जनमत पार्टीकाे केन्द्रिय सदस्यमा अनुराग द्विवेदी मनाेनित

वीरगंज । जनमत पार्टीको केन्द्रीय सदस्यमा अनुराग द्विवेदी मनोनिन भएका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि.के. राउतले पार्टीको विधान २०७९ को धारा १६ (घ) अनुसार दुवेदीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पर्साको वीरगंज महानगरपालिका वडा नं. २४ निवासी द्विवेदी पूर्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) समेत हुन् । प्रहरी सेवामा रहेर काम गर्दा द्विवेदी सप्तरी, नुवाकोट, पर्सा, बारा काठमाण्डाै लगायतका जिल्लाहरुमा जिम्मेवारीमा रहेर काम गरेका थिए ।

डिआइजीकाे बढुवामा नपरेपछि एसएसपीबाट गत असारमा राजीनामा दिएका द्विवेदीले पुष १० गते जनमत पार्टीमा प्रबेश गरि राजनीतिक यात्रा सुरु गरेका थिए । हाल उनी पर्सा जिल्लामा नै राजनीतिक गतिविधिमा सक्रिय रहेका छन् ।

दाइजाेकाे विषयमा विवाद हुँदा विहे नै भाँडियाे, बेहुलासहित ५ जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा सोमबार राति दाइजोकाे विषयमा विवाद हुँदा विहे नै भाँडिएकाे छ । विहेकाे कनिया निरिक्षनमा गहना चढाउने विषयमा विवाद भई झडप हुँदा प्रहरीले बेहुलासहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।

विहे भाँडिएपछि प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी २८ बर्षिय उमेश साह गाेढ (बेहुला), बेहुलाका बुबा ६० बर्षिय बच्चालाल साह गाेढ, दाजुहरु ४२ बर्षिय राकेश साह र ४० बर्षिय मुकेश साह, बारा कै परवानीपुर गाउँपालिका वडा नं. ५ निवासी भिनाजु ४५ बर्षिय रामएकबाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

रामगढवामा साेमबार राति उमेशको विवाहको लागि जन्ती आएकोमा  सामाजिक परम्परा अनुसार विवाह भैरहेकाेमा साेही दिन रातीको ०२:०० बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरूसंग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली खटि गई उक्त विवाह रद्ध गर्नेहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेकाहरु विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट २ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

स्थानियका अनुसार उमेशकाे विहे वीरगंज २४ रामगढवाका सुखल साहकी छोरी २४ बर्षिय रमिता कुमारीको संग भइरहेकाे थियाे । वैवाहिक कार्यक्रम सुरु भई बेहुला र बेहुलीबच बरमाला(स्वयम्बर)पनि धुमधामकासाथ सम्पन्न भइसकेकाे थियाे ।

त्यसपछि विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको स्थानियकाे भनाई छ ।

बेहुला उमेश वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । बेहुली रमिता वीरगंज कै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

बेहुलीका भाई सुजित साहका अनुसार बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ, मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ, ६५ हजार रुपैयाँको एक थान ल्यापटप, करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री विहे अगाडि नै दिइसकेको थियो ।

त्यसका बाबजुदपनि सोमबारराति विहेको मण्डप मै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेपछि झडप भएकाे थियाे । त्यसपछि मंगलबार विहान वडा प्रहरी कार्यालय श्रीपुरमा भएकाे छलफल क्रममा सहमति जुटन नसकेपछि विहे अन्याेल भएकाे हाे । 

छलफलकाे क्रममा बेहुली रमिताले उमेशसंग विहे नगर्न अडान राखेकी थिइन । उनले भनिन “दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासंग म विहे गरेर बस्न सक्दिन । म उसंग कुनैपनि हालतमा विहे गर्न सक्दिन ।’ उनले थपिन्,‘ दाइजोकै लागि मजस्तै अरुपनि चेलीबेटी र उसको परिवारको यस्तो नहोस् अनि दाइजोका लोभीलाई सबक होस् भनेर मैले यो निर्णय लिएकी हुँ।’

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकपकाे तयारी पुरा

वीरगंज । अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ । करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरु सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरुले पनि सहयोग गरिरहेको बताए ।

प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनलेे बताए । त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आयोजक क्लबका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचीव ध्रुव प्रसाद साह , कोषाध्यक्ष सोनालाल मण्डल, आयोजक क्लबका टिम म्यानेजर संजय मण्डल , आयोजक क्लबका सदस्यहरु रवि राजा राम , रामप्रवेश कुशवाहा लगायतकाको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तथा प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले गरेका थिए ।

लागु औषध गाँजासहित सखुवा प्रसाैनीका ठाकुर पक्राउ

वीरगंज । प्रहरीले वीरगंजकाे घण्टाघरबाट लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।
 
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले साेमबार दिउसाे ४ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.९ घण्टाघरबाट सखुवाप्रसौनी गाउँपालिका वडा नं.२ जमुनिया निवासी ५५ बर्षिय ध्रुव ठाकुरलाई पक्राउ गरेकाे हाे ।
 
घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनमा एक जना अपचिरित व्यक्तिले सेतो प्लाष्टिकको झोला साथमा लिई संकाष्पदरूपमा बस्दै गरेको अवस्थामा खटिएको चेकिङ टोलीले खानतलासी गर्दा ठाकुरले लिएको झोलाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ३ के.जी.५०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
पक्राउ परेका ठाकुरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।
 

साथै; प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित रहेको एक कवाड गोदामबाट लागु औषध गाँजा बरामद गरेकाे छ ।

गाँजा खरिद बिक्री कार्य भैरहेको बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गोदाममा गई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा गोदाम भित्र सुन्योजित तरिकाले लुकाइ छिपाई राखिएको तिन पोका लागु औषध गाँजा ५ के.जी.८०० ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।

कबाड गोदाम संचालक भारत विहार पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा निवासी ३० बर्षिय अरविन्द कुमार गुप्ता हाल फरार रहेको हुँदा निजलाई यस कार्यालयबाट तदारूक्ताका साथ खोजतलास कार्य भैरहेको व्यहोरा पर्सा प्रहरीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

जसपाबाट उपेन्द्र र नवलकिशोर भए मन्त्री

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागि भएकाे छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा गएका छन् । उनीहरुले आइतबार बिहान मन्त्रीकाे शपथ लिएका हुन् ।

दुबै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएका थिए । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् । यस अघि  नै तीन जना उपप्रधानमन्त्री भइसकेका छन् ।

यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् भने साह वन तथा वातावरण मन्त्री बनेका छन् । 

योसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार २२ सदस्यीय भएको छ । अब संविधानअनुसार प्रचण्डले बढीमा तीन जना मात्र राज्यमन्त्री थप्न सक्छन् । 

नयाँ गठबन्धनको सरकारमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एस सहभागी भएका छन् ।