Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 335

मोटरसाइकल चोरी आराेपमा दुई जना पक्राउ

कलैया । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोलका २१ वर्षीय बली साह सोनार र सोही ठाउँका २५ वर्षीय रामनिवाश राउत भेडियर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल स्थितवाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भागेकोमा अनुसन्धान गर्दै जाने क्रममा उक्त दुई जनालाई पक्राउ गरेको हो ।

मंगलवार बेलुका अन्दाजी ८ बजेको समयमा जिल्लाको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकल सहित दुबै जनालाई फेला पारेको थियो ।

मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद लिई अन्य अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

मेडिकल कलेजका एमडी अन्सारी र डाक्टर साह हाजरी जमानीमा रिहा

वीरगंज । म्याद गुज्रेकाे केमिकल तथा ‌औषधी प्रयाेग गरेकाे आराेपमा पक्राउ परेका वीरगंज महानगरपालिकाकाे वडा नं. १५ मा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी र डाक्टर संजय साह रिहा भएका छन् ।

सरकारी वकिलकाे कार्यालयलले थप ५ दिन थुनामा राख्न अनुमति दिएकै दिन बुधबार दुबै जना रिहा भएका हुन् । दुबै जनालाई हाजरी जमानीमा छाेडिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

अनुगमनकाे क्रममा अस्पतालकाे ल्याब (प्रयोगशाला) मा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि अनुसन्धानकाे लागि वीरगंज महनगरपालिकाकाे वडा नम्बर ८ का एमडी अन्सारी र सप्तरीकाे बाेदेबर्साईन नगरपालिकाकाे वडा नम्बर १० का डाक्टर साहलाई प्रहरीले साेमबार पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका दिनदेखि नै वीरगंज हेल्थ केयर अस्पतालमा बस्दै आएका दुबै जनालाई बुधबार सांझ नै छाेडिएकाे डिएसपी थापाले जानकारी दिए । उनले स्वास्थ्य समस्या देखिएका दुबै जनालाई थप उपचारकाे लागि हाजरी जमानीमा छाेडिएकाे वताए ।

थप उपचारकाे लागि बाहिर लग्न छाेडिएकाे हाे की ? प्रत्रकारकाे प्रश्नकाे जवाफमा डिएसपी थापाले वीरगंज हेल्थ केयरले अहिले दुबै जनाकाे ब्यान दिने अवस्था नरहेकाे लेखेर दिएपछि थप उपचारकाे लागि हाजिरी जमानीमा छाेडिएकाे वताउँदै त्याे कुरा थाहा नभएकाे वताए ।

पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा कालाेबजारी मुद्दा दर्ता गरि अनुसन्धानकाे लागि दुई दिनकाे म्याद लिएकाे थियाे । म्यादकाे अन्तिम दिन बुधबार दुबै जनालाई प्रहरी सरकारी वकिलकाे कार्यालयमा पेश गरि थप ५ दिनकाे म्याद लिएकाे थियाे ।

अस्पतालकाे आइसियु कक्षमा राखिएपनि एमडी सहनवाजलाई माेबाइल प्रयाेग गर्न दिइएकाे थियाे । थुनुवालाई प्रहरीले माेबाइल प्रयाेग गर्न नदिएपनि एमडी अन्सारी आइसियु कक्षमै माेबाइल खेलाएर बस्दै आएका थिए । सानालाई ऐन ठूलालाई चयन सरह उनलाई सबै थाेककाे छुट देखिएकाे छ । 

दाेस्राे पटक म्याद थप भएकै दिन प्रहरीले छाेडेपछि समाजिक संजालमा आलाेचना समेत भइरहेकाे छ । प्रहरीले थप उपचारकाे लागि छाेडिएकाे वताएपनि ईद मनाउन छाेडिएकाे भन्दै प्रहरीकाे आलाेचना भइरहेकाे छ ।

आगामी बर्षकाे नीति तथा कार्यक्रममा हरवा चरवाको लागि बजेट बिनियोजन गर्न माग

वीरगंज । हरवा चरवा अधिकार मंच पर्साले एकै दिन पर्साको तीन वटा पालिकामा विभिन्न माग राखी ज्ञापन पत्र बुझएको छ ।
मंचको जिल्ला समितिको निर्णय बमोजिम बुधबार पर्सागढि नगरपालिका, बहुदरमाइ नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकामा ज्ञापनपत्र बुझएको हो ।

मंचका पर्सागढि नगरपालिकामा कमिटी अध्यक्ष जादोलाल रामको नेतृत्वमा गएको टोलिले नगरपालिकाका मेयर गोकर्ण पाठकालाई आगामी आ.ब -२०८१/०८२ को नीति तथा कार्यक्रममा हरवा चरवाको अवस्थालाइ मध्य नजर गर्दै बजेट बिनियोजन गर्न ज्ञापनपत्र मार्फत दवाब दिएको मंचको जिल्ला सदस्य धनराज रामले बताए ।

त्यस्तै बहुदरमाइ नगरपालिकामा राजकुमार पासवानको नेतृत्वमा गएको टोलिले त्यस्तै माग राखी ज्ञापनपत्र बुझएको हो ।

त्यसै गरि मंचको पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सहदेव महराको नेतृत्वमा गएको टोलिले अगामी बजेटमा हरावा चरवाको माग सम्बोधन गर्नका लागि ज्ञापनपत्र बुझएको मंचको जिल्ला अध्यक्ष अमरदेव पासवानले जानकारी दिए ।

मेडिकल कलेजका एमडी सहनवाजलाई थप ५ दिन थुनामा राख्न आदेश

वीरगंज । म्याद गुज्रेकाे केमिकल तथा ‌औषधी प्रयाेग गरेकाे आराेपमा पक्राउ परेका वीरगंज महानगरपालिकाकाे वडा नं. १५ मा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी र डाक्टर संजय साहलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएकाे छ ।

अस्पतालकाे ल्याब (प्रयोगशाला) मा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि अनुसन्धानकाे लागि वीरगंज महनगरपालिकाकाे वडा नम्बर ८ का शाहनवाज र सप्तरीकाे बाेदेबर्साईन नगरपालिकाकाे वडा नम्बर १० का डाक्टर संजयलाई प्रहरीले साेमबार पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा कालाेबजारी मुद्दा दर्ता गरि अनुसन्धानकाे लागि दुई दिनकाे म्याद लिएकाे थियाे । म्यादकाे अन्तिम दिन बुधबार दुबै जनालाई प्रहरीले पर्सा जिल्ला अदालतमा पेश गरेकाे थियाे । दाेस्राे पटक अदालतले थप ५ दिनकाे म्याद दिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) केशर न्यौपानेले जानकारी दिए ।

प्रहरीले थप अनुसन्धान गर्न ५ दिनकाे म्याद मागे अनुसार नै अदालतले ५ दिनकाे थप म्याद दिएकाे डिएसपी न्याैपानेले वताए ।

पक्राउ परेका दुबै जनाकाे स्वास्थ्यमा समस्या भएकाे भन्दै पक्राउ परेकै दिनदेखि अस्पतालमा राखिएकाे छ । पहुँचकाे आधारमा सुरुमा नारायणी अस्पताल, त्यसपछि नेपाल मेडिसिटी बयाेधा अस्पाल लगिएपनि अन्तिमा वीरगंज हेल्थ केयर अस्पतालकाे भर्ना गरिएकाे छ ।

अस्पतालकाे आइसियु कक्षमा उनलाई राखेर उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । थुनुवालाई प्रहरीले माेबाइल प्रयाेग गर्न नदिएपनि एमडी सहनवाज आइसियु कक्षमै माेबाइल खेलाएर बस्दै आएका छन् । सानालाई एन ठूलालाई चयन सरह उनलाई सबै थाेककाे छुट देखिएकाे छ ।

पर्सागढी ६ का वडाध्यक्ष कलवारले सिफारिस नगरेकाे आराेप

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवलकिशाेर प्रसादले सिफारिस नगरेकाे स्थानियहरुकाे एक समुहले आराेप लगाएकाे छ ।

वडा सदस्य प्रभु प्रसाद यादवसहितकाे समुहले मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै आफुहरुकाे विभिन्न किसिमकाे सिफारिस लगायतकाे काम वडाध्यक्ष कलवारले नगरेकाे आराेप लगाएकाे हाे । पत्रकार सम्मेलनमा सहभागि स्थानिय राधेश्याम प्रसाद यादवले आफ्नाे हक दाबी सम्बन्धि सिफारिस वडाध्यक्ष कलवार नगरेकाे वताए । 

त्यसैगरी अर्का स्थानिय बलिराम प्रसाद यादवले आफ्नाे नाता प्रमाणित वडाध्यक्ष कलवारले नगरेकाे वताए । उनले नाता प्रमाणितकाे लागि धेरै पटक वडाध्यक्षसंग सम्पर्क गर्दा पनि नगरेकाे गुनासाे गरे ।

त्यसैगरी अर्का स्थानिय जगदिश गिरीले आफ्नाे उँखु अनुदानकाे लागि आवश्यक पर्ने सिफारिस वडाध्यक्ष कलवारले नगरिदिएकाे वताए । उनले पनि सिफारिसकाे लागि कति पटक वडाध्यक्षसंग सम्पर्क गर्दा पनि नगरेकाे आराेप लगाए ।

त्यसैगरी पत्रकार सम्मेलन मै उपस्थित अर्का स्थानिय हिरालाल हजराले आफ्नाे आम्दनीकाे प्रमाणित वडाध्यक्ष नगरेकाे वताए । उनले बैंकबाट ऋण लिनेकाे लागि आवश्यक पर्ने आम्दानी प्रमाणित वडाध्यक्ष नगरेकाे आराेप लगाए ।

पत्रकार सम्मेलनमा सहभागि निर्वाचित वडा सदस्य प्रभु यादवले वडा कार्यालयबाट प्रदान हुने सेवा प्रभावमा वडाध्यक्ष कलवारले विभेद गर्दै आएकाे वताए । उनले आफ्नाे मान्छे वाहेकलाई सिफारिस लगायतकाे कामकाे लागि दु:ख दिदै आएकाे आराेप लगाए ।

वडाध्यक्ष कलवारले आराेप बारे स्थलगत आएर बुझ्नु पर्ने वताए । उनले भने “दुई/चार जनाले आराेप लगाएकाे केही अर्थ छैन् । तपाईलाई यथार्थ कुरा थाहा पाउनु छ भने स्लगत आएर बुझ्नुस् ।” 

प्रहरीले एमडी सहनवाजकाे मुद्दाकाे फाइल दुई दिन मै अदालतमा गर्याे पेश

वीरगंज । म्याद गुज्रेकाे केमिकल तथा ‌औषधी प्रयाेग गरेकाे आराेपमा पक्राउ परेका वीरगंज महानगरपालिकाकाे वडा नं. १५ मा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी र डाक्टर संजय साहलाई आज प्रहरीले अदालतमा पेश गरेकाे छ ।

अस्पतालकाे ल्याब (प्रयोगशाला) मा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि अनुसन्धानकाे लागि वीरगंज महनगरपालिकाकाे वडा नम्बर ८ का शाहनवाज र सप्तरीकाे बाेदेबर्साईन नगरपालिकाकाे वडा नम्बर १० का डाक्टर संजयलाई प्रहरीले साेमबार पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले मंगलबार जिल्ला अदालतमा कालाेबजारी मुद्दा दर्ता गरि अनुसन्धानकाे लागि दुई दिनकाे म्याद लिएकाे थियाे । म्यादकाे अन्तिम दिन आज बुधबार दुबै जनालाई पर्सा जिल्ला अदालतमा पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) केशर न्यौपानेले जानकारी दिए ।

उनले भने “म्याद सकेकाे अन्तिम दिन आज दुबै जनालाई मुद्दाकाे फाइल नै अदालतमा पठाएका छाैं, अब अदालतले के आदेश दिदै छ ।” 

पक्राउ परेका दुबै जनाकाे स्वास्थ्यमा समस्या भएकाे भन्दै पक्राउ परेकै दिनदेखि अस्पतालमा राखिएकाे छ । पहुँचकाे आधारमा सुरुमा नारायणी अस्पताल, त्यसपछि नेपाल मेडिसिटी बयाेधा अस्पाल लगिएपनि अन्तिमा वीरगंज हेल्थ केयर अस्पतालकाे भर्ना गरि राखिएकाे थियाे ।

प्रहरीले दुई दिन मै अनुसन्धान सकाएर फाइल अदालतमा पेश गरेपछि पक्राउ परेकाहरु आजै छुटाउन भइरहेकाे चलखेल प्रमाणित हुँदै गएकाे छ । पक्राउ परेका दुबै जनाकाे रिहाईकाे माग गर्दै मंगलबार कलेजका स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।

गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान

वीरगंज । गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान कार्यक्रम मंगलबार वीरगंजमा सम्पन भएको छ ।

एनईसी नेपालको आयोजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले हाम्राे पालिकाको क्षमता र बजेटले भ्याए सम्म एनईसी नेपालका कार्यक्रमलाई सहयोग गर्ने बताए । उनले हाम्राे पालिकाको कुल बजेटको ४४ प्रतिशत शिक्षामा नै लगानी भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले  शिक्षा नै सब थोक भएकोले शिक्षामा लगानी गरी पालिकालाई सर्बाेत्कृष्ट बनाउने लक्ष्य पनि रहेको बताए । 

पोखरीया नगरपालिकाकी उपप्रमुख रुबी ठाकुरले पहिला भन्दा अब शिक्षामा सुधार भएको बताईन । उनले शिक्षाका लागी हरेक तरिकाबाट सहयोग गरिरहेको र अब आउने दिनहरुमा पनि गर्ने प्रतिबद्धता जनाईन ।

गैररसरकारी संस्थाा महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले कसैलाई गाली र आरोप लगाएर समावेशी र गुणस्तरिय शिक्षा हुन नसक्ने बताए । उनले शिक्षक, अभिभावक, विद्यार्थी तथा पालिकाको सहयोग बिना समावेशी र गुणस्तरिय शिक्षाको परिकल्पना गर्नु मुर्खता बाहेक केही हुन नसक्ने बताए । निजी विद्यालयका बिधार्थीहरु भन्दा सरकारी विद्यालयका बिधार्थीहरु बढी भन्दा बढी लोक सेवामा नाम निकाल्न सफल भएको जिकिर गरे ।

सरकारी विद्यालयका शिक्षक र बिधार्थीहरुको मनोवल गिराउनु भन्दा सेवा सुबिधा दि मनोवल उच्च बनाउदा समावेशी र गुणस्तरिय शिक्षामा टेवा पुग्ने अध्यक्ष साहले बताए । धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबनीका वडाध्यक्ष मनउर मियाले हामी सबै जनाको साझा प्रयासबाट शिक्षा समावेशी र गुणस्तरीय हुनसक्ने बताए ।

समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको सिकाई आदानप्रदान कार्यक्रममा शिक्षक चन्देश चौहान, पत्रकार माधुरी महतो, समाजसेवी दुलार्चन साह लगायतकाले मन्तब्य राखेका थिए । एनईसीका प्रशिक्षक तथा अनुसंधानकर्ता डा. प्रमोद केसी, एसवोडिसीका ललन पटेल र रोजिनाले बिभिन्न बिषयमा प्रस्तुती तथा छलफल गराएका थिए ।

मेडिकल कलेजका एमडी सहनाजलाई छुटाउन विभिन्न चलखेल सुरु

वीरगंज । म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग प्रकरणमा पक्राउ परेका नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अंसारीलाई बचाउन कलेजले विभिन्न चलखेल सुरु गरेकाे छ ।

शुरुमा पक्राउ परेका कलेजका एमडी सहनवाज एवं ल्याब प्रमुख संजय सालाई थुनामा जानबाट बचाउन कलेजका प्रशासक शेखचान्द ताराले बिरामीको नाटक गर्न लगाएका थिए । उनीहरुको नौटकी अनुसार साेमबार राती नै छातीमा पेन र व्लड प्रेसर हाई भएको भन्दै दुवै जनालाई प्रहरीले नारायणी अस्पताल पु¥याएका थिए । पर्साका प्रहरी उपरिक्षक कुमोध ढुंगेलले बिरामी भएकाे भन्दै नारायाण अस्पतालमै भर्ना गर्न निर्देशन दिएका थिए । तर उनका आफ्न्तहरु नारायणी अस्पतालमा उचार सम्भव नहुने भन्दै नेशनल मेडिकल कलेजमै लानदिन दवाव दिएका थिए ।

नारायाणी अस्पतालको डक्टरहरुकै सल्लाह अनुसार प्रहरीले नेशनल मेडिकल अस्पतालमा लान नदिएपछि बीरगंजको ब्योधा अस्पातलको आईस्यु कक्षमा भर्ना गरिएको थियो ।

तर ब्योधापछि पुन: राती १ बजे तिर फेरी परिवारका सदस्यहरुले एमडी अंसारीलाई नेशनल मेडिकल कलेजमै लान कसर गरेका थिए । तर पर्सा प्रहरीकै निर्देशन अनुसार नै प्रहरीले अर्को अस्पताल अपसनको रुपमा खाजेका थिए । त्यस पश्चात गण्डक स्थिती बीरगंज हेल्थ केयर अस्पतालमा राती १ः३० बजे ब्योधाबाट हेल्थ केयरमा सिफ्ट गरिएको थियो ।

अस्पताल स्रोत तथा उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई शुरुमा ब्लड प्रेसर तथा छातीमा दुखाई रहेकोमा बिहान सम्म हल्का डाईरिया र ज्वरो पनि देखिएको छ ।

घटना बारे प्रहरीले पनि सही प्रतिक्रिया दिन चाहेका छैन् । दोषी देखिए कानुनी कारवाही गर्ने हिसावमा पर्सा प्रहरी काम गरी रहेको तथा कसैको दवावमा नपर्ने प्रतिक्रिया पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताएपनि थुनामा राख्नु पर्ने व्यक्तीलाई झुठा बिवरण बनाई प्रहरीले नै अस्पताल भर्ना गराउन सहयोग गरेको हो कि ? भन्ने अंशकाहरु उब्जिएको छ ।

स्रोतलाई हवाला दिने हो भने एमडी अंसारीलाई कुनै बिमारी नरहेको तथा उनका बुवा डा. जैनुदिन अंसारीको प्रभाव र दवावमा प्रहरी प्रशासन एवं राजनितिक दलका प्रतिनिधिहरु काम गरी रहेका छन् । सानालाई ऐन र ठूलालाई चैन पुरानै शैलीमा पर्सा प्रहरी चलेको हो कि भन्ने आम वीरगंजवासीको बुझाई छ ।

एमडी अंसारीले एका तर्फ बिरामीको नाटक गरी रहेका छन् भने अर्को तर्फ प्रहरी प्रशासन एवं अनुगमन टोलीले गरेको कामको प्रेस बिज्ञप्ती निकालेर बिरोध गरी रहेका छन् । कलेज प्रशासनले मंगवार बिहान एक प्रेस बिज्ञप्ती प्रकाशित गरी अनुगमन टोलीले द्वेषपूर्ण एवं पूर्वाग्री भएर काम गरेको भन्दै अनुगमन तथा अनुसन्धानमा देखिएका सम्पूर्ण कुराहरुलाई खारेज गरेको थियो ।

उत्ता अस्पतालका एमडी अंसारी बेडमा आराम गर्ने बहानामा दिनभरी मोबाईल खेलाई रहेका छन् भने आफ्न्तहरुसँग कुराकानी गर्न व्यस्थ रहेका छन् । आईस्यु भर्ना भएको कारण  हतपती कसैलाई चिकित्सकहरुले प्रवेश दिदैनन् । तर एमडी अंसारीको कक्षमा भने त्यतो कुनै प्रोटोकल अपनाइएको छैन् । उनलाई गेष्टहाउसमा पाईने सुबिधा दिइएको छ । उनी दिनभरी आफन्तलाई भेटन र कुराकानी गर्नमै व्यस्थ भइरहेका छन् ।

यता मंगलबार एमडी शहनवाज र ल्याब प्रमुख साहलाई रिहा गर्न माग गर्दै कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले प्रदर्शन गरेका छन् ।

प्रहरीले पूर्वाग्रही भएर एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको भन्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीहरूले मङ्गलवार दिउँसो प्रदर्शन गरेका हुन् । हातमा झाडु र पोस्टर लिएर जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेका करिब एक सय जनाको सङ्ख्यामा रहेका उनीहरूले प्रहरीविरुद्ध नाराबाजी पनि गरेका थिए । एमडी अन्सारी र ल्याब प्रमुख साहलाई विना सर्त रिहा गर्नु पर्ने उनीहरूको माग छ ।

म्याद गुज्रिएको केमिकल तथा औषधी प्रकरणमा पक्राउ परेका कलेजका प्रबन्ध निर्देश शाहनवाज र ल्याब प्रमुख सञ्जयलाई हिरासतका राख्न जिल्ला अदालत पर्साले दुई दिनको अनुमती दिएको छ ।

घटना बारे थप अनुसान्धनका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ७ दिनको म्याद मागेकोमा जिल्ला अदालत पर्साले २ दिनको म्याद मात्र दिएको हो । कालोबजारी तथा समाजिक अपराध गरेको भन्दै कारवाहीको माग गर्दै दुवै जनालाई उपर उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानको लागि अदालतमा दुवै जनालाई पेश गरेको थियो ।

मधेश विश्वविद्यालयकाे ९ छात्रवृत्ति मध्ये डेसिमल कलेज कै ४ जना नाम निकाल्न सफल

वीरगंज । मधेश विश्वविद्यालयकाे छात्रवृत्तिका लागि डेसिमल कलेजका ४ विद्यार्थी छनाैट भएका छन् ।

मधेश विश्वविद्यालयले साेमबार प्रकाशन गरेकाे बिएएलएलबि तर्फकाे पूर्ण छात्रवृत्ति सूचिमा ११ जना मध्ये ४ जना डेसिमल कलेजका विद्यार्थी नाम निकाल्न सफल भएकाे क्लेजका प्रमुख शनि दुबेले जानकारी दिए ।

उनका अनुसार डेसिमल कलेजका विद्यार्थी जेहेन्दार तर्फ एक नम्बरमा निरज पटेल, जेहेन्दार तर्फ नै दुई नम्बरमा अमर यादव, दलित तर्फ रुपलाल राम र मुस्लिम तर्फ महमद मुस्ताक मियाँ नाम निकाल्न सफल भएका हुन् ।

यसैगरी मधेश विश्वविद्यालयकाे बिएएलएलबिकाे छात्रवृत्तिकाे लागि समाजिक समुह तर्फ अन्य कलेजका हारुण अन्सारी, साेनी कुमारी पासवान, रुपलाल राम, अरविन्द महताे, दीक्षा कुमारी चाैधरी, नक्कुल ठाकुर लाेहानर, मनिषा कुमारी र नुर आलम देवान नाम निकाल्न सफल भएका छन् ।

यसैगरी बिबिएएमकाे जेहेन्दार समुह तर्फ खुशी गुप्ता र बिपिएएम समाजिक समुह तर्फ सहिमा खातनु नाम निकाल्न सफल भएकाे मधेश विश्वविद्यालयले जनाएकाे छ । छात्रवृत्तिका लागि छनाैट भएका विद्यार्थीहरुलाई कबुलियत नामा गर्नका लागि प्रशासन शाखामा सम्पर्क गर्न साेमबार विश्वविद्यालयले सूचना समेत गरेकाे छ ।  

धाेबिनीकाे गुलरियामा आगलागी, ४ वटा घर जलेर नष्ट

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरियामा साेमबार राति आगलागी हुँदा ४ वटा घर पुर्ण रुपले जलेर नष्ट भएकाे छ । स्थानिय राजिन्द्र राउत कुर्मी, मतिफ मियाँ, फरिन्द्र राउत कुर्मी र रविन्द्र पटेलकाे घर पुर्ण रुपले जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय लंगडीका प्रमुख प्रहरी नायब निरिक्षक (सई) ताेजेन्द्र बिसीले जानकारी दिए ।

बिधुतकाे तार सर्ट भई मध्ये राति १२ बजे भएकाे आगलागीमा तीन जनाकाे फुसकाे घर र एक जनाकाे टिनकाे छाप्राे भएकाे घर पुर्ण रुपले जलेकाे सई बिसीले वताए । आगलागीमा परि घरमा रहेकाे लत्ताकपडा, भाँडाबर्तन, खाद्य सामग्रीहरु जल्नुकाे साथै ५ बाख्रा समेत जलेकाे उनले वताए । आगलागीबाट अनुमानित २० लाख बराबरकाे क्षति भएकाे सई बिसिले वताए ।

आगलागीकाे क्रममा मतिफ मियाँकाे घरमा रहेकाे ग्यास सिलिन्डर बिष्फाेट भएपछि स्थानियहरु थप त्रसित भएका थिए । पाेखरिया नगरपालिका, वीरगंज महानगरपालिका र श्रीपुरबाट पुगेकाे ३ वटा दमकल र स्थानिय प्रहरीकाे सहयाेगमा करिब दुई घण्टापछि आगाे नियन्त्रणमा आएकाे थियाे ।

आगलागीबाट मानविय क्षति नभएपनि ४ घरपरिवारलाई घर विहिन बनाएकाे छ । आगलागी भएकाे स्थान नजिक जलेकाे ४ वटा घरकाे आलावा अरु घर नरहेकाे कारण आगाे नियन्त्रणमा लिन सहज भएकाे स्थानियहरुले वताएका छन् । आगलागी भएकाे स्थानम नजिक अरु घर भएकाे गाउँ नै जलेर नष्ट हुने सम्भावना रहेकाे स्थानियहरुकाे भनाई छ ।