Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

रंगशालाको बाउण्ड्री वाल तथा मेश जाली निर्माणकाे शिलान्यास

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा ।
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ३ परसवामा रहेको मिनी रंगशालाको बाउण्ड्री वाल तथा मेश जाली निर्माण कार्यको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाे बिच वडाध्यक्ष सुरज राय थारुले शिलान्यास गरेका हुन् ।  

मधेश प्रदेश सरकारकाे २५ लाख रुपैयाँको लागतमा बाउण्ड्री वाल निर्माणका हुने जनाइएकाे छ । निर्माण समितिका अनुसार, सो बजेटबाट करिब २२० मिटर लामो बाउण्ड्री वाल र मेश जाली जडान गरिने छ ।

निर्माण कार्य निर्धारित प्राविधिक मापदण्ड अनुसार अघि बढाइने समितिका सदस्यहरुले जनाएका छन । उक्त मिनी रंगशाला जिराभवानी गाँउपालिकाको गौरवको प्रतीकका रूपमा रहेको छ । यही रंगशालामा न्यू एभरेष्ट क्लब, परसवाले विगत २९ वर्षदेखि हरेक चार वर्षको अन्तरालमा ‘परसवा गोल्डकप फुटबल प्रतियोगिता’ को बिभिन्न संस्करण आयोजना गर्दै आएको छ ।

पर्सा जिल्लाकै प्रतिष्ठित फूटबाल प्रतियोगितामध्ये एक मानिने यो गोल्डकपले जिल्लाभित्र मात्र होइन, वरपरका जिल्लाबाट पनि फुटबल टिमहरुको सहभागिता हुने गरेका र ती टिमहरुमा अन्तराष्ट्रिय स्तरको खेलाडीहरुले खेल प्रदर्शन गर्दै आएका छन ।

स्थानीयवासीहरूले शिलान्यासलाई उत्साहपूर्वक स्वागत गरेका छन् र रंगशालाको पूर्वाधार विकासले स्थानीय खेलकुद प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...