Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

रंगशालाको बाउण्ड्री वाल तथा मेश जाली निर्माणकाे शिलान्यास

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा ।
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ३ परसवामा रहेको मिनी रंगशालाको बाउण्ड्री वाल तथा मेश जाली निर्माण कार्यको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाे बिच वडाध्यक्ष सुरज राय थारुले शिलान्यास गरेका हुन् ।  

मधेश प्रदेश सरकारकाे २५ लाख रुपैयाँको लागतमा बाउण्ड्री वाल निर्माणका हुने जनाइएकाे छ । निर्माण समितिका अनुसार, सो बजेटबाट करिब २२० मिटर लामो बाउण्ड्री वाल र मेश जाली जडान गरिने छ ।

निर्माण कार्य निर्धारित प्राविधिक मापदण्ड अनुसार अघि बढाइने समितिका सदस्यहरुले जनाएका छन । उक्त मिनी रंगशाला जिराभवानी गाँउपालिकाको गौरवको प्रतीकका रूपमा रहेको छ । यही रंगशालामा न्यू एभरेष्ट क्लब, परसवाले विगत २९ वर्षदेखि हरेक चार वर्षको अन्तरालमा ‘परसवा गोल्डकप फुटबल प्रतियोगिता’ को बिभिन्न संस्करण आयोजना गर्दै आएको छ ।

पर्सा जिल्लाकै प्रतिष्ठित फूटबाल प्रतियोगितामध्ये एक मानिने यो गोल्डकपले जिल्लाभित्र मात्र होइन, वरपरका जिल्लाबाट पनि फुटबल टिमहरुको सहभागिता हुने गरेका र ती टिमहरुमा अन्तराष्ट्रिय स्तरको खेलाडीहरुले खेल प्रदर्शन गर्दै आएका छन ।

स्थानीयवासीहरूले शिलान्यासलाई उत्साहपूर्वक स्वागत गरेका छन् र रंगशालाको पूर्वाधार विकासले स्थानीय खेलकुद प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...