Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

सुरक्षित आवाश कार्यक्रम अन्तरगत ३८ वटा घरहरु हस्तानतरण

spot_img
spot_img

वीरगंज । लक्कीचुहा नगरपालिक र सुदूरपश्चिम प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसंगको सहकार्यमा राष्ट्रिय दलित नेटवर्क नेपाल र हयाबिटयाट फर हुमानिटी ईन्टरनेशलन नेपालको संयुक्त साँझेदारीमा सञ्चालित सुरक्षित आवाश कार्यक्रम अन्तरगत ३८ वटा घरहरु हस्तानतरण गरिएको छ ।

लम्कीचुहा नगरपालिका वडा नं. ४ कौवापुरमा रहेका ३८ मुक्त कमैया परिवारहरुलाई नगरप्रमुख सुशिला शाहीले हिजो एक औपचारिक कार्यक्रमका बिच हस्तानतरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी नगरप्रमुख शाहीले समाजमा अति गरिव र सिमान्तकृत समुदायको रुपमा रहेका मुक्त कमैया परिवारका लागि सुरक्षित आवाश निर्माण गरिने काम आफैमा प्रशंसनीय रहेको बताउदै सहयोगी निकायलाई धन्यवाद समेत दिनुभयो ।

लम्कीचुहा नगरपालिका वडा न ४ कौवापुर स्थित आर्थीक बर्ष २०८९८० देखि २०८०र८१ सम्म ३८ वटा मुक्त कमैया समुदायका सुरक्षित घरको निमाण कार्य सम्पन्न भएको हो । सो घरहरु लक्षित समुदायको सहभागितामा निर्माण गरिएको उपभोक्ता समितिको परिचालन मार्फत निर्माण भएका हुन । सो कार्यक्रमा राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष मोहन ओडले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ को धारा ४० को उपधारा (५) र (६) ले प्रावधान गरेको भूमि र आवाश अधिकार सुनिश्चित गर्न योगदान दिने उद्देश्यले संस्थाको पहलमा भूमिहिन दलित, मुक्त हलिया, कमैया र बादीहरुलाई लक्षित गरि सुरक्षित आवाश निर्माण भईरहेको बताउनु भयो ।

राष्ट्रिय दलित नेटवर्क नेपालका महासचिव पार्वती आग्रीले बितग तिन बर्षदेखि संस्थाको पहलमा कैलाली र कञ्चनपुर जिल्लामा समाजमा पछाडी पारिएका भूमिहिन दलित, मुक्त हलिया, कमैया र बादी समुदायका लागि १५९ घर निर्माणको कार्य सम्पन्न भएको र यसै आर्थिक बर्ष भित्र १०२ घरहरु निर्माण भईरहेको बताउनु भयो । साथै उहाँले राष्ट्रिय दलित नेटवर्क नेपालको प्राथमिकताको क्षेत्र नीतिगत जनकालत, सामाजिक परिचालन र संघर्षका साथै अवको पाटो निर्माणको समेत रहने कुरामा जोड दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले...

एमाले मधेश प्रदेश कमिटीमा पर्साका ८ जना मनोनित

वीरगंज । नेकपा एमाले मधेश प्रदेश सचिवालय बैठकले पर्साका आठ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार बर्दिबासमा बसेको बैठकले पार्टीको संगठनात्मक...

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...