Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बिरन्चीवर्वामा अध्यात्मीक प्रबचन कार्यक्रम सम्पन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चिबर्वामा शनिबार अद्धितीय अध्यात्मीक प्रबचन कार्यक्रम सम्पन्न भएकाे छ । ओमशान्ति बिरन्चवीवर्वाको आयोजनामा महाशिवरात्री पर्वको पबित्र अवसरमा बर्तमान समयमा शिवरात्रीको अद्धितीय अध्यात्मीक प्रबचन कार्यक्रम सम्पन्न भएकाे हाे ।

ओमशान्ति बिरगंजकी रबिना दिदीको अध्यक्षतामा र कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको हो । कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्ययक्ष गुप्ताले कालिकामाई गाउपालिकाको वडा नम्बर ५ मा बिगतका दिनमा रहेका अन्याय, अत्यचार मानवहिन्ता किसिम्मका घटनाले अब बिस्तारै शान्तिमा परिणत भएको बताए ।

उनले बिगत ७ बर्षको अनुभवमा अब धेरै सुधार भएको बताउँदै त्यसमा ओमशान्तिको कार्यक्रमले सुधार आएको दावी गरे । उनले अब बिस्तारै अझ सुधार हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा बिशिष्ट अतिथी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले जिवनमा धेरै मानिसलाई शान्तिकाे कमि भएकाे वताए । उनले भने  “यो आधुनिक युगमा मान्छेलाई सारा सुखसुबिधा छ, कुनै कुराको कमी छैन तर मनमा शान्ति छैन । संसारमा धन छ, प्रबिधी छ तर शान्ति छैन, हामी बेचैनीको जविन जिवन बाध्य छौ ।”

कार्यक्रममा कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयनारायण पटेल, वडासदस्यहरु, सो गाउँका भद्रभलादमी, समाजसेवी, महिला तथा पुरुषहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्यक्रममा संयुक्त रुपमा गाउँपालिका अध्यक्ष गुप्ता र नेपाल पत्रकार महासंघका अध्यक्ष खनालले ओमशान्तिका झण्डातोलन गर्नु भएको ओमशान्तिका हरिशंकर पासवानले बताए ।

सोही क्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकास खनाल र सदस्य रितेश झालाई ओमशान्ति बिरन्चीवर्वाले सम्मान गरेको थियाे । ओमशान्तिका टोलीले बिरन्चीवर्वा गाउँ परिक्रमा गरी आफ्नो ओमशान्तिका झण्डा फहराउदै बिभिन्न किसिमका झाकी पनि प्रदर्शन गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...