Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 336

मधेश विश्वविद्यालयकाे ९ छात्रवृत्ति मध्ये डेसिमल कलेज कै ४ जना नाम निकाल्न सफल

वीरगंज । मधेश विश्वविद्यालयकाे छात्रवृत्तिका लागि डेसिमल कलेजका ४ विद्यार्थी छनाैट भएका छन् ।

मधेश विश्वविद्यालयले साेमबार प्रकाशन गरेकाे बिएएलएलबि तर्फकाे पूर्ण छात्रवृत्ति सूचिमा ११ जना मध्ये ४ जना डेसिमल कलेजका विद्यार्थी नाम निकाल्न सफल भएकाे क्लेजका प्रमुख शनि दुबेले जानकारी दिए ।

उनका अनुसार डेसिमल कलेजका विद्यार्थी जेहेन्दार तर्फ एक नम्बरमा निरज पटेल, जेहेन्दार तर्फ नै दुई नम्बरमा अमर यादव, दलित तर्फ रुपलाल राम र मुस्लिम तर्फ महमद मुस्ताक मियाँ नाम निकाल्न सफल भएका हुन् ।

यसैगरी मधेश विश्वविद्यालयकाे बिएएलएलबिकाे छात्रवृत्तिकाे लागि समाजिक समुह तर्फ अन्य कलेजका हारुण अन्सारी, साेनी कुमारी पासवान, रुपलाल राम, अरविन्द महताे, दीक्षा कुमारी चाैधरी, नक्कुल ठाकुर लाेहानर, मनिषा कुमारी र नुर आलम देवान नाम निकाल्न सफल भएका छन् ।

यसैगरी बिबिएएमकाे जेहेन्दार समुह तर्फ खुशी गुप्ता र बिपिएएम समाजिक समुह तर्फ सहिमा खातनु नाम निकाल्न सफल भएकाे मधेश विश्वविद्यालयले जनाएकाे छ । छात्रवृत्तिका लागि छनाैट भएका विद्यार्थीहरुलाई कबुलियत नामा गर्नका लागि प्रशासन शाखामा सम्पर्क गर्न साेमबार विश्वविद्यालयले सूचना समेत गरेकाे छ ।  

धाेबिनीकाे गुलरियामा आगलागी, ४ वटा घर जलेर नष्ट

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरियामा साेमबार राति आगलागी हुँदा ४ वटा घर पुर्ण रुपले जलेर नष्ट भएकाे छ । स्थानिय राजिन्द्र राउत कुर्मी, मतिफ मियाँ, फरिन्द्र राउत कुर्मी र रविन्द्र पटेलकाे घर पुर्ण रुपले जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय लंगडीका प्रमुख प्रहरी नायब निरिक्षक (सई) ताेजेन्द्र बिसीले जानकारी दिए ।

बिधुतकाे तार सर्ट भई मध्ये राति १२ बजे भएकाे आगलागीमा तीन जनाकाे फुसकाे घर र एक जनाकाे टिनकाे छाप्राे भएकाे घर पुर्ण रुपले जलेकाे सई बिसीले वताए । आगलागीमा परि घरमा रहेकाे लत्ताकपडा, भाँडाबर्तन, खाद्य सामग्रीहरु जल्नुकाे साथै ५ बाख्रा समेत जलेकाे उनले वताए । आगलागीबाट अनुमानित २० लाख बराबरकाे क्षति भएकाे सई बिसिले वताए ।

आगलागीकाे क्रममा मतिफ मियाँकाे घरमा रहेकाे ग्यास सिलिन्डर बिष्फाेट भएपछि स्थानियहरु थप त्रसित भएका थिए । पाेखरिया नगरपालिका, वीरगंज महानगरपालिका र श्रीपुरबाट पुगेकाे ३ वटा दमकल र स्थानिय प्रहरीकाे सहयाेगमा करिब दुई घण्टापछि आगाे नियन्त्रणमा आएकाे थियाे ।

आगलागीबाट मानविय क्षति नभएपनि ४ घरपरिवारलाई घर विहिन बनाएकाे छ । आगलागी भएकाे स्थान नजिक जलेकाे ४ वटा घरकाे आलावा अरु घर नरहेकाे कारण आगाे नियन्त्रणमा लिन सहज भएकाे स्थानियहरुले वताएका छन् । आगलागी भएकाे स्थानम नजिक अरु घर भएकाे गाउँ नै जलेर नष्ट हुने सम्भावना रहेकाे स्थानियहरुकाे भनाई छ ।   

रामनवमीको अवसरमा एसएसबी रक्सौलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । रामनवमीको अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

नयाँ संवत्सर र नवरात्रीको प्रारम्भ तथा आउँदो रामनवमीको विशेष अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोर अस्पतालकाे आयोजना भएकाे कार्यक्रममा २० सैनिकसहित २२ जनाले रक्तदान गरेकाे इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्तदान शिविरमा वाहिनीका सिपाहीहरुले उत्साहका साथ भाग लिएका थिए । कामु कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, डिप्टी कमाण्डेन्ट ४७ औं कोरको प्रेरणामा इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा असहायको निस्वार्थ सेवा गर्न सकोस् भन्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको इन्स्पेक्टर शर्माले वताए ।

उक्त शिविरमा वाहिनीका कार्यवाहक कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण आफैले रक्तदान गर्नुका साथै उनीसंगै मातहतका एक अधिकृत र २० जना सैनिकले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रममा वाहिनीका चिकित्सक डा प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, अधिकारीहरूका अलावा मातहतका अधिकृत इन्स्पेक्टर मनोज कुमार शर्मा तथा सैनिक तथा सञ्चारकर्मीको उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गर्दै आएकाे छ । सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेकाे जनाइएकाे छ ।

सीमामा व्यापक उपस्थितिका साथसाथै सशस्त्र सीमा बल सामाजिक कार्यमा सधै तत्पर रहन्छ, जसको रक्तदान कार्यक्रम एउटा जीवित उदाहरण हो । वाहिनीले पछिल्लो एक महिनामा आयोजना गरेको यो दोस्रो रक्तदान कार्यक्रम भएकाे आयाेजकले जनाएकाे छ ।

नेशनल मेडिकल कलेजमा छापामारी, एमडी अन्सारीसहित दुई जना पक्राउ

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजमा साेमबार छापामारी भएकाे छ । वीरगंज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा कलेजमा छापा मारेको हो ।

ल्याब (प्रयोगशाला) म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि प्रहरीको टोलीले कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।  एमडी अन्सारीसहित ल्याब प्राविधिक संजय साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

अनुगमनकाे क्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । 

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको पटेलले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको भेटियो ।

फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरु भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरु डेट एक्स्पायर भएको फेला परर्यो ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक कुमोध ढुंगेलसंगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

जनमत पार्टी पर्सामा ३ दर्जन भन्दा बढी युवाहरु प्रबेश

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनमा शनिबार वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित पार्टी कार्यालयमा भएकाे कार्यक्रममा वीरगंजका ३ दर्जन भन्दा बढी युवाहरु प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

युवा दास्ताको संयोजक मनोज सर्राफको पहलमा वीरगंजका डिम्पल कायस्थ, नविन पटेल, आकाश पटेल लगायतका युवाहरु जनमत पार्टीमा प्रबेश गरेका हुन् । उनीहरुलाई जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह, केन्द्रीय सदस्य अनुराग द्विवेदी, पर्सा जिल्ला अध्यक्ष सर्राफले पार्टी सदस्यता वितरण गर्दै पार्टीमा प्रबेश गराएका थिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला इन्चार्ज सिंहले पर्सा जिल्लामा नम्बर १ पार्टी बनाउने उद्देश्य अनुसार काम भइरहेकाे वताए । उनले त्यँही अनुसार पार्टीलाई बलियाे बनाउन काम गर्नु पर्ने वताए ।

केन्द्रिय सदस्य द्विवेदीले युवाहरुलाई जनमत पार्टीमा गाेलबन्द हुन अनुराेध गरे । शिक्षित युवाहरु राजनीतिकमा अगाडी नबढेसम्म देशकाे विकास नहुने उनकाे भनाई थियाे ।

पर्सा जिल्ला अध्यक्ष सर्राफले युवाहरु रचनात्मक काम गर्नु पर्ने वताए । पार्टीमा सक्रिय रुपमा युवाहरु लाग्न आग्रह गर्दै उनले सक्रियता अनुसारकाे पार्टीले जिम्मेवारी पनि दिने वताए । 

अध्यक्ष सर्राफले जिल्लामा संगठन निर्माणकाे काम तिब्र गतिले भइरहेकाे वताउँदै हाल सम्म जिल्लाकाे १०४ वडामा समेत समिति गठन भइसकेकाे वताए ।

सिरहामा पेस्तोल देखाएर दिनदहाडै लुटियो साढे १५ लाख

वीरगंज । मधेश प्रदेशकाे सिरहामा आइतबार दिनदहाडै एक मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् ।

सदरमुकाम सिरहाबाट विष्णुपुर गाउँपालिकातर्फ मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लिएर जाँदै गरेका विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका सञ्चालक कुशेश्वर यादव लुटिएका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जन व्याक्तिले यादवलाई रोकेर पेस्तोल देखाई उनीसँग भएको रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

सिरहा बजारको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

लुटेराहरु भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

वीरगंजबाट भारत तस्करी गर्न लागिएको ठूलो परिमाणमा मदिरा बरामद

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट ठूलो परिमाणमा शीलबन्दी मदिरा बरामद गरेको छ । शनिबार राति टाटासुमो गाडीमा लोड गरेर भारत तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीले बरामद गरेकाे हाे ।

सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतसंग जोडिएको वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ कोनियाबाट भारत लग्न लागिएकाे मदिरा बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

सशस्त्र प्रहरीले शनिबार मध्यरातमा बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडी नाकामा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शिलबन्दी मदिरा बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरक्षिक किशन कर्मचार्यले जानकारी दिए । 

मदिरासहितको उक्त गाडीपनि नियन्त्रणमा लिएको उनले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५०० रुपैयाँ मुल्यांकन गरिएको जानकारी उनले दिए । सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै त्यसका चालक मदिरासहितको गाडी छाडेर फरार भएकाले उनलाई भने पक्राउ गर्न नसकिएको कर्मचार्यले बताए । 

बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए । भारतको बिहार प्रान्तमा करिब एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्रिवितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । 

जसका कारण पर्सा, बारा लगायत मधेसका जिल्लाका नाका हुँदै नेपालबाट बिहारमा मदिराको तस्करी हुदैं आएको छ ।

विश्व स्वास्थ्य दिवसमा एक सय २० प्रहरीको थाइराइड परीक्षण

वीरगंज  |  जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूको आइतबार निशुल्क थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको निशुल्क थाइराइड परीक्षण गरिएको सानाे पाइलाले जनाएकाे छ ।

सामुदायीक संस्था सानो पाइला र एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ सय २० जना प्रहरीले थाइराइड परीक्षण गराएकाे सानाे पाइलाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । 

कार्य व्यस्तता,  जानकारीको अभाव,  हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै रहन्छ । त्यसैले जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताए । 

‘निरन्तर काममा खटिनुपर्दा  प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ । थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण पनि भइदिँदैन । जसले गर्दा थइराइड रोगले च्याप्ने सम्भावना प्रहरीमा धेरै हुन्छ ।’, डा झाले भने, ‘ त्यसैले रोग जटिल भइ समस्या नआओस् भन्नका लागि समयमै थाइराइडको परीक्षण र उपचार गर्नु जरूरी हुन्छ । ’

पर्सा प्रहरी प्रमुख कुमोध ढुगेंलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर निशुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।

खेलकुद मन्त्री श्रेष्ठद्वारा नारायणी रंगशालाकाे स्थलगत अनुगमन

वीरगंज । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आइतबार वीरगंजस्थित नारायणी रंगशालाकाे स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन् । बर्षाैदेखि जीर्ण अवस्थामा रहेको रंगशालाको स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले नारायणी रङ्गशालाको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने आश्वासन दिएका हुन् ।  

देशकै दोस्रो ठूलो नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि वीरगंजबासीले मन्त्री श्रेष्ठलाई आग्रह गरे । रंगशाला अनुगमन कै क्रममा मन्त्री श्रेष्ठलाई भेटेर वीरगंजका खेल प्रेमी र अगुवाहरूले ज्ञापन पत्र बुझाउँदै नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आग्रह गरेका हुन् । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह लगायतले वीरगंजबासीका तर्फबाट मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए ।

विक्रम संवत् २०४२ सालमा वीरगंजवासीकै अग्रसरतामा १८ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको नारायणी रङ्गशाला मर्मत सम्भारको अभावमा वर्षौँदेखि जीर्ण बन्दै गइरहेको छ । झन्डै ३५ हजार दर्शक अटाउन सक्ने क्षमताको रङ्गशालाका प्याराफिटहरू ठाउँ-ठाउँमा भत्किएका छन् भने पर्खालहरू पनि जीर्ण अवस्थामा छन् ।

चार वर्ष पहिले राष्ट्रिय खेलकुद परिषद्ले रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि डिपिआर बनाएको थियो । त्यसमा २ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने उल्लेख थियो । त्यसपछि सरकारले रङ्गशालाको पुनर्निर्माणका लागि ७ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त रकमबाट पुनर्निर्माणको काम सुरु गरिए पनि रकम अभावले दुई वर्षदेखि त्यो काम रोकिएर अलपत्र अवस्थामा छ ।

आइतबार वीरगंजवासीले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा अलपत्र रहेको रङ्गशाला पुनर्निर्माणको काम पुन: सुरु गर्नका लागि आवश्यक रकम सरकारको आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरिदिन आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले यसका लागि आफूले स्थानीय सरकारसँग छलफल गरेर आगामी बजेटमा नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

रङ्गशालाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य तथा सांसद मनिष झा, रास्वपाका नेताहरू मुर्ली जलान, महादेव कुर्मी, दिपराज पटेल, मुकेश पटेल लगायतको पनि सहभागिता थियो ।

रङ्गशालाको अनुगमनपछि आइतबार नै वीरगंज महानगरपालिकाको कार्यालयमा स्वागत ग्रहण गर्न पुगेका मन्त्री श्रेष्ठलाई मेयर राजेशमान सिंहले पनि नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गरे । आफ्नो कार्यकक्षमा मन्त्री श्रेष्ठलाई स्वागत गर्दै मेयर सिंहले बजेटको अभावमा रङ्गशालाको पुनर्निर्माणको काम दुई वर्षदेखि अलपत्र परेको जानकारी गराए ।

राखेपले तयार पारेको डिपीआर २ अर्ब ६४ करोड रुपैयाँ लाग्ने भनिए पनि दुई वर्ष अघि सरकारले ७ करोड मात्र रकम दिएको र उक्त रकम सकिएपछि काम रोकिएको मेयर सिंहले मन्त्री श्रेष्ठलाई अवगत गराए । मेयर सिंहले रङ्गशालाको पुन निर्माणसँगै त्यहाँ छुट्टै क्रिकेट रङ्गशाला निर्माणका लागि पनि बजेटको व्यवस्थापन गरिदिन मन्त्री श्रेष्ठसँग आग्रह गरे ।

जवाफमा मन्त्री श्रेष्ठले नारायणी रङ्गशालाको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

काठमाडौँको दशरथ रङ्गशालापछिको ठूलो वीरगंजकाे नारायणी रङ्गशाला जीर्णोद्धारको पर्खाइमा बसेको वर्षौँ बितिसक्यो । चार दशक पहिले निर्माण भएको नारायणी रङ्गशाला वर्षौँदेखि जीर्ण अवस्थामा पुग्दा पनि मर्मत सम्भारका लागि सङ्घ र प्रदेश सरकारले चासो नदिएको वीरगंजबासीकाे गुनासो छ ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । २०४२ सालमा निर्माण भएको नारायणी रङ्गशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए ।

तिलावे पुलमा ई रिक्सा चालकसंग प्रहरीकाे अमानविय ब्यवहार

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् । 

बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चाैधरीकाे कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ ।

साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कलर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै समाजिक संजालमा प्रहरीकाे आलाेचना समेत भइरहेकाे छ ।

घटना बारे पता लगाउँदा पाेखरियाबाट वीरगंज तर्फ आइरहेकाे मधेश प्रदेश ०३-००२ ख १८२२ नम्बरकाे ई रिक्सा लाेडर तिलावे पुल नजिक डियुटीमा खटेकाे प्रहरी जवान चाैधरीले राेक्नकाे लागि सिटी बजाएका थिए । प्रहरीकाे सिटी सुनेर पछाडी हेर्दा प्रहरी जवान चाैधरी अर्कै तर्फ फर्केकाे हेरर ई रिक्सा अगाडी बढाउँदै हिडेका थिए ।

त्यसपछि डियुटीमा खटेकाे प्रहरी जवान चाैधरी पछाडीबाट आएकाे बसमा चढेर तिलावे पुल पारि तेल टंयाकी नजिक पुगेकाे साे ई रिक्सालाई राेकी तिमी किन ई रिक्सा नराेकेकाे भन्दै अपशब्द प्रयाेग गर्नुकाे साथै कुटपिट गरेका हुन् ।

घटना बारे आफुले जिल्ला प्रहरी कार्यालयमा जाेहर गरिसकेकाे वताउँदै सम्बन्धित प्रहरीसंग स्पष्टिकरण साेधिने इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशीले वताए । गल्ती गरेकाे देखिए कारवाही हुने प्रहरी निरिक्षक केशीले वताए ।