Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

जनमत पार्टी वीरगंज महानगर समितिको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जनमत पार्टी वीरगंज महानगर समितिको बिस्तारीत बैठक शनिबार सम्पन्न भएको छ । वीरगंजस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले १४ दिन पछाडि पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा हुने कार्यक्रमलाई भव्यरुपमा गर्ने निर्णय गरेको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

यही २७ गते जिल्लाको विभिन्न ठाउँमा राखिएको कार्यक्रमको शान्तिपूर्णरुपमा गर्ने निर्णय गरेको जनमत पर्सा अध्यक्ष सर्राफले जनाए । उनका अनुसार वैशाखको अन्तिम साता जिल्लाको विभिन्न पालिकामा कार्यक्रमहरु राखिएको छ, त्यसको व्यवस्थापन र तयारीको बारेमा शनिबार बैठक बसेर सामूहिक छलफल गरिएको हो ।

मधेसको उत्थानका लागि जनमत पार्टीले अहिले गाउँगाउँमा गएर जनताको समस्या बुझ्‌ने रणनीतिमा छ । त्यही रणनीतिअनुरुप जनमत पर्साले विभिन्न पालिकाको जनताको समस्याबारे उच्च तहका नेतालाई जानकारी गराउने हेतुले कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ ।

उक्त दिन जमनत अध्यक्ष डा राउत आमसभाको कार्यक्रमसंगै जिल्लाका नेता कार्यकर्ता एवम सर्वसाधारण भेट्ने कार्यतालिका रहेको जनमत पार्टी पर्साले जानकारी दिएको छ ।

महानगरको अध्यक्ष महादेव शर्माको अध्यक्षतमा सम्पन्न बैठकमा केन्द्रिय सदस्यहरु श्याम गुप्ता , रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुन, सन्तोष साह ,जिल्ला उपाध्यक्ष अमरनाथ सिह राठौर सहित ३२ वटै वडाका एकाइ अध्यक्षहरुको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...