Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

ब्यवसायिक सिप बिकास तालिम मार्फत रोजगारीकाे लागि मुक्त हरवाचरवा यूवाहरु छनोट

spot_img
spot_img

जनकपुरधाम । राष्ट्रिय दलित नेटवर्क, नेपालसंगको सहकार्यमा नेपाल युथ फाउण्डेसनले ब्यावसायिक सिप बिकास तालिम मार्फत रोजगारीका अवसरमा पहुँच अभिबृद्धी गर्ने उद्देश्यले मधेश प्रदेशका ८ वटै जिल्लाका २१ वटा स्थानिय तहबाट ५० जना मुक्त हरवाचरवा यूवाहरुलाई छनोट गरेको छ ।

छनोट गरिएका यूवाहरुको रुची र आवश्यकता अनुसार उनीहरुलाई निशुल्क आवाशिय रुपमा ३९० घण्टे वाईरिङ्ग तालिम, ३९० घण्टे सहायक प्लम्बर तालिम, ३९० घण्टे फर्निचर निर्माण कारपेन्ट्री तालिम र ५५० घण्टे वेल्डिङ्ग तालिम प्रदान गरिने कुरा नेपाल युथ फाउण्डेसनका कार्यक्रम ब्यवस्थापक लक्ष्मी घिमीरेले बताईन । उक्त तालिमहरु ललितपुर स्थित ओल्गापुरी ब्यावसायिक तालिम केन्द्रमा आयोजना गरिनेछ ।

उक्त तालिमहरुको प्राथमिक उद्देश्य भनेको सहभागीहरूलाई उनीहरूको छनौट गरिएका क्षेत्रहरूमा आवश्यक सीपहरू प्रदान गर्नु जसका माध्यमबाट उनीहरूको व्यावसायिक वृद्धि र रोजगारीलाई प्रबद्र्धन गर्नु रहेको छ । कार्यक्रमको सफलतापूर्वक समापन भएपछि, सहभागीहरूले उही क्षेत्रमा काम गर्ने अपेक्षा गरिन्छ, जसमा ओल्गापुरी व्यावसायिक विद्यालयले रोजगारी प्रक्रियालाई सहज बनाउनेछ ।

नेपाल सरकारले औपचारिक रुपमा मधेश प्रदेशका ८ वटा जिल्लाहरुमा अझैपनि दाशप्रथाको अवशेषका रुपमा रहेका हरवाचरवा प्रथाको अन्त्य बि.स. २०७९ श्रावण गरेको थियो । मुक्तिको घोषणा भएको झण्डै ३ बर्ष हुन लाग्दा पनि सरकारले उनीहरुको पुनस्र्थापनाको काम अगाडी बढाउन सकेको छैन जसले गर्दा उनीहरुको जनजीवीकाको सवाल दिनानुदिन कष्टकर हुदै गएको छ । यस सवाललाई ध्यानमा राख्दै बेरोजगार हरवाचरवा यूवालाई नेपाल यूथ फाउण्डेसनले उनीहरुलाई सीपमा आधारित तालिममा उप्प्रेरीत गर्नु प्रशंसनीय काम रहेको राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय उपाध्यक्ष श्याम सुनारले बताए ।

यस अघि स्थानिय सरकारसंग समन्वय गरि तालिमका सहभागिहरुलाई छनोट गर्नका लागि नेपाल युथ फाउण्डेसन र राष्ट्रिय दलित नेटवर्क, नेपालको संयुक्त टोली मधेश प्रदेश अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप र सुरुङ्गा नगरपालिका, सिराहाको धनगढीमाई नगरपालिका र लक्ष्मीपुर पटारी गाऊँपालिका, धनुषाको सहिदनगर र बिधेह नगरपालिका, महोत्तरीको मटीयानी, औरही र एकदारा नगरपालिका, सर्लाहीको ईश्वरपुर र हरीपुर नगरपालिका, ब्रहमपुरी र चन्द्रनगर गाऊँपालिका, रौतहटको माधवनारायण, गरुडा र बिन्द्राबन नगरपालिका, बाराको कोल्भी नगरपालिका, बारागढी र करैयामाई गाऊँपालिका पर्साको बिरगंज महानगरपालिका र पकाहामैनपुर गाऊँपालिकामा पुगी ४१० जना मुक्त हरवाचरवा यूवाहरुको भेला मार्फत उनीहरुका लागि अभिमुखीकरण कार्यक्रमहरु समेत आयोजना गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...