Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 334

हजुर आमाकाे हत्या आराेपमा हास्वाका पाण्डे पक्राउ

वीरगंज । हजुर आमाकाे हत्या आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । ८५ बर्षिय हजुरा आमा समराजी पाण्डेकाे हत्या आराेपमा प्रहरीले पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हास्वाका ३२ बर्षिय अजय कुमार पाण्डेलाई पक्राउ गरेकाे हाे ।

आराेपित पाण्डेले चैत २९ गते सांझ मदिरा सेवन गरेर हजुर आमालाई कुटपिट गर्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतकका छाेरा राजकिशाेर पाण्डेकाे उजरीकाे आधारमा आराेपित पाण्डेलाई साेही दिन पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले जानकारी दिए ।

चैत ३० गते आरापित पाण्डे विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केसीले वताए ।

मदिरा सेवन गरेर सांझ घर पुगेका आराेपित पाण्डेले पैसाकाे विषयमा मृतक हजुर आमासंग विवाद गरि कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भिर घाइते भएकी हजुर आमाकाे उपचारकाे क्रममा साेही दिन राति पाेखरिया अस्पतालमा मृत्यु भएकाे प्रहरी निरिक्षक केसीले वताए । 

पक्राउ परेका पाण्डेलाई इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरास्तमा राखिएकाे छ । मृतक समराजीकाे चैत ३० गते नै वीरगंजस्थित नारायणी अस्पतालमा पाेस्ट मार्डम गरिएकाे थियाे ।

भारतिय महावाणिज्य दुतावासद्वारा बस तथा एम्बुलेन्स वितरण

वीरगंज । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतिय महावाणिज्य दुतावास वीरगंजले बस तथा एम्बुलेन्स वितरण गरेकाे छ । भारतीय स्वतन्त्र र गणतन्त्र दिवसको अवसरमा नेपाललाई उपाहार स्वरूप सवारी साधनहरू वितरण गरेकाे हाे ।

दुतावासले आइतबार एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य निर्देशनालयलाई एम्बुलेन्स, गौशाला मल्टिपल क्याम्पस महोत्तरीलाई बस, श्री सेकेण्डरी स्कुल मिथिलेश्वर मौवाही धनुषालाई मिनी बस र जनता सेकेण्डरी स्कुल सर्लाहीलाई मिनी बस वितरण गरिएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै वीरगंजका भारतीय महावाणिज्य दुत देवि सहाय मिनाले नेपालको शिक्षा स्वास्थ्य क्षेत्र प्रभावकारी होस भन्ने उद्देश्यले सहयाेग गर्दै आइएकाे वताए ।

उनले शिक्षा स्वास्थ्य क्षेत्रमा बस तथा एम्बुलेन्सको आवश्यकता पहिचान गरि वितरण गरिएको बताए । सन १९९४ देखि भारत सरकारले भारतीय स्वतन्त्र र गणतन्त्र दिवसको अवसरमा नेपाललाई उपाहार स्वरूप सवारी साधनहरू वितरण गर्दै आएको महावाणिज्य दुत मिनाले बताए । 

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा राजिव झालाई एम्बुलेन्स, गौशाला मल्टिपल क्याम्पस महोत्तरीका चिफ दुर्गा प्रसाद सिंह दुनुवारलाई बस, श्री सेकेण्डरी स्कुल मिथिलेश्वर मौवाही धनुषाका प्रधानाध्यापक राम जिवन दोहालाई मिनी बस र जनता सेकेण्डरी स्कुल सर्लाहीका प्रधानाध्यापक फौज सिहलाई मिनी बस वितरण गरिएको महावाणिज्य कन्सुलर शशीभुषण कुमारले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका निर्देशक डा राजिव झाले एम्बुलेन्स बुझदै भारतिय सरकारको सराहनिय कार्य रहेको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एम्बुलेन्स नभई नहुने भएकाे वताउँदै उनले एम्बुलेन्सले सहयाेगले धेरैलाई फाइदा हुने वताए ।

ग्रामीण भेगमा जटिल रोगी, गर्भवती, दुर्घटना भएका बिरामीलाई एम्बुलेन्स अति आवश्यक रहेको डा झाले बताए । दाता सहयोगीहरूले दिएको सम्पत्ति आफ्न सम्पत्ति झै रेखदेख गरि राख्नुपर्ने उनले बताए । जिपिएस जडित एम्बुलेन्समा क्यामरा, आधुनिक टेक्नोलॉजी रहित रहेको छ ।

मन्दिरका पुजारीको हत्यामा संलग्न कुख्यात अपराधी शेख नुरुल्लाह पक्राउ

वीरगंज । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा राखेको कुख्यात अपराधी शेख नुरुल्लाह पक्राउ परेका छन् । उनी १० महिनापछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो ।

अपराध क्षेत्रको मास्टर माइन्ड मानिने नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलविछवा चोकनजिकैको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिइन् ।

२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका–१ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका प्रहरीको भनाइ छ ।

शेख शेराज र भारतीय नागरिक राकेश कुमार पक्राउ परी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार थिए । वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले बताइन् ।

माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्यामा उनी समेत मुछिएका छन् । २०७७ साल भदौ ३ गते राति ९ बजेतिर पुजारी साह मन्दिर परिसरमा खाना खाँदै गरेको अवस्थामा नुरुल्लाहले देव्रे कन्चटमा गोली हानी हत्या गरेको प्रहरीको दाबी छ ।

पूर्व सांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ

वीरगंज । सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले बताए ।

ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै आक्रमण भएको हो । उनको निधार र टाउकोमा ७ वटा टाँका लगाइएको छ । आक्रमणमा संलग्न आरोपमा स्थानीय अर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । आक्रमणमा संलग्न ४ जना फरार छन् ।

स्थानीय राजेन्द्र महतो लालबन्दीस्थित आफ्नो खेतमा पानी पटाएर फर्किँदै थिए । मोटरसाइकलमा आएका महतोलाई युवाहरूले रोकेपछि विवाद भएको थियो । विवादको बिचमा आफूलाई आक्रमण गरेपछि महतोले सांसद साहलाई फोन गरेर बोलाएका हुन् । दुवै पक्षको बिचमा विवाद बढेपछि झगडा हुँदा पूर्व सांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन् ।

सांसद साहको सुरुमा बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार गरेर काठमाडौँमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ ।

ओउम नेशनल एकेडमीकाे स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

वीरगंज । ओउम नेशनल एकेडमी प्लस २ साइन्स स्कुलले शुक्रबार आफ्नाे विद्यार्थीहरुकाे स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेकाे छ । वीरगंजस्थित भिस्वा हाेटलमा भएकाे कार्यक्रमकाे उद्घाटन भारतिय महावाणिज्य दुताबास वीरगंजका काउन्सलर शशिभुषण कुमारले गरेका थिए ।

स्कुलका निर्देशक हरि श्याम ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरबिन्द लाल कर्ण, मानव सेवा आश्रमका दिवेश गुप्ता लगायत स्कुलका शिक्षक, शिक्षिका र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन स्कुलका शिक्षक नगिना साहले गरेका थिए ।

स्कुलले संचालन गरेकाे ओएनए टाइलेन्ट हन्टका विजेताहरुलाई कार्यक्रमका अतिथीहरुले पुरस्कार वितरण गरेका थिए । विभिन्न कलेजका विद्यार्थीहरु सहभागिता रहेका टाइलेन्ट हन्टकाे गायन तर्फ वीरगंज कलेजका सुरज पटेल प्रथम, नेशनल इन्फाेटेकका केशव भ्रदवाज, सुशिल पटेल द्वितिय र साउथजाेन स्कुलका राधिका गुलनाज तृतिय भएका थिए ।

त्यसैगरी साइन्स प्राेजेक्ट तर्फ ओउम नेशनल स्कुलका जयप्रकाश साह प्रथम, हिमालय पिरामिडका मिथिलेश यादव द्वितिय र ओउम नेशनल एण्ड हिमालयन पिरामिड उत्तम श्रीवास्तव र अरुण पटेल तृतिय भएका थिए । प्रतियाेगिताका विजेताहरुले क्रमश प्रथम, द्वितिय र तृतियले १० हजार, पांच हजार र तिन हजार पुरस्कार पाएका थिए ।

संकल्प लाेक सेवा तेस्राे बार्षिकाेत्स तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगंज । संकल्प लाेक सेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । संकल्प लाेक सेवा आयाेगका प्रबन्ध निर्देशक अशाेक साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए ।

वीरगंज उद्याेग वाणिज्य संघमा विवाद, महासचिव लाठले दिए राजिनामा

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघका महासचिवले आशिष कुमार लाठले राजिनामा दिएका छन् । महासचिव लाठले लेखा सम्बन्धी विवरण माग्दा अध्यक्षको अनुमति लिनु पर्ने संघकाे कर्मचारीले वताएपछि राजीनामा दिएका हुन् । 

महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने गरेकाे भन्दै महासचिवको हैसियतले काम गर्न नसक्ने वताउँदै उनले राजीनामा दिएका हुन् । महासचिव लाठले अध्यक्ष अनिल कुमार अग्रावलाई बुधबार राजीनामा पठाएका छन् । 

महासचिव लाठले केही दिन पहिला संघकाे लेखा सम्बन्धी कुनै विवरणको माग गरेका थिए । तर सम्बन्धि कर्मचारीले संघका अध्यक्षबाट सोधेर नै उपलब्ध गराउन सकिने वताएका थिए । त्यसपछि उनले सम्बन्धित कर्मचारीसित लिखित जवाफ माग्दा कर्मचारीको ठाँउमा अध्यक्ष अग्रवालकाे पत्र प्राप्त भएकाे थियाे ।

जुन पत्रमा संघको लेखा सम्बन्धी अति गोपनिय विवरण विभिन्न समाजिक सञ्जालमा पुग्नु पछाडि संघका कार्यसमिति सदस्य र पदाधिकारीसमेत शंकाको घेरामा रहेकाे उल्लेख गरिएकाे थियाे । त्यस कुराले संघ भित्र आर्थिक अनियमितता भएकाे र त्यँही कारणले संघका पदाधिकारी बिच विवाद उत्पन्न भएकाे देखिएकाे छ ।

त्यही भएर महासचिवसमेतले लेखा सम्बन्धी विवरण माग्दा महासचिवले अध्यक्षको अनुमति लिनु पर्ने भनेर अध्यक्ष अग्रवालले सचिवालयलाई आदेश दिएकाे कारण उनले राजीनामा दिएका हुन् । महासचिव लाठकाे राजिनामाले संघका भित्र अध्यक्षले गरेकाे एकलाैटीपन र आर्थिक अनियमिततालाई पुष्टि गरेकाे छ ।

अध्यक्ष अग्रवालकाे पत्रानुसार महासचिव हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामन्जस्य गर्न नसकेको र सघंको हितमा काम गर्न नसकेको भनेर सन्देशसमेत प्राप्त भएकोले रानीनामा दिएकाे महासचिव लाठले जनाएका छन् ।

अध्यक्ष अग्रवालकाे अनेपक्षित एवं अप्रत्यक्ष आरोपबाट आफु लज्जित भएको छु । महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने यस्तो परिस्थितिमा म महासचिवको हैसियतले काम गर्न नसक्ने भएकोले महासचिवले दिएकाे राजीनामा उल्लेख गरेका छन् ।

मधेशमा विमा बारे जनचेतना फैलाउन जरुरी : निर्देशक लाल

वीरगंज । नेपाल वीमा प्राद्यिकरणका निर्देशक दिनेश कुमार लालले वीमाबारे सर्वसाधारणहरुमा जनचेतनाको कमि रहेको वताएका छन् । वीमा प्राद्यिकरणले वीरगंजमा आयोजना गरेको बारा, पर्सा तथा रौतहटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया वाेल्दै निर्देशक लाले मधेश प्रदेशमा विमा बारे जनचेता फेलाउन जरुरी रहेकाे वताए ।

उनले मधेश प्रदेशका सम्पूर्ण नागरिकसम्म वीमाको पहुँच पुर्‍याउन जनचेतनाकाे लागि प्रचार प्रसार आवश्यक रहेको बताए । उनले मुलुकको ७ प्रदेशमध्ये सबैभन्दा बढि मधेश प्रदेशका नागरिकहरु बीमाको पहुँचभन्दा बाहिर रहेकोले यो अवस्थालाई न्यूनीकरण गर्न एवं जनचेतना फैलाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रचार प्रसार गरेर सहयाेग गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागि संचारकर्मीहरुले मधेश प्रदेशमा भारतीय वीमा कम्पनी हाबी रहेकोले सर्वसाधारणहरु नेपाली वीमा कम्पनीको पहुँच भन्दा बाहिर रहेको वताएका थिए । सञ्चारकर्मीहरुले मधेश प्रदेशका जिल्लाहरुमा विदेशी वीमा कम्पनी हावी रहेकै कारण नेपाली वीमा कम्पनी यहाँको नागरिकको पहुँचभन्दा टाँढा रहेको बताएका हुन् ।

वीमा प्राद्यिकरणको तथ्याँक अनुसार मधेश प्रदेशमा जनसंख्या बढि रहेपनि ९० प्रतिशतभन्दा बढि नागरिकहरु वीमाको पहुँच भन्दा बाहिर छन् । मुलुक भरिमा ४४ प्रतिशत नागरिक वीमाको पहुँचसम्म रहेतापनि मधेश प्रदेशमा ९ प्रतिशत नागरिक मात्रै वीमाको पहुँचमा रहेको तथ्याँकले देखाएको छ । यथार्थमा तथ्याँकले यही देखाएपनि मधेश प्रदेशका ५० प्रतिशत भन्दा बढि नागरिकहरु भारतीय वीमा कम्पनीको पहुँचमा रहेको सञ्चारकर्मीको भनाई छ ।

मधेश प्रदेशमा अधिकाँश नागरिकहरु कृषिमा निर्भर रहेको कारण कृषि वीमा वृद्धि गर्नुपर्ने सञ्चारकर्मीहरुले सुझाव दिएका छन् । कृषि वीमामा नेपाल सरकारले दिने गरेको अनुदान एवं त्यसबाट हुने फाइँदा, सहुलितबारे यहाँका नागरिकहरुलाई जानकारी गराई कृषि वीमातर्फ आकर्षित गर्नुपर्ने उनीहरुले सुझाव दिएका हुन् । जीवन वीमाबारे आमनागरिकसम्म जनचेतना फैलाउन सञ्चारमाध्यमको महत्वपूणर् भूमिका रहेकोले वीमा कम्पनी र सञ्चारकर्मीबीचको समन्वयको आवश्यक रहेकोले वीमाबारे प्रचार प्रसारको निम्ति सञ्चारकर्मीहरुको प्रोत्साहनको लागि पुरस्कारको व्यवस्था गर्नुपर्ने सञ्चारकर्मीहरुको सुझाव छ ।

नेपाल वीमा प्राद्यिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल वीमा प्राद्यिकरण मधेश प्रदेश कार्यालय वीरगंजकी उप-निर्देशक कुसुम शर्मा, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत पर्सा र बाराका सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

सर्लाहीमा माटो मुनीबाट ५३ राउण्ड गोली बरामद

मलंगवा । सर्लाहीकाे मलंगवा नगरपालिका वडा नं.०८ गोरखकालीबाट बिहिबार ५३ राउण्ड गोली बरामद भएकाे छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पेस्तोलमा प्रयोग हुने केएफ ७.६५ लेखिएको ५३ राउण्ड गोली फेला परेको प्रहरीले जनाएकाे छ ।

गोरखकालीस्थित चन्द्र भुषण यादवको घरमा सर्लाही कै ईश्वरपुर नगरपालिका ५ का बिजय महतोले संचालन गरेको भोलेबाबा अटो पार्टस एण्ड बिजय रिपेरिङ सेन्टर ग्यारेजको अगाडी रहेको खुल्ला ठाउँमा कवाडीको सामानहरु राखिएको स्थानबाट पेस्ताेलमा प्रयाेग हुने गाेली बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

प्रहरी टोलीले स्थानिय मानिसहरु र जन प्रतिनिधी समेतको रोहवरमा सो स्थान खनी हेर्दा जमिन भन्दा ६/७ ईन्च माटो मुनी रातो र सेतो रङको गर गहनाहरु राख्ने सानो व्याग भित्रबाट राखिएकाे गोली फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । 

उक्त गोली रितपुर्व बरामद गरि थप अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरिक्षक श्रेष्ठले वताए । 

मोटरसाइकल चोरी आराेपमा दुई जना पक्राउ

कलैया । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोलका २१ वर्षीय बली साह सोनार र सोही ठाउँका २५ वर्षीय रामनिवाश राउत भेडियर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल स्थितवाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भागेकोमा अनुसन्धान गर्दै जाने क्रममा उक्त दुई जनालाई पक्राउ गरेको हो ।

मंगलवार बेलुका अन्दाजी ८ बजेको समयमा जिल्लाको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकल सहित दुबै जनालाई फेला पारेको थियो ।

मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद लिई अन्य अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।