Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड: मधेस प्रदेश स्तरीय अवार्डका लागि पाँच फोटो पत्रकार मनोनयन

spot_img
spot_img

वीरगन्ज । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का लागि मधेस प्रदेशबाट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ८ विधा र प्रदेश स्तरीय अवार्डका लागि उत्कृष्ट पाँच–पाँच जनाको नाम सार्वजनिक गरिएको हो । जसमा मधेश प्रदेशतर्फ अन्नपूर्णपोस्ट दैनिकमा कार्यरत दिवाकर भण्डारी, द हिमालयन टाइम्स दैनिक कार्यरत पर्सा राम सर्राफ ,नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादव ,राससमा कार्यरत अर्मेंद्र कुमार यादव, चन्द्रदेव साह छनोट हुनु भएको आयोजकले जनाएको छ ।

यस पटक अवार्ड ८ विधामा प्रदान गरिँदैछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको छ । साथै, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटो पत्रकारहरूलाई पनि प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ।

अवार्डको अन्तिम घोषणा बैशाख १३ गते शनिबार होटल हिमालयन, कुपन्डोल, ललितपुरमा आयोजना गरिँदैछ। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ।

कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पु¥याएका एकजना अवकाशप्राप्त फोटो पत्रकारलाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” पनि प्रदान गरिने आयोजक संस्था एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठले बताउनु भयो। उनले भने यो सम्मान फोटो पत्रकारहरूको श्रम, समर्पण र पेशागत योगदानको उच्च मूल्याङ्कन हो।

अवार्ड छनौट समितिमा अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनु भएको छ ।

संयोजक वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरुले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको आधारमा मनोनयन गरिएको जानकारी दिनुभयो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

वीरगंज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक...

दुर्गा भगवतीका तत्कालीन कार्यकारी अधिकृतसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार...

मुक्त हरवा–चरवा समुदायका लागि कानुनी साक्षरता क्लिनिक सुरु

वीरगंज । मुक्त हरवा–चरवा समुदायको कानुनी साक्षरता अभिवृद्धि गर्दै नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्ध...