कुहडिमा नि:शुल्क आँखा शिबिर सम्पन्न
सखुवा प्रसाैनीबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ
वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ सोलखपुरबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले मंगलबार दिउसाे १ बजेकाे समयमा पर्सागढी नगरपालिका वडा नं. ७ निवासी ३३ बर्षिय बालेश्वर प्रसाद यादव र साेही ठाउँ निवासी ५५ बर्षिय देबेन्द्र यादवलाई पक्राउ गरेकाे हाे ।
विशेष सूचनाको आधारमा महुवन पटेर्वा सुगौली सडक खण्डमा पटेर्वा सुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई पांच केजी लागु औषध गाँजा सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
पक्राउ परेका मोटरसाइकल चालक बालेश्वरले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवा देबेन्द्रले आफ्नो शरिरमा लुकाई छिपाई राखेकाे लागु औषध गाँजा २.५ के.जी. गरी जम्मा लागु औषध गाँजा ५ के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।
उक्त परिमाणको गाँजा र निजहरूले चलाइ ल्याएको मोटरसाईकल सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।
वीरगंजबाट लागु औषध चरेश सहित दुई भारतिय नागरिक पक्राउ
वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले लागु औषध चरेश सहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा भारत बिहारकाे पुर्वि चम्पारण रक्सौल वडा न. १ बडा परेउवा निवासी ३५ बर्षिय अनवर आलम र मोतिहारीकाे पुर्वि छतौना निवासी २२ बर्षिय ईम्तेयाज आलम रहेका छन् ।
वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शकराचार्य गेट स्थित सडकमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार विहान ८ बजेकाे समयमा दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।
नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका दुबै जनालाई रोकी चेकजाँच गर्दा निजहरुको शरीरको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरी बोकेको अवस्थामा र पछाडी भिर्ने कालो रङ्को झोला भित्र लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध चरेश २० पाकेट १० किलो फेला परेको उनले वताए ।
लागु औषध चरेश सहित निजहरुलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतिले जानकारी गराए ।
विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस गर्न मन्त्री चाैरसियाकाे आग्रह
वीरगंज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस गर्न आग्रह गरेका छन् । मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री चौरसियाले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेस गर्न समितिसमक्ष आग्रह गरे । उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे । उनले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने मान्यज्युहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत नै छ । भोलिदेखि लगातार यस समितिमा बैठक बसेर अन्य विषयहरु पनि टुंग्याउने कुराहरु हामीले अघि बढाउनु पर्छ । किनभने संसदभित्र बिजनेस छैन । भोलि केही नेपाल ऐन संशोधनसम्बन्धी बनेको विधेयकमाथि छलफल गरौँ । कतिसम्म सहमति हुन सकिन्छ ।’
मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गरे ।
कामकाजमा हेलचेक्र्याइँ नगर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मधेशमा कामकाजमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् ।
मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।
मधेशको आउटपुट काठमाण्डौले हेरिरहेको छ भन्दै मुख्यमन्त्री सिंहले भने, ‘सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’
अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरूलाई समेत निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले भने, ‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन् । कर्मचारीहरूको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ ।’
२०८३ भित्र द्रुतमार्ग निर्माणको काम सक्छौं : प्रधानसेनापति शर्मा
वीरगंज । प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् । आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौं ।’
मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनले बताए । सुरुङ निर्माणमा सफल भएको र त्यो ज्ञान नेपाली इन्जिनियरहरुलाई पनि बाँड्ने उनले बताए । ‘हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश पनि हो,’ उनले भने ।
ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै उनले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताए । यो क्षेत्रबाहेक अन्यमा जग्गा व्यवस्थापनको काम सकिइसकेको उनले जानकारी गराए ।
वीरगंजकाे घण्टाघरमा तिर्थ यात्रुलाई प्रहरीले कुटेपछि..
वीरगंज । वीरगंजकाे घण्टाघरमा साेमबार सांझ एक थिर्थ यात्रुलाई प्रहरीले कुटपिट गरेकाे छ । बैकुण्ठधाम तिर्थ यात्राबाट वीरगंज भएर घर फर्कीरहेका हेटाैडा उपमहानगरपालिका वडा नं. १८ निवासी २४ बर्षिया आशिष बराललाई एक प्रहरी जवालले कुटपिट गरेका हुन् ।
घण्टाघरमा माेबाइलबाट भिडियाे बनाउने यात्रुलाई घण्टाघरस्थित डियुटीमा खटेकाे प्रहरीले बिनाकारण कुटपिट गरेको प्रत्यक्षदर्शीले वताएका छन् ।
सोमवार साँझ तिर्थयात्राबाट फर्किदै गरेको बा.प्र. ०३ ००१ ख १८०४ नम्बरकाे बससँग घण्टाघर चोकमै स्कुटी ठोक्किएको थियो । स्कुटीका चालकले आफुलाई पनि केही नभएको र स्कुटी पनि केही नभएको बताउँदै गएपछि बसका चालकसँग र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधखोज गरेको थियो ।
सोही क्रममा बसबाट झरेका मकवानपुरकै आशिषले घण्टाघरको तस्बिर तथा भिडियो बनाउन लागेको थियाे । आशिषले भिडियो बनाउँदै गर्दा एक प्रहरीले फोटो भिडियो किन खिचेको भन्दै खाँटी समातेर कुटेकाे तिर्थ यात्रु रबि चाैलागाईले वताए ।

पछि बसमा सवार सबै तित्र यात्रुले घण्टाघरस्थित प्रहरी विटलाई घेरा हालेर विराेध गरेका थिए । तिर्थ यात्रुकाे विराेधपछि जिल्लाबाट पुगेकाे थप प्रहरीले आशिषलाई उपचारकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा लगेकाे थियाे । प्रहरीकाे कुटपिटबाट घाइते आशिषकाे उपचारपछि राति अबेर तिर्थ यात्रुहरु फर्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा तानिएको वताएका छन् । उनकाअनुसार कुटपिट गर्ने प्रहरीसंग विभागिय कारवाही स्वरुप स्पष्टीकरण सोध्ने लगायतका कारवाही गरिएको छ ।
पाेखरियामा राष्ट्रिय वाणिज्य बैंककाे एटिएम नगर प्रमुख चाैहानद्वारा उद्घाटन
शैलेश गुप्ता/पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखामा संचालनमा आएकाे एटिएम मंगलबार उद्घाटन गरिएकाे छ ।
एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले एटिएमको उद्घघाटन गरेकाे राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिए । पाेखरियामा एटिएम संचालनले ग्रामिण भेगका सेवाग्राहीलाई सहज हुने शाखा प्रमुख पुडासैनीले वताए ।
शाखा प्रमुख पुडासैनीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी उप प्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान, निरज ठाकुर, पत्रकार, बैंकका कर्मचारी लगायत स्थानियकाे उपस्थिति रहेको थियो ।
बैंक परिसरमा भएकाे कार्यक्रममा स्वागत मन्तवय बैंक कै कर्मचारी प्रियंक गुप्ताले गरेकी थिइन ।
‘नमेटिने घाउ’ फिल्मकाे पोस्टर सार्वजनिक
काठमाडौं । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै भदौ ७ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।
पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलै स्थान दिइएको छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन् । शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वरांकन गरेका थिए ।
पोस्टरमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड सर्भाइभरहरुलाई पनि देख्न सकिन्छ । सत्य घटनामा आधारित रहेको भनिएको यो फिल्ममा वास्तविक एसिड आक्रमणको घटनाका पीडितले समेत अभिनय गरेका छन् ।
फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि अतिथि भूमिका छ । यो फिल्म एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित छ । आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ । पटकथा शिवम अधिकारीले लेखेका हुन् ।
फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ ।
चलेका कलाकारहरु सुरवीर पण्डित, सुनिल कटुवालको पनि अभिनय छ । रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।
जबरजस्ती करणी मुद्दामा ९ बर्ष कैद भएका अन्सारी पक्राउ
वीरगंज । बारा प्रहरीले जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद भएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
अस्थाई प्रहरी पोष्ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी बाराकाे कलैया उप-महानगरपालिका वडा नं.६ मदर्शाटोल निवासी २७ बर्षिया ईम्तियाज अंसारीलाई पक्राउ गरेकाे हाे ।
प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे प्रहरी टाेलीले शनिबार राति ९:३० बजेको समयमा लुकिछिपि बसेको अवस्थामा अंसारीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।
जिल्ला अदालत बाराबाट जबरजस्ती मुद्दामा बरदात पश्चात फरार रहेको उनलाई खोज तलास गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको प्रवक्ता सापकाेटाले वताए ।


