Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा ५ दिने पशुपालन तालिम सम्पन्न, २५ महिलालाई व्यवसाय गर्न आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा आइतबार पांच दिने पशुपालन तालिम सम्पन्न भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे सहयाेग र डेभलपमेन्ट समाज पर्साकाे आयाेजनामा राष्ट्रपति महिला उत्थान जिविकाेपार्जन सुधार कार्यक्रम अन्तरगत तालिम सम्पन्न भएकाे हाे ।

जगरनाथपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिहारी महताे नुनियाकाे अध्यक्षतामा भएकाे तालिम समापन समाराेहमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले तालिमका सहभागिहरुलाई रु २६ हजारकाे दर चेक समेत वितरण गरे ।

अनुदान रकमकाे चेक वितरण गर्दै अध्यक्ष यादवले पाएकाे रकमबाट जिविकाेपार्जनकाे लागि ब्यवसाय गर्न महिलाहरुलाई आग्रह गरे । उनले तालिमबाट सिकेकाे कुरा व्यवहार लागु गर्न आग्रह गर्दै पाएकाे रकममा अरु घरबाट मिलाएर भएपनि  पशुपालन गरेर आयआर्जन गर्नु पर्ने सुझाए ।

जिविकाेपार्जन सुधार कार्यक्रम अन्तरगत गाउँपालिकाका विभिन्न वडाका गरिब, दलित र विपन्न समुदायका २५ जना महिलालाई व्यवसाय गर्नकाे लागि अनुदान स्वरुप रु २६ हजारकाे चेक वितरण गरिएकाे प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले वताए ।

जगरनाथपुर ५ स्थित कृषि तथा पशुपन्छि सेवा केन्द्रकाे सभा हलमा भएकाे तालिममा प्रशिक्षक रामअयाेध्या पण्डित र जगरनाथपुर गाउँपालिकाकाे पशु शाखाका असहद आलम गद्दीले प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...