Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

ईप्रका कर्मैयाद्वारा परालको भुसमा लुकाएर ल्याइएको ८२० किलो काजुसहित ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले ठूलो मात्रामा काजु तस्करीको प्रयास विफल पारेको छ । परालको भुसभित्र लुकाएर ल्याइँदै गरिएको ८२० किलो काजु आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा मदनपुरबाट काठमाडौंतर्फ गइरहेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा काजु फेला पारेको हो ।

प्रहरीका अनुसार २८ वटा प्लास्टिकको बोरामा राखिएका ८२ वटा बाल्टिनभित्र १०/१० किलोका दरले काजु लुकाइएको थियो । बरामद काजुको बजार मूल्य करिब १२ लाख ३० हजार रुपैयाँ रहेको छ भने तस्करीमा प्रयोग भएको ट्रकको मूल्य २५ लाख रुपैयाँ अनुमान गरिएको छ।

कुल ३७ लाख ३० हजार रुपैयाँ बराबरको सामानसहित बरहथवा नगरपालिका–१३ बसबरीया निवासी ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक, काजु र चालकलाई इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ भने कागजी प्रक्रिया पूरा गरी सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासीले प्रहरीको सक्रियता र निगरानीको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा देखिएको तत्परतालाई सकारात्मक कदमका रूपमा लिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...