Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मोहर्रम कडा सुरक्षाका बिच सम्पन्न, ताजिया रंगशालातर्फ लैजाने प्रयास विफल

spot_img
spot_img

वीरगंज । मोहर्रम पर्वको सन्दर्भमा वीरगन्जमा सामाजिक सद्भाव भङ्ग गर्ने गम्भीर प्रयास स्थानीय प्रशासन र सुरक्षाकर्मीको सूझबुझपूर्ण हस्तक्षेपका कारण विफल पारिएको छ।

आजको ताजिया जुलुस जबरजस्ती आदर्शनगर रंगशालातर्फ लैजाने केही समूहको प्रयासले स्थिति संवेदनशील बनाउने खतरा देखिएको थियो। तर, सुरक्षाकर्मीहरूकाे रणनीतिक तैनाथीले कुनै पनि अप्रिय घटना हुन पाएन।

यसअघि गत बिहीबार बसेको सर्वदलीय बैठकले ताजिया कार्यक्रम पुरानो बसपार्कमा मात्र गर्न दिने सहमति गरेको थियो। सबै दल तथा समुदायबीच आदर्शनगर रंगशालालाई खेलकुद प्रयोजनका लागि सुरक्षित राख्ने सहमति पनि भएको थियो।

तर, सहमतिविपरीत आज १०–१५ जनाको समूहले ताजिया रंगशालातर्फ लैजाने प्रयास गरेपछि प्रहरीले संयमतापूर्वक हस्तक्षेप गरी रोक लगाएको हो।

घटनापछि स्थानीय नागरिक, धार्मिक अगुवा तथा विभिन्न दलका प्रतिनिधिहरूले प्रहरी प्रशासनको भूमिकाको सराहना गरेका छन्। मुस्लिम समुदायका केही अगुवाहरूले पनि सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। “सामूहिक निर्णयको अवज्ञा गर्दै कार्यक्रम गर्न खोज्नु आपसी सहअस्तित्वमा चोट पुर्‍याउने षड्यन्त्र हो,” उनीहरूले टिप्पणी गरे।

यस घटनाले धार्मिक पर्वको आडमा राजनीतिक शक्ति प्रदर्शनको आशंका पनि जन्माएको छ। नागरिक समाजका विश्लेषकहरू भन्छन्, “यो केवल धार्मिक कार्यक्रम नभई राजनीतिक स्वार्थपूर्तिको प्रयास जस्तो देखिन्छ, जुन दीर्घकालीन रूपमा समाजका लागि खतरनाक हुन सक्छ।”

यद्यपि, प्रशासन, सुरक्षाकर्मी र समुदायबीचको समन्वयका कारण यस वर्षको मोहर्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...