Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पोखरियामा करार र ज्यालादारी नियुक्ति बदर

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा करार तथा ज्यालादारीमा नियुक्त गरिएका सबै कर्मचारीहरूको नियुक्ति बदर गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहका अनुसार, सोमबार बसेको कार्यपालिकाको बैठकले साउन १ गतेदेखि लागू हुने गरी करार तथा ज्यालादारी सेवामा कार्यरत सबै कर्मचारीलाई हटाउने निर्णय गरेको हो ।

उनले भने, “नगर प्रहरी, स्वास्थ्य संस्था, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगीलगायत सबै किसिमका करार र ज्यालादारी कर्मचारीहरूलाई आगामी वर्षको सुरुवातदेखि काममा नलगाइनेछ ।”

प्रशासकीय अधिकृत सिंहले नियुक्ति बदर गरिएको अवस्थामा कसैलाई काममा खटाएमा वा हाजिर गराएमा त्यसको जिम्मेवारी सम्बन्धित शाखा वा संस्था प्रमुखले लिनुपर्ने स्पष्ट गरे ।

नगरपालिकाका कर्मचारीहरूका अनुसार चालू आर्थिक वर्षमा मात्रै ३५० भन्दा बढी कर्मचारी करार तथा ज्यालादारी सेवामा नियुक्त भएका थिए ।

नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै लागू हुने यो निर्णयले कर्मचारी व्यवस्थापन, पुनः नियुक्ति प्रक्रिया र सेवाको निरन्तरतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चासो बढेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...