Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियामा करार र ज्यालादारी नियुक्ति बदर

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा करार तथा ज्यालादारीमा नियुक्त गरिएका सबै कर्मचारीहरूको नियुक्ति बदर गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहका अनुसार, सोमबार बसेको कार्यपालिकाको बैठकले साउन १ गतेदेखि लागू हुने गरी करार तथा ज्यालादारी सेवामा कार्यरत सबै कर्मचारीलाई हटाउने निर्णय गरेको हो ।

उनले भने, “नगर प्रहरी, स्वास्थ्य संस्था, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगीलगायत सबै किसिमका करार र ज्यालादारी कर्मचारीहरूलाई आगामी वर्षको सुरुवातदेखि काममा नलगाइनेछ ।”

प्रशासकीय अधिकृत सिंहले नियुक्ति बदर गरिएको अवस्थामा कसैलाई काममा खटाएमा वा हाजिर गराएमा त्यसको जिम्मेवारी सम्बन्धित शाखा वा संस्था प्रमुखले लिनुपर्ने स्पष्ट गरे ।

नगरपालिकाका कर्मचारीहरूका अनुसार चालू आर्थिक वर्षमा मात्रै ३५० भन्दा बढी कर्मचारी करार तथा ज्यालादारी सेवामा नियुक्त भएका थिए ।

नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै लागू हुने यो निर्णयले कर्मचारी व्यवस्थापन, पुनः नियुक्ति प्रक्रिया र सेवाको निरन्तरतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चासो बढेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...