Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पानी संकटको सामना गर्दै वीरगंज महानगर : ट्यांकी–ट्यांकरसहित मेयर सिंह प्रभावित बस्तीमा

spot_img
spot_img

वीरगंज । वीरगंजमा लामो समयदेखि चल्दै आएको पानी अभाव अहिले चरम अवस्थामा पुगेको छ । भू–जलको सतह घट्दै जाँदा अधिकांश चापाकलहरू सुक्न थालेका छन्, जसले दैनिक उपभोगका लागि पानी जुटाउन पनि नागरिकलाई मुस्किल पारेको छ । यस्तो संकटका बेला वीरगंज महानगरपालिका तत्काल राहतसहित बस्ती–बस्तीमा पुग्न थालेको छ ।

महानगर प्रमुख राजेशमान सिंह स्वयम् मंगलबार राति वडा नं. ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाट लगायतका प्रभावित क्षेत्रमा ट्यांकी र ट्यांकरसहित पुगेका हुन । उनले भने, “जहाँ समस्या छ, त्यहाँ समाधान लैजान्छौं । वीरगंजवासीलाई पानीको अभावमा राखिन्न ।”

महानगरले हाल १० हजार, ५ हजार र २ हजार लिटर क्षमताका पानी ट्यांकीहरू संकटग्रस्त स्थानहरूमा राखेर आपूर्ति सुरु गरिसकेको छ । पानी भर्न र वितरण गर्न ५ वटा ट्यांकर र ३ वटा दमकल चौबिसै घण्टा परिचालित छन् । प्रत्येक वडामा स्थानीय प्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकहरूको संयोजनमा तालिकाबद्ध रूपमा पानी वितरण गरिँदैछ ।

यससँगै, महानगरले दीर्घकालीन समाधानका उपायहरू पनि अघि सारेको छ । भू–जल पुनर्भरण, वर्षा पानी संकलन, सार्वजनिक भण्डारण ट्यांकी निर्माण तथा वैकल्पिक जल स्रोतको पहिचानका लागि योजनाहरू प्रारम्भ भइसकेका छन् ।

“तत्काल राहत मात्र होइन, दीर्घकालीन समाधानका खाका तयार पार्दैछौं,” मेयर सिंहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...