राैतहटमा पेस्तोल सहित एक जना पक्राउ
नेकपा एसकाे केन्द्रिय समितिमा पर्साबाट थप दुई जना
वीरगंज । नेकपा एकीकृत समाजवादीकाे केन्द्रिय समितिमा पर्साबाट थप दुई जना परेका छन् । एकीकृत समाजवादीले शनिबार सार्वजनिक गरेकाे थप दुई सय ५१ सदस्यीय केन्द्रिय सदस्यमा पर्साबाट बालगाेपाल थापा र मनाेज चाैधरी परेका हुन् ।
केन्द्रिय सदस्य भएका थापा पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत हुन् भने चाैधरी वीरगंज महानगर अध्यक्ष हुन् । यस अघिय नै काठमाडाैंमा सम्पन्न एकीकृत समाजवादीकाे १० औं राष्ट्रिय महाधिवेशनले चयन गरेकाे केन्द्रिय सदस्यमा पर्साका अन्य ३ जना नेता परेका थिए ।
९३ सदस्यीय केन्द्रिय समिति पर्साका नागेन्द्र चाैधरी, रामचन्द्र साह र चिरन्जिवी अचार्य परेका थिए । हाल आएर बनेकाे ३४४ सदस्यीय केन्द्रिय समितिमा पर्साबाट ५ जना भएका छन् ।
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
वीरगंज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । ‘गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ’, उनले भने, ‘यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ ।’
केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो । पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।
वीरगंजमा गुरु दक्षिणा कार्यक्रम सम्पन्न
वीरगंज । हिन्दू स्वयंसेवक संघ नेपाल वीरगंजकाे आयाेजनामा श्री गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० स्थित आदर्शनगरमा तेरापंथ जैन भवनमा हिन्दू स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक र विभाग संघचालक अशोक बैधको सभापतित्वमा तथा समाजसेवी गणेश लाठको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि गणेश लाठले सनातन धर्मलाई बाल्यकालदेखि नै मन पराउने बताउँदै यस धर्मले आफ्नो संस्कार र संस्कृति जोगाउन निरन्तरता देखाएकोमा खुशी व्यक्त गरे । उनले सनातन धर्मको संरक्षण र प्रवर्धनमा समाजसेवीहरूको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।
मुख्य वक्ता र हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह प्रचारक श्री रेवित कुमार जीले श्री गुरु दक्षिणा कार्यक्रमले समाजसेवी, उद्योगपति र हिन्दू स्वयंसेवकलाई एक जुट गर्ने अवसर प्रदान गरेको बताए । उनले सनातन धर्मको उद्देश्य समाज निर्माण र राष्ट्रको पुनर्निर्माणको लागि संस्कृति संरक्षण गर्नु रहेको बताए ।
हिन्दू स्वयंसेवक संघ पर्साका जिल्ला संघचालक माधवराजपालले श्री गुरु दक्षिणा कार्यक्रमको मुख्य उद्देश्य धर्म र संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु रहेको बताए । उनले सनातन धर्मको संस्कार, संस्कृति र परंपरागत भाषाको रक्षा गर्न आवश्यक रहेको उल्लेख गरे । साथै, संघ चलाउन स्वयंसेवकको महत्त्वपूर्ण भूमिका रहेको र आर्थिक संकलनको काम संघले गर्दैन भन्ने जानकारी दिए ।
कार्यक्रममा वीरगंजका उद्योगपति, व्यापारी, समाजसेवी, सनातन धर्मका व्यक्तिहरू र संघका स्वयंसेवकहरूले स्वच्छ र आदर्श ढंगले गुरु दक्षिणा अर्पण गरेका थिए ।
बारामा लागू औषध गाँजा सहित एक महिला पक्राउ
कलैया । बारा प्रहरीले ८ किलो लागू औषध गाँजा सहित १ जना महिला प्रकाउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दीयाकाे मधुवन नगरपालिका नं. ७ निवासी २५ बर्षिय प्रियंका श्रेष्ठ रहेकी छन् ।
प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले आइतबार बिहान ०६:२० बजेको समयमा बाराकाे जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ आधाभार जंगलबाट श्रेष्ठलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
पिठयूमा कालो झोला बोकी सडक छेउमा उभि रहेकी श्रेष्ठलाई शंकास्पद लागी कानूनी प्रकृया पुरा गरी निजले बोकेको झोला चेक जाँच गर्दा लुकाई झिपाई रखेको लागू औषध गाँजा ८ किलो ५०० ग्राम फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।
त्यसपछि लागू औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकाेटाले वताए ।
वीरगंजकाे सवारी चालक अनुमति पत्र शाखामा अनियमितता, लाइसेन्स बिक्री हुँदै
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा लाइसेन्स (अनुमति पत्र) को किनबेच सुरु भएकाे समाचार प्राप्त भएको छ । बिहीवार भएको A, K, B, C, C १ र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरूले परीक्षा दिएकोमा ५७० जना पास भएका छन् । जसमध्ये १७५ जना परीक्षार्थीहरूले आफ्नो क्षमताले लेखेरै पास भएका छन् भने ३९५ जना परीक्षार्थीहरूलाई रकम लिएर पास गराइएको समाचार स्रोतको कथन रहेको छ ।
सूत्रका अनुसार मोटरसाइकलका परीक्षार्थीहरूबाट जनही १० हजार, कारका परीक्षार्थीहरूबाट १५ हजार र टेम्पो, ईरिक्साका परीक्षार्थीहरूबाट १३ हजारको दरले रकम असुलेर परीक्षा समितिले पास गराएको बताइएको छ । सवारी चालक अनुमति पत्र शाखा वीरगंजका ड्राइभर शम्भु गुरुङ्गले असुलीको धन्दामा विशेष भूमिका निर्वाह गर्दै गर्दा सो कार्यालय दिनप्रतिदिन बदनाम हुँदै गएको जनाइएको छ।
शम्भु गुरुङ्गको नाममा विभिन्न प्रकारका आरोपहरू लाग्दै आएका छन् । चितवन जिल्लाका निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अघि यातायात कार्यालय वीरगंजमा दाइ महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दै रिझाउँदै करारको ड्राइभर नियुक्ति लिएपछि लगातार बिचौलियाको भूमिकामा सक्रिय रहेको जनाइएको छ । गुरुङ्गले कार्यालय प्रमुख र कार्यालय सहयोगीबीचको भूमिका अस्पष्ट राख्दै घुस असुलीको रकम व्यवस्थापन गर्ने काम गर्दै आएका छन् ।
गुरुङ्गले आफ्नो वर्चश्व जमाउनकै निमित्त आफ्नो नातामा पर्नेहरूलाई करारमा नियुक्ति दिलाई करोडौं रकम असुलेको आरोप छ । चितवन निवासी संदिप मगर, गोरखा निवासी सुरज पाठक र धरान निवासी सुमन मगरलाई करारमा नियुक्ति दिलाई कार्यालयलाई कब्जा गरेको जनाइएको छ ।
निवर्तमान कार्यालय प्रमुख उमेश रेग्मी असहयोगका कारण आफ्नो सरुवा आफै मागेर वीरगंजबाट सरुवा भएका छन् । जेठ महिनामा वीरगंज पटक–पटक लिखित र ट्रायल परीक्षा भई हजारौं परीक्षार्थीहरूलाई रकमको बलमा पास गराई करिब करोड रुपैया असुली भएको स्रोतको दाबी रहेको छ ।
वर्तमान कार्यालय प्रमुख कमल गौतम पनि ड्राइभर शम्भुकै सहयोगमा पुनः वीरगंज प्रमुख बनेर आएका छन् । सवारी चालक अनुमति पत्र शाखामा आम्दानी जति भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको भागमा १५ प्रतिशत पर्छ भने अन्य रकम नियमनकारी निकाय र कर्मचारीहरूको भागमा पर्ने गरेको स्रोतले जनाएको छ ।
लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको विशेष भूमिका रहने भएकोले आफ्ना विश्वासिलो प्रतिनिधि पठाई तै चुप, मै चुपूको अवस्था सिर्जना गरेका कारण १५ प्रतिशत भाग जाने गरेको बताइएको छ । सभार : यात्राडेली
सशस्त्रका इन्सपेक्टरदेखि एसपी सम्मकाे सेटिङमा पर्साको प्रसौनीबाट तस्करी
वीरगंज । सिमा सुरक्षाकाे लागि खटिने सशस्त्र प्रहरीले पर्साकाे ग्रामिण भेगबाट तस्करीकाे लाइन खालेकाे समाचार प्राप्त भएकाे छ ।बोर्डर आउट पोष्ट (बीओपी) प्रसौनी भाठाका प्रमुख प्रहरी निरिक्षक (इन्स्पेक्टर) प्रकाश भुजेल मिलाेमताेमा तस्करीकाे लाइन खुलेकाे हाे ।
समाचार स्राेतका अनुसार इन्सपेक्टर भुजेलले दर्जनभन्दा बढी तस्करहरुलाई लाईन दिएका छन् । उनले तस्करहरुलाई लाइन दिएपछि यस क्षेत्रबाट तस्करी फस्टाएकाे स्थानियहरुले वताउँछन् ।
इन्सपेक्टर भुजेलको मिलेमतोमा तस्करहरुले प्रसौनीभाठ्ठा सिमानाका हुँदै धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, काजु, रेडबुल, चिनी, चामल, मैदा, पनिर मसाला, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु–प्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधि, पानमसाला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ , लुगा धुने डिटर्जेन्ट, देखि कुखुराको चल्ला र त्यारी ब्वाइलर कुखुराको तस्करी गरिरहेका छन् ।
यस्तै, थानको लत्ताकपडा तथा तयारी पोसाक, जुत्ता–चप्पल, मोबाईल, मोबाईल पार्टस, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाईल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजर लगायतको समान पनि नेपाल तर्फ तस्करी भइरहेको छ ।
यती मात्र हाेइन नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफी लगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ । तस्करहरुले नेपालका विभिन्न ठाउँबाट खरिद गरेर मिनी ट्रक पिकअपमा लोड गरि प्रसौनीभाठा गाउँमा झारेर थोरै थोरै गरेर भारततर्फ कटाउने गरेको छन ।
जिल्लाका नेता र सुरक्षा सञ्जालसँग निकट रहेका केही कुख्यात तस्करहरुले राँगाभैंसी तस्करी गर्न ठूलो लाईन पाएका छन । अवैध राँगाभैसीको लस्कर प्रसौनीभाठा बिओपि पछाडीको खोला छेउबाट नेपालतर्फ भित्रँदा समेत सिमा सुरक्षाकाे लागि खटिने सशस्त्र प्रहरीले कुनै चासो देखाउदैन झन सहजिकरण गर्ने गरेको स्थानीय बताउँछन ।
प्रसौनीभाठा चौकमा १/२ जना तस्करहरुले आखा छल्न देखावटी रूपमा पसल नै संचालन गरेर राती-राती बोर्डर कटाएर तस्करीका समान भन्डारण गर्ने र दिनको समयमा पर्साको विभिन्न ठाउमा पठाउने गरेका छन ।
यतिमात्र हैन, प्रहरी कै मिलोमतोमा लागू औषधको समेत कारोबार भइरहेको समाचार स्रोतको दाबी छ ।
यस्तै, सिमामा सशस्त्र प्रहरीले तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन ।
यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन् ।
प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीको लागि मौखिक लाइसेन्स बाडे् झै लाईन क्लियर गरिदिएपछि तस्करहरुले खुलेआम दिनदहाडै् भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी पर्साका ग्रामिण बजार पोखरिया, केहुनिया, महुवन बजार, बिशरामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन्।
सशस्त्र प्रहरीका इन्स्पेक्टर भुजेल एक विवादास्पद छवि भएका तर सबैमाझ परिचित व्यक्ति हुन् । उनी विगत तीन-चार वर्षदेखि पर्सामा कार्यरत छन् । अहिले उनी कमाउ अड्डा भनेर चिनिने जिल्लाको बोर्डर आउट पोष्ट (बीओपी) प्रसौनीभाठामा कार्यरत छन् ।
यसअघि पनि उनी बिओपी प्रसौनीभाठ्ठा भन्दा ३ किलोमिटर पश्चिम् सबैठवा लहावरथकरी बिओपीमा २० महिना जति लामो समय कमान्ड गरिसकेका छन । उनलाइ यहाको तस्करी बारे चपाचपा नाका नाका तस्करीको बारेमा हरेक कुरोमा जानकार भएकै कारण सहज रुपमा तस्करी गराएर चानीकाटिरहेको जानकारहरु बताउछन ।
तस्करीको भिडियो प्रमाण सहित केही संचार माध्यमले समाचार प्रकाशन गरेपनि जिल्लाकाे सशस्त्र प्रहरीका कमाण्ड समाहलेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले इन्सपेक्टर भुजेलमाथि कारवाही नगर्दा उनकाे संलग्नता पनि रहेकाे पुष्टि हुन थालेकाे छ ।
केही दिन पहिला मात्र एक संचारकर्मीले तस्करीको सुचना इन्सपेक्टर भुजेललाई दिदा उनले साे सूचना तस्करसंग चुहाएको थियाे । त्यसपछि एक तस्करले साे संचारकर्मीलाई फाेन गरेर गाली गालाैज गर्दै धम्की समेत दिएकाे थियाे । साे बारे पत्रकारहरुकाे एक समुहले सशस्त्र प्रहरी गण १३ नम्बरका प्रवक्ता डिएसपी देवेन्द्र सिंहलाई जानकारी गराउँदा समेत हाल सम्म कुनै कारवाही भएकाे छैन ।
यसले इन्स्पेक्टर भुजेलकाे तस्करसंग साटगाठमा डिएसपी सिंहदेखि एसपी धिमाल सम्मकाे संलग्नता रहेकाे अनुमान हुन थालेकाे छ । याे तथ्यले इन्स्पेक्टर भुजेलको तस्कर संग राम्राे सम्बन्ध रहेकाे र माेटाे रकम नजराना बुझ्दै आएकाे समेत प्रमाणित गर्दछ । जुन रकमबाट जिल्लाका प्रहरी अधिकारीहरु समक्ष समेत पुग्ने गरेकाे बुझ्न सहजै बुझ्न सकिन्छ ।
आम नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउन गरी काम गर्न खानेपानी मन्त्री यादवको निर्देशन
वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनु पर्ने बताए ।
उनले भने, “म जनताको प्रतिनिधि हो, जनताको सपना बोकेर आएको छु, जनताले शुद्ध खानेपानी खाने सपना पुरा गर्न सबै मिलेर पुरा गर्नु पर्छ ।” यसै गरी उनले खाने पानीका क्षेत्रमा आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताए ।
मन्त्री यादवले जलवायु परिवर्तन नेपालको खानेपानी क्षेत्रको लागि ठूलो चुनौती बन्दै गएको बताए । उनले भने, “जल वायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, बिचमा पानी परेको थियो पानी आउँथ्यो अहिले पानी आउन बन्द छ, जलवायु परिवर्तनसँग लडेर जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो,” उनले भने, “खाने पानीका लागि आवश्यक पर्ने बजेटको जोहो म गर्छु, जनताले शुद्ध पानी खान पाउनका लागि काम गरौँ ।”
यसै गरी मन्त्री यादवले गरिब निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खाने पानी वितरण गर्न सकिन्छ त्यो विषयमा ध्यान दिएर सबैले लाग्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिए । पहाड, तराई र हिमालमा पनि खानेपानीको समस्या रहेकाले हामी सबै मिलेर खाने पानीका समस्या समाधानका लागि एकजुट हुनु पर्ने समेत उनले निर्देशन दिए ।
“एक विद्यालयले स्वयम् संसारलाई नै बदलिदिने क्षमता राख्दछ” : रहबर अन्सारी
वीरगंज । सौराहा स्थित ने.रा.आधारभुत विद्यालयमा प्रदेश सभा सदस्य रहबर अन्सारीले हालै भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको धैर्यता र समर्पणको प्रशंसा गरे।
अन्सारीले विद्यालयका शिक्षाकर्मीहरूले असहज परिस्थितिमा पनि गरीब र सीमान्तकृत समुदायका बालबालिकाहरू प्रति समर्पित भएर निरन्तर काम गरिरहेको देखे । उनले भने, “संसारको कुनै कुनामा स्थित एक सानो विद्यालयले स्वयम् संसारलाई नै बदलिदिने क्षमता राख्दछ।”
शिक्षा क्षेत्रमा सुधारको लागि अन्सारीले विद्यालयलाई आवश्यक सहयोग गर्ने वाचा गरे । आगामी दुई वर्षभित्र विद्यालयको अनुहार परिवर्तन गर्दै क्षमताहरुलाई वास्तविकतामा परिणत गर्नमा आफ्नो सक्रिय पहल तथा भूमिका रहने बताए ।
विद्यालयका शिक्षाकर्मीहरूले अन्सारीको वाचा र सहयोगको लागि आभार व्यक्त गरे र यसले विद्यालयको शैक्षिक स्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे।
पूर्व मन्त्री रायको हत्यामा संलग्न दुई जना पक्राउ
वीरगंज । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा पक्राउ परेका शंकास्पद दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलन गरेर राय हत्यामा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सर्लाही कबिलासी नगरपालिका–३ का २५ वर्षीय रामउजैन राय र चन्द्रनगर नगरपालिका–१ रतनपुर बस्ने ४६ वर्षीय बीरेन्द्र राय रहेका छन्। प्रहरीले पक्राउ गरेको रामउजैन पूर्वराज्यमन्त्री राज्यको घरमा काम गर्ने व्यक्ति हुन् ।
पूर्वमन्त्री रायको हत्या भएलगत्तै प्रहरीले रामउजैनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। घटना भएको राति रायको घरमा सुतेका उनले नै पूर्वमन्त्री रायको हत्याबारे आफन्तलाई जानकारी गराएका थिए।
रामउजैन सुतेको तन्ना, गन्जी र हाफ पाइन्टमा रगतको दाग देखिएपछि उनी प्रहरीको शंकाको घेरमा परेका थिए।
‘अनुसन्धानका क्रममा घटनास्थलमा फेला परेको धारिलो हतियार फर्सा, रामउजैन सुतेको तन्नामा रगतजस्तो रातो पदार्थ लागेको, सेता गन्जी, हाफ पाइन्टसमेतको आधारमा घटनाको निष्कर्षसम्म पुग्यौं,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने।
रामउजैनले बीरेन्द्र रायले भनेपछि पूर्वमन्त्री रायको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको श्रेष्ठले जानकारी दिएका छन्।जग्गासम्बन्धी मतभिन्नताका कारण वीरेन्द्रले पूर्वराज्यमन्त्री रायको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
चन्द्रनगर–१ स्थित रायको पक्की घर भएको जग्गा आफ्नो रहेको र जग्गा ओगटेर घर बनाएको भन्दै रामउजैनलाई प्रयोग गरेर हत्या गर्न लगाएको प्रहरीले जनाएको छ।
बीरेन्द्रले दुई लाख रूपैयाँ र व्यवसायका लागि एउटा फर्मसमेत बनाइदिने प्रलोभन दिइ रामउजैनबाट पूर्वराज्यमन्त्री रायको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए। बीरेन्द्रको उक्साहट र प्रलोभनमा परी आफू एक्लैले राय सुतेको मौकाछोपी हत्या गरेको रामउजैनले प्रहरीसमक्ष बयान दिएका छन्।
८० वर्षीय पूर्वभूमिसुधार राज्यमन्त्री रायको चन्द्रनगरस्थित आफ्नो निवासमा राति सुतिरहेको बेला साउन ७ गते हत्या भएको थियो।
प्रहरीले राति १ बजे राय मृत फेला परेको सूचना पाएको थियो। तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग भएको धारिलो घरेलु हतियार (फर्सा) बरामद गरी रायको घरमा काम गर्ने रामउजैनलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको थियो ।


