Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

वीरगंजमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ चलचित्रको पोस्टर सार्वजनिक

spot_img
spot_img

वीरगंज । नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर वीरगञ्जमा सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल, पर्साको आयोजनामा घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष सूर्यनारायण वि.क., वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा पोस्टरको अनावरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार नन्दु श्रीवास्तवले चलचित्रले समाजको यथार्थलाई चित्रण गर्ने बताए । लामो समयदेखि नेपाली, हिन्दी र भोजपुरी फिल्ममा काम गरेको अनुभवका आधारमा उनले नेपाली चलचित्र क्षेत्र पछिल्लो समय सुधारतर्फ उन्मुख रहेको बताए। प्रविधि र नवप्रवर्तनको प्रयोगले यस क्षेत्रले नयाँ फड्को मारेको उनको भनाइ थियो ।

चलचित्र निर्माता हरी पन्तले ‘जनै हराएको मान्छे’ ले समाजको कथा बोल्ने अपेक्षा गर्दै चलचित्रको व्यवसायीक सफलताकाे शुभकामना दिए। विगतमा चलचित्रको प्रचारप्रसारका लागि धेरै दुःख पाएको स्मरण गर्दै उनले अहिले चलचित्र पत्रकार संघको सहयोगले काम सहज बनेको बताए । साथै, चलचित्रको नामले नै दर्शकलाई उत्सुक बनाएको उनले प्रतिक्रिया दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्तले भने, “नेपाली चलचित्र मधेशमा चल्दैनन् भन्ने धारणा पुर्ण बहादुरकाे सारङ्गीले गलत साबित गरेका छन्”।

नेकपा माओवादी केन्द्रका युवा नेता शिव कुमार साहले मधेशमा नेपाली चलचित्रको चर्चा बढ्दै गएको बताए। भोजपुरी र हिन्दी सिनेमाको दबदबा रहेको क्षेत्रमा नेपाली चलचित्रका चर्चा र प्रदर्शनले दर्शकमा कौतुहलता बढाएको उनको भनाइ थियो।

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने जानकारी गराए।

चलचित्रका निर्देशक हिमाल न्यौपाने हुन् भने निर्माता कमल न्यौपाने र बिमल न्यौपाने छन्। प्रमुख भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडीलगायतको अभिनय रहनेछ।
आज देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...