Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जलवायु परिवर्तनको असर : वीरगंजमा पानीको हाहाकार

spot_img
spot_img

वीरगंज । जलवायु परिवर्तनका असरहरू स्पष्ट देखिन थालेका छन् । खडेरीको चपेटामा परेको तराई–मधेसका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा हाल गम्भीर खानेपानी अभाव सिर्जना भएको छ । विशेषगरी वीरगंज महानगरपालिकाभित्र चापाकलहरू सुक्न थालेपछि घरघरमा पानीको हाहाकार देखिएको छ ।

नेपाल खानेपानी संस्थान वीरगंज शाखाका प्रमुख प्रवीण कुमार साहका अनुसार, “जिल्लाभरि चापाकल सुक्न थालेपछि पानीको लागि नयाँ लाइन जडान गर्न आउने नागरिकको संख्या दिनप्रतिदिन बढिरहेको छ।” हालसम्म करिब ६०० जनाले नयाँ धारा जडानको माग गरेका छन् भने ३५० भन्दा बढी प्रतीक्षामा छन् ।

वीरगंज–१३ श्रीपुरका अब्दुल अहमद भन्छन्, “विगत तीन वर्षदेखि खानेपानीको हाहाकार भोगिरहेका छौँ, दैनिकी नै अस्तव्यस्त भएको छ ।” वीरगञ्ज–२६ का वडाध्यक्ष शम्भु मिश्रका अनुसार वडामा रहेका ९० प्रतिशतभन्दा बढी चापाकल सुकिसकेका छन् । “वडाको पहलमा दुईवटा बोरिङ गरेर पानी वितरण गरिँदैछ, तर त्यो पर्याप्त छैन,” उनले भने । सीमित स्रोतसाधनकै कारण थप बोरिङ गर्न गाह्रो भइरहेको उनको भनाइ छ ।

वीरगंज महानगरका विपद् व्यवस्थापन शाखाका इन्जिनियर राकेश साहका अनुसार, भूमिगत पानीको सतह खस्किएपछि अधिकांश चापाकल सुक्खायाममा सुक्ने गरेका हुन् ।

डिप बोरिङ र ट्याङ्कीमार्फत आपूर्ति

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पानी संकटलाई गम्भीर प्राकृतिक आपदा मान्दै तत्काल राहतका उपायहरूको कार्यान्वयन भइरहेको बताए । हालसम्म २३७ भन्दा बढी डिप बोरिङ मार्फत विभिन्न वडामा पानी आपूर्ति गरिएको छ भने ट्याङ्कर र अस्थायी ट्याङ्की जडान गरेर सेवा विस्तार गरिएको छ । सेवा नपुगेका वडाहरूमा तालिका बनाएर दैनिक आपूर्ति भैरहेको छ ।

नेपाल खानेपानी संस्थानले हाल दैनिक एक करोड लिटर पानी वितरण गरिरहेको जनाएको छ । तर, संरचनागत कमजोरीका कारण करिब ४० प्रतिशत पानी चुहावट भइरहेको छ । शाखा प्रमुख साहले पाइपलाइनको कमजोर संरचना पनि पानी विस्तारमा बाधक बनेको स्वीकारे ।

पानी संकटमा सहकार्य जरुरी : खानेपानी मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले यो संकटलाई जलवायु परिवर्तनजन्य प्राकृतिक विपत्ति को रूपमा चिनाउँदै, पीडितहरूसँग सहानुभूति प्रकट गर्नुभएको छ । “पर्सा, बारा, रौतहटलगायत जिल्लामा चापाकल सुक्दै गर्दा जनजीवन कठिन बन्दै गएको छ,” मन्त्री यादवले भने, “स्थलगत अनुगमनका क्रममा पाएको अवस्थाले तत्काल राहतका साथै दीर्घकालीन समाधान आवश्यक रहेको देखिएको छ ।”

एसियाली विकास बैंकको सहयोगमा ४.५ अर्ब रुपैयाँ लागतमा वीरगंजमा बृहत् खानेपानी आयोजना अघि बढेकाे उनले वताए । “आगामी आर्थिक वर्षदेखि कार्य थप तीव्र पारिनेछ,” उनले भने, “संकटकालीन अवस्थामा सबै पक्षको सहकार्य आवश्यक छ, संकट पार गर्न हामी सबै एक हुनुपर्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...