Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

श्री ताराचन्दका विद्यार्थीलाई ब्याग वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित श्री ताराचन्द किसनलाल विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोला (ब्याग) वितरण गरिएको छ ।

वडाध्यक्ष महमद रेयाज मियाँको विशेष पहलमा उक्त विद्यालयका विद्यार्थीहरूलाई ब्याग वितरण गरिएको हो । कार्यक्रमका क्रममा वडाध्यक्ष मियाँले विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर र मेहनती विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा सहयोग गर्दै आएको जानकारी गराए ।

उनले भने, “म पनि यही विद्यालयमा अध्ययन गरेर आएको हुँ। मेरो माया यसै विद्यालयसँग गाँसिएको छ। अहिलेसम्म म सहयोग गर्दै आएको छु र आगामी दिनहरूमा पनि मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याउँछु ।”

कार्यक्रममा विद्यालयमा आवश्यक पर्ने खेलकुद सामग्रीदेखि कपी, कलम, झोला लगायत सामग्रीहरू वितरण गरिएका थिए।सो अवसरमा विद्यालयका प्रधानाध्यापकले वडाध्यक्ष मियाँलाई गम्छा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा वडा सदस्य बसिर मियाँ हजाम, अपिर महमद अंसारी, विद्यालयका शिक्षक–शिक्षिका, सामुदायिक प्रहरी, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...