Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

रौतहट बमकाण्डमा घाइते गौरीशंकरको गुनासो : “शरीर जलेको छ, न्याय पनि जलेको छ”

spot_img
spot_img

वीरगंज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटमा गम्भीर घाइते भएका प्रत्यक्षदर्शी गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ। नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि चमारले न्याय नपाएको गुनासो गर्दै काठमाडौंमा मिडियासामु आफ्नो पीडा पोखेका हुन्।

भारतको सीतामढी घर भएका ४३ वर्षीय गौरीशंकरले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बम विस्फोटमा परेका क्षति, उपचार र त्यसपछिको कठोर जीवन संघर्षबारे आँखाभरि आँसु पारेर बताए । उनले २०६४ सालको संविधानसभा निर्वाचनअघि आलमको इँटा भट्टामा काम गर्दै गर्दा बम विस्फोटमा परेर गम्भीर घाइते भएको स्मरण गरे।

“मैले बम देखेको छु, मेरो कान सुन्न छाड्यो, अनुहार र छाती जलेको छ,” चमारले भने । विस्फोटपछि उनी बेहोस अवस्थामा भारतको सीतामढी अस्पतालमा भर्ना भए र तीन महिनासम्म उपचार गराए । उपचारमा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको उनले बताए । तर, अफ्ताब आलमले आफूलाई एकपटक पनि सोधखोज नगरेकोमा उनले दुःख व्यक्त गरे ।

अदालतको फैसलाले आफूजस्ता पीडितलाई झन् अन्यायमा पारेको भन्दै गौरीशंकर भन्छन्, “अदालतले भन्न सक्छ बम पड्किएको पुष्टि भएन, तर मलाई लागेको छ, म देखेको छु।” उनले घटनापछि आलमका समर्थकबाट आफ्नो परिवारलाई धम्की पनि दिएको दाबी गरे।

“आमालाई भन्न आएका थिए – तेरो छोरा मर्छ, बाँच्दैन अब । यस्तो डर देखाएर हामीलाई चुप लगाउन खोजिएको हो,” चमारले पीडा पोखे।

शारीरिक अवस्था कमजोर, काम गर्ने क्षमतासमेत गुमाएका चमारले जीवनमा न बाँच्न सक्ने अवस्था रहेको गुनासो गर्दै भने, “काम गर्न सक्दिन, पेट पाल्न सक्दिन, म मर्ने कि बाँच्ने पनि थाहा छैन अब।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...