Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

रौतहट बमकाण्डमा घाइते गौरीशंकरको गुनासो : “शरीर जलेको छ, न्याय पनि जलेको छ”

spot_img
spot_img

वीरगंज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटमा गम्भीर घाइते भएका प्रत्यक्षदर्शी गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ। नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि चमारले न्याय नपाएको गुनासो गर्दै काठमाडौंमा मिडियासामु आफ्नो पीडा पोखेका हुन्।

भारतको सीतामढी घर भएका ४३ वर्षीय गौरीशंकरले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बम विस्फोटमा परेका क्षति, उपचार र त्यसपछिको कठोर जीवन संघर्षबारे आँखाभरि आँसु पारेर बताए । उनले २०६४ सालको संविधानसभा निर्वाचनअघि आलमको इँटा भट्टामा काम गर्दै गर्दा बम विस्फोटमा परेर गम्भीर घाइते भएको स्मरण गरे।

“मैले बम देखेको छु, मेरो कान सुन्न छाड्यो, अनुहार र छाती जलेको छ,” चमारले भने । विस्फोटपछि उनी बेहोस अवस्थामा भारतको सीतामढी अस्पतालमा भर्ना भए र तीन महिनासम्म उपचार गराए । उपचारमा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको उनले बताए । तर, अफ्ताब आलमले आफूलाई एकपटक पनि सोधखोज नगरेकोमा उनले दुःख व्यक्त गरे ।

अदालतको फैसलाले आफूजस्ता पीडितलाई झन् अन्यायमा पारेको भन्दै गौरीशंकर भन्छन्, “अदालतले भन्न सक्छ बम पड्किएको पुष्टि भएन, तर मलाई लागेको छ, म देखेको छु।” उनले घटनापछि आलमका समर्थकबाट आफ्नो परिवारलाई धम्की पनि दिएको दाबी गरे।

“आमालाई भन्न आएका थिए – तेरो छोरा मर्छ, बाँच्दैन अब । यस्तो डर देखाएर हामीलाई चुप लगाउन खोजिएको हो,” चमारले पीडा पोखे।

शारीरिक अवस्था कमजोर, काम गर्ने क्षमतासमेत गुमाएका चमारले जीवनमा न बाँच्न सक्ने अवस्था रहेको गुनासो गर्दै भने, “काम गर्न सक्दिन, पेट पाल्न सक्दिन, म मर्ने कि बाँच्ने पनि थाहा छैन अब।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार राति करिब ९ बजेको समयमा इलाका...

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...