Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

धोनीकाे जन्मदिनकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगंजले विभिन्न सामाजिक गतिविधिहरू गरी जन्मोत्सव मनाएको छ।

सोमबार क्लबको संयोजनमा वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । क्लब संयोजक विक्की सर्राफको अध्यक्षतामा आयोजित कार्यक्रममा एक महिला सहित २० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा क्लबका संयाेजक सर्राफ सहित चन्दन कुमार गुप्ता, रोहित शर्मा, अमित श्रीवास्तव, सन्दीप गुप्ता, अरुण यादव, मुनी देवी चौधरी, ओमप्रकाश साह, असरफ अन्सारी, नितेश कुमार राम, बर्मा साह लगायतले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए ।

त्यसैगरी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सिद्धार्थ माविको प्राङ्गणमा रहेको सुस्त मनस्थिति तथा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाको हेरचाह गर्ने संस्था ‘आशा किरण केन्द्र’मा पुगेर बालबालिकालाई खाना खुवाउने र केक काटेर धोनीको जन्मदिन मनाउने कार्य सम्पन्न गरेको छ।

धोनीको जन्मदिनलाई समाजसेवामूलक गतिविधिबाट अर्थपूर्ण बनाउने उद्देश्यले क्लबले विभिन्न कार्यक्रम आयोजना गरेको क्लबका संयोजक सर्राफले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ठूलो बाघमोर्चामा लामा नाचको रौनक, तामाङ संस्कृतिको अनुपम प्रदर्शन

सेढवा । पर्साको ठोरी गाउँपालिका–५ स्थित ठूलो बाघमोर्चामा तामाङ समुदायको आयोजनामा परम्परागत लामा नाच (झाँकी) तथा धार्मिक पूजाआजा कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको...

सोलखपुरमा छठघाट उद्घाटन, स्थानीयको वर्षौं पुरानो सपना साकार

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज...

छठ घाटका लागि संकलन गरिएका बाँस र टाली चोरी

वीरगंज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाट निर्माणका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली...