Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

धोनीकाे जन्मदिनकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगंजले विभिन्न सामाजिक गतिविधिहरू गरी जन्मोत्सव मनाएको छ।

सोमबार क्लबको संयोजनमा वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । क्लब संयोजक विक्की सर्राफको अध्यक्षतामा आयोजित कार्यक्रममा एक महिला सहित २० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा क्लबका संयाेजक सर्राफ सहित चन्दन कुमार गुप्ता, रोहित शर्मा, अमित श्रीवास्तव, सन्दीप गुप्ता, अरुण यादव, मुनी देवी चौधरी, ओमप्रकाश साह, असरफ अन्सारी, नितेश कुमार राम, बर्मा साह लगायतले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए ।

त्यसैगरी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सिद्धार्थ माविको प्राङ्गणमा रहेको सुस्त मनस्थिति तथा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाको हेरचाह गर्ने संस्था ‘आशा किरण केन्द्र’मा पुगेर बालबालिकालाई खाना खुवाउने र केक काटेर धोनीको जन्मदिन मनाउने कार्य सम्पन्न गरेको छ।

धोनीको जन्मदिनलाई समाजसेवामूलक गतिविधिबाट अर्थपूर्ण बनाउने उद्देश्यले क्लबले विभिन्न कार्यक्रम आयोजना गरेको क्लबका संयोजक सर्राफले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...