Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 248

बाल सुधार गृह वीरगंजकाे व्यवस्थापनका लागि १३ बुँदे निर्णय

वीरगंज । बाल सुधार गृह वीरगंजकाे व्यवस्थापन सम्बन्धि सराेकारवालाहरुकाे बैठक सम्पन्न भएकाे छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयकाे अध्यक्षतामा बसेकाे बैठकले बालबालिकाहरूको हितलाई ध्यानमा राख्दै १३ बुँदे निर्णय गरेको छ ।

बैठकले बाल सुधार गृहले बुधबार नै वाईफाई जडान गर्ने गराउने, ल्यापटप, कम्प्युटर मर्मत सम्भार गर्ने, बाल सुधार गृहले कम्तिमा हप्ताको एक पटक मनोसामाजिक परामर्श अनिवार्य उपलब्ध गराउने, आवश्यक सङ्ख्यामा पंखा र खानेपानीको व्यवस्थापन कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्ने, क्षयरोगवाट सङ्क्रमित बालकको उपचार लगायतका समस्या सामाधानको लागि वीरगंज महानगरपालिकासँग समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले सीधावापतको रकम समयमै भुक्तानीका लागि बाल सुधार गृहले आवश्यक विवरण समय मै पेश गर्ने व्यवस्था मिलाउने, कारागार कार्यालयबाट सीधा व्यवस्थापन गर्ने, पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीको व्यवस्थापन प्याब्सन, एन प्याब्सन लगायतका सरोकारवालहरुसँग समन्वय गरी उपलब्ध गराउने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले मिलाउने, पुस्तकालयको व्यवस्था गरी सञ्चालनका लागि बाल सुधार गृह प्रशासकले आवश्यक ठाउँको प्रबन्ध मिलाउने पनि बैठककाे निर्णय छ ।

यसैगरी पढ्न ईच्छुक वालवालिकाहरुको लागि तहगत रुपमा शिक्षकको व्यवस्थापन खुला विद्यालयबाट वीरगंज महानगरपालिकाले मिलाउने, बाल सुधार गृह परिसर नजिकै रहेको डिप बोरिङ्गवाट पाईप जडान गरी नियमित रुपमा खानेपानीको व्यवस्थापन गर्ने व्यवस्था बीरगंज महानगरपालिकाले मिलाउने, रातको समयमा बत्ती जाने समस्या रहेकोले वैकल्पिक उर्जाको व्यवस्थापनको लागि बीरगंज उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने, बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सिसि टिभि जडान गर्ने व्यवस्था बीरगंज महानगरपालिकाले गर्ने र अनुगमन, निरिक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि निर्णय भएकाे बैठकमा सहभागि जिल्ला प्रशासन कार्यालय पर्साका कृष्णा कुशवाहाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्सास्थित प्रमुख जिल्ला अधिकारी अर्यालयकाे कार्यकक्षमा बसेकाे बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गाैतम, वीरगंज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, जिल्ला विकास शिक्षा ईकाइ पर्साका प्रमुख हरि राउत, बाल मनाेविज्ञ सावित्री कुमारी भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सहकारी दिवसको अवसरमा अस्पताल र बाल आश्रममा फलफुल वितरण

वीरगंज । ६८ औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा नारायणी अस्पताल तथा बाल आश्रममा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

‘मर्यादित सहकारी, समुन्नत समाज’ नारा सहित क्लबले मनाएकाे सहकारी दिवसकाे अवसरमा फलफुल वितरण गरिएकाे हाे ।  वीरगंजस्थित नारायणी अस्पतालमा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको नेतृत्वमा फलफुल वितरण गरियो क्लबले जनाएकाे छ ।

अध्यक्ष श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संस्थापक अध्यक्ष जिष्णु बराल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दास, डा. श्रुति शाह, क्लबका उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सचिव प्रदीप कुमार लोहार, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो तथा सञ्चालक सदस्यहरूको सहभागिता रहेको थियो ।

त्यस्तै, सहकारी दिवस कै अवसरमा क्लबले बाल आश्रममा समेत फलफुल वितरण गरेको छ । क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सहकारी दिवसकाे अवसरमा भएकाे कार्यक्रम सम्पन्न भएकाे क्लबका अध्यक्ष अध्यक्ष श्रीवास्तवले जानकारी दिए ।

वीरगंजमा ´मधेस साहित्यिक महाेत्सव´ आयाेजना हुँदै

वीरगंज । देशकै आर्थिक नगरी वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना हुदैंछ । उत्कर्ष नेपालको आयोजनामा वीरगंजमा यहि चैत २२ र २३ गते ‘मधेस साहित्य महोत्सव’ आयोजना हुन लागेको हो ।

मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्धन गर्ने उदेश्यले वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बताए । वीरगंजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक लाठले दुई दिने ‘मधेस साहित्य महोत्सव’मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटिने बताए ।

महोत्सवमा तराई–मधेसका भोजपुरी, मैथली, अवधि, थारु, माडवारी, उर्दु, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जक लगायतले आ–आफना सृजना, कला, विचार र अनभुवहरु प्रस्तुत गर्ने उनले बताए । उनका अनुसार,‘मधेस साहित्य महोत्सव’ मा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरु सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा संयोजक लाठले आर्थिक र व्यापरिक तथा राजनीतिक आन्दोलनको केन्द्रका रुपमा चिनिएको ऐतिहासिक भूमी वीरगंजमा अब साहित्य र संस्कृतिको प्रवर्धन गर्दै नवीन विचारहरुको आदान प्रदान तथा नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको बताए ।

लाठले भने,‘ वीरगंज केवल व्यपारिक शहर र आन्दोलन गर्ने थलो मात्रै होइन, यो साहित्य र कलाको उर्वर भूमीपनि हो भन्ने सन्देश दुई दिने ‘मधेस साहित्य महोत्सव’ले दिनेछ । साहित्य र कलामा वीरगंज मरेको छैन, अझैपनि जिन्दा छ भन्ने सन्देशपनि महोत्सवले दिनेछ।’

वीरगंजस्थित मधेस विश्वविद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उद्घाटन सत्रपछि साहित्य सम्बन्धि विभिन्न सत्र, कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आयोजन समितिकी सदस्य सलमा खातुनले जानकारी दिइन् ।

यस्तै दोस्रो दिन चैत २३ गते सामुहिक किताब विमोचन, मधेसको लोककला, संस्कृति, भाषा, साहित्य सम्बन्धि विभिन्न सत्र र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना हुने उनले बताइन् ।

पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा, साहित्य, कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए । उनले भने “यो केवल एउटा सुरुवात हो, दीर्घकालीन रूपमा मधेशको समग्र पहिचानलाई उजागर गर्ने हाम्रो अभियान रहेको छ ।”

पत्रकार सम्मेलनमा ‘मधेस साहित्य महोत्सव’ आयोजन समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, उत्कर्ष नेपालकी सचिव अन्जु महतो, जय साह, जय यादव, विवेक कर्ण लगायतकाकोपनि उपस्थिती थियो ।

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाकाे वडा नं. ३ मा रहेकाे श्री जनता मावि पकडीया बढनिहारकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुगेकाे छ । पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक समेतकाे मिलाेमताेमा गाेप्य रुपमा भएकाे शिक्षक नियुक्ति खारेजकाे माग गर्दै मंगलबार वडाध्यक्ष सहितका अभिभावकहरुले उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजमा मुद्दा दिएका हुन् ।

वडाध्यक्ष सुकमान तामाङ समेतका अभिभावकहरुले विद्यालय, विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, पर्सागढी नगरपालिका लगायतकालाई विपक्षी बनाएर उच्च अदालतमा उत्प्रेष्ण प्रमादेश सम्बन्धि मुद्दा दर्ता गराएका छन् । शिक्षा एन र नमावली अनुसार वडा अन्तर्गत संचालित सामुदायिक विद्यालयहरुकाे वडाध्यक्ष स्वयंम संरक्षक र विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि रहने प्रावधान रहेपनि एन नियम उलंघन गर्दै हतार हतारमा भएकाे शिक्षक नियुक्ति खारेज माग गर्दै आफु सहितका अभिभावहरुले मुद्दा दिएकाे वडाध्यक्ष तामाङले वताए ।

मिति २०७८ फागुन ३० गते गठित विद्यालय व्यवस्थापन समितिकाे म्याद मिति २०८१ फागुन २९ गते सकेपनि साेही विद्यालय व्यवस्थापन समितिकाे निर्णय अनुसार विद्यालयका प्रधानाध्यापक माेहन प्रसाद चाैधरीले गरेकाे शिक्षक नियुक्तिकाे परक्रिया गलत रहेकाे भन्दै वडाध्यक्ष सुकमान तामाङले विद्यालय, नगरपालिकाकाे कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत प्रकृया स्थगनकाे लागि लिखित तथा माैखिक अनुराेध गरेका थिए ।

आफु सहित स्थानियहरुकाे अनुराेधलाई विद्यालय प्रशासनले अटेर गरी नियुक्ति भएका शिक्षकहरुलाई हाजिर गराएपछि अदालत जानु परेकाे वडाध्यक्ष तामाङले वताए । विद्यालयकाे विषय शिक्षककाे आवश्यकतालाई ध्यानमा राखि मिति २०८१ माघ २७ गतेकाे निर्णय अनुसार नेपाली र लेखा बिषयकाे शिक्षक नियुक्ति गर्नु पर्नेमा पछि गाेप्य रुपमा समाजिक, नेपाली र गणित विषयकाे शिक्षकहरु नियुक्त गरिएपछि आफुले विराेध गरेकाे उनले वताए ।

पर्सागढी नगरपालिकाकाे शिक्षा विधेयक २०७८ र शिक्षा नियमावली २०७९ बमाेजिम शिक्षक तथा कर्मचारी छनाैट सिफारिस समिति मार्फत सम्पूर्ण शिक्षक छनाैट पक्रिया हुनु पर्ने र यस समितिकाे संयाेजक प्रमुख प्रशासकिय अधिकृत हुनु पर्ने प्रावधान मिचिएकाे प्रमुख प्रशासकिय अधिकृत स्वयंमलाई यस बिषयमा जानकारी नभएकाे भनि गैर जिम्मेवार अभिव्यक्ति दिदै प्रमुख प्रशासकिय अधिकृत हरिकिशाेर प्रसाद चन्द्रबंशी आफु पंछिने काम गरेकाे वडाध्यक्ष तामाङकाे भनाई छ ।

यो विषय कुनै भागबण्डा राजनीति र स्वार्थको लडाई नभइ पर्सागढीमा शिक्षामा भाइ, बुहारी, छोरि, ज्वाइँ आफन्त बादको नियुक्तिकाे बिरुद्धमा रहेको वडाध्यक्ष वताउँछन् | उनले समग्र रोजगारीको क्षेत्रमा स्थानीयलाई प्राथमिकता हुनुपर्नेमा स्थानीय उम्मेदवार र माथिल्लो योग्यताक्रमलाई निरुत्साहित गरि राम्रो नभइ हाम्रो शिक्षक छनौटको विरुद्धमा पटक पटकको अनुरोध र उजुरीलाई बेवास्ता गरि जबर्जस्ति शिक्षक हाजिर गराईरहेको खण्डमा हाजिर रजिस्टर स्थानीय प्रशासन र संचारकर्मी लगाएत शिक्षक, प्रअको रोहवरमा लिएको सप्रमाण भिडियो हुँदाहुँदै नगर प्रमुख र प्रअले अभद्र ब्यवहार र ज्यानमार्ने धम्की सहितको जि.प्र.का.पर्सामा गरेको झुठो आरोपको समेत खण्डण गरेका छन्  |

यस बिषयमा बुझ्न खाेज्दा नगर प्रमुख, शिक्षा शाखा र सम्बन्धित कर्मचारीहरुसंग सम्पर्क समेत हुन नसकेकाे स्थानियहरुकाे गुनासाे छ । 

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ मा रहेकाे फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव साेमबार सम्पन्न भएकाे छ ।  विद्यालयका प्रवन्धक विजय कुमार बलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन हिसान पर्साका उपाध्यक्ष आलोक चौरसियाले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष चाैरसियाले सानाे समयमा विद्यालयले राम्राे गरेकाे वताउँदै अगामी दिनमा अझै राम्राे गर्नु पर्ने वताए । बार्षिकाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा स साना नानीबाबुहरुकाे प्रस्तुती देखेर आफु खुशी भएकाे वताउँदै विद्यालय संचालक तथा शिक्षिकाहरुकाे प्रशंसा गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष चाैरसियाले सानै उमेरदेखि बालबालिकाहरुमा संसकार जरुरी रहेकाे त्यसै अनुसारकाे शिक्षा दिनु पर्ने सुझाव दिए ।

विद्यालय परिसर मै भएकाे कार्यक्रममा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, विद्यालय ब्यवस्थापन समिती सदस्य सुप्रिया पौडेल, विशाल ग्रुप फ्रुटीका प्रबन्धक अमित शर्मा  लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन विद्यालयकी शिक्षिका रक्षा थापाले गरेकी थिइन ।

असफल भईसकेको ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छ : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको टिप्पणी गरेका छन् । असफल भईसकेको वर्तमान सरकार भेन्टिलेटरमा भएको विरामीको अवस्थामा पुगेको उनले दावी गरेका हुन् ।
 
रौतहटको कटहरियामा आजपाको जिल्ला अगुवाकार्यकर्ता भेलालाई साेमबार सम्बोधन गर्दै आजपा अध्यक्ष साहले ओली सरकार ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओली संसद र सडक दुवैबाट अस्विकृत भईसकेको बताउदै उनले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिए ।
 
‘देशमा सरकार छ भन्नेपनि नागरिकले अनभूति गर्न छोडिसकेका छन् । नैतिकताको कसीमा उभिने हो भने प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्दा नै मुलुक र एमालेको हित हुन्छ । नत्र एमालेको अस्तित्व समाप्त हुने दिन टाढा छैन्,’ आजपा अध्यक्ष साहले भने ।
 
सरकारको गलत रबैयाको कारण देश असफल भईरहेको बताउदै उनले सरकारको आन्तरिक र बाहृय सम्बन्ध अशान्त बनेको बताए । ‘यो सरकार आएपछि भारतसँगको सम्बन्ध बिग्रियो । राजनीतिक तहमा सम्वादहिनता देखिएको छ । सरकारले असन्तुलित कुटनीति अपनाएको कारण भारतसँगको सम्बन्ध बिग्रिएको हो’, उनले भने ।
 
उनले अहिले एउटा भ्रमणको लागि पूरै राज्य–संयन्त्र दुरूपयोग गर्न खोजिएको बताए । विभिन्न देशले आयोजना गर्ने सम्मेलनमा भाग लिने र त्यही मौकामा यसो साइडलाईन भेटवार्ता गर्न अहिलेका परराष्ट्रमन्त्री र प्रधानमन्त्री उद्धत रहेको बताउदै यो त देशको लागि पनि लाजको विषय भएको बताए ।
 
तीनकुने घट्नामा सुरक्षा कमजोरी भएको बताउदै उनले यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउदै भने, ‘यसको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्दैन् ? म त भन्छु–यो सरकार देशमा शान्ति, सु–व्यवस्था र जनधनको सुरक्षा गर्न असफल भैसक्यो । संघीय राजधानी काठमाडौंमा घोषित कार्यक्रममा समेत सुरक्षा मजबुद गर्न नसक्ने सरकारले देशको कुनै कुनामा कसरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न सक्छ ? तिनकुने घट्नाले गम्भीर प्रश्न उठाएको छ ।’
 
साहले प्रधानमन्त्री खोपीको देउता भएको टिप्पणी गरे । ‘बालुवाटार र सिंहदरबारबाहेक केही देख्न पाउनुभएन ? किन यस्तो अवस्था आयो ? देशमा मात्रै होईन विदेशमा समेत नेपालीहरुले प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गरेका छन् । असफल भएपछि पनि कुर्सीमा बसिरहन केले प्रेरिरत गर्छ ? देशले अहिले जुन मूल्य चुकाउनुपरेको छ, यसको जवाफ देश र जनताले केपी ओली र शेरबहादुर देउवासँग लिनेछ’, उनले भने ।

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

वीरगंज । राजावादीहरूले शुक्रवार काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा एउटा घरमा लगाइएको आगलागीमा परेर ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याको विरोधमा पर्सा सहित देशभरका सञ्चारकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासङ्घले घोषणा गरेको विरोध कार्यक्रमअन्तर्गत आइतबार पर्साका अधिकांश सञ्चारकर्मीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।

नेपाल पत्रकार महासंघ  पर्सा र वीरगंजकाे घण्टाघरमा जम्मा भएका संचारकर्मीहरुले हातमा कालो पट्टी बाँधेर आफ्नो नियमित कामकाे लागि कार्यक्षेत्रमा प्रस्थान गरेका थिए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा लगायतले पत्रकारका नेताहरुले पत्रकारहरुकाे हातमा कालाे पट्टी बाँधी दिएका दिएका थिए ।

पत्रकार रजकका हत्याराहरूलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न र सञ्चार गृह तथा सञ्चारकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्न हाम्राे माग रहेकाे महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जाराले वताए ।

“पत्रकार सुरेश रजकले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्ने क्रममा ज्यान गुमाउनुपरेको छ । घटनाले सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,” अध्यक्ष बन्जाराले भने, “हामी हातमा कालो पट्टी बाँधेर विरोध जनाइरहेका छौँ र दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलन जारी रहनेछ ।”

नेपाल पत्रकार महासङ्घले देशभरका सञ्चारकर्मीहरूलाई विरोधमा सहभागी हुन आह्वान गरेको छ । पर्साका सञ्चारकर्मीहरूले पनि सोही आह्वानलाई समर्थन गर्दै दिनभर कालो पट्टी बाँधेर आफ्नो विराेध जनाएका हुन् ।

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

वीरगंज । शिक्षक सेवा आयाेगले सिफारिस गरेर पठाएकाे स्थायी शिक्षकहरुकाे शिक्षा विकास तथा समन्वय ईकाइ पर्साले नियुक्ति पत्र दिई पदास्थापनकाे लागि सम्बन्धित पालिकामा पठाएकाे छ ।

शिक्षक सेवा आयाेगले सिफारिस गरेर पठाएकाे १०१ प्राथमिक शिक्षकहरुकाे पदास्थापनकाे लागि पर्साका विभिन्न पालिकाहरुमा पदास्थापनाकाे लागि पठाइएकाे शिक्षा विकास तथा समन्वय ईकाइ पर्साले जनाएकाे छ ।

नियुक्ति पत्र बुझिएका केही शिक्षकहरुले आइतबार नै पदास्थापनाका लागि सम्बन्धित पालिकामा निवेदन समेत दर्ता गराई सकेका छन् । बाकी शिक्षकहरु चाँडै नै गएर सम्बन्धित पालिकामा पुगेर पदास्थापनाका लागि निवेदन दर्ता गराउनु पर्ने ईकाइ कार्यालयले आग्रह गरेकाे छ ।

ईकाइ कार्यालयले शिक्षा मन्त्रालयकाे निर्देशन बमाेजिम चैत्र मसान्त भरिमा हाजिर भएका शिक्षकले आजिवन पेनसनकाे सुविधा प्राप्त गर्ने भएकाेले ढिलाे नगरी पदास्थापनकाे लागि  पालिकालाई निर्देशन समेत दिएकाे छ । 

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको टिप्पणी गरेका छन् । नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मिएको बताउदै उनले आम जनताको शासन व्यवस्थाका लागि आन्दोलन सफल बनाउनुपर्ने बताएका हुन् ।
 
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि आइतबार काठमाडौंको बुढानिलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी, लुटेरा, दलालहरुका कारण मुलुक समृद्ध हुन नसकेको बताए ।
 
‘सरकार भगौडा बर्गको पक्षपोषणमा लागेको छ । नेपालमा लुटेर अकुत पैसा जम्मा गरी विदेश लैजाने, उच्च ओहदामा बसेर लुट मचाउने र नेपालको पुँजी बिदेश लैजानेको सेवा गर्नमा सरकार लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘लुटेराहरु जो मुलुकको आर्थिक अवस्था धरासायी बनाए सरकार त्यस्तालाई दोहोरो नागरिक्ता दिने र कानून पनि उनीहरुकै लागि बनाएर मुलुकलाई झन धरासायी बनाउदैछ ।’
 
भगौडा वर्गको पक्षपोषणमा लागेको सरकारले मुलुकलाई जोगाउन नसक्ने बताउदै उनले मुलुक जोगाउन, देशलाई आर्थिक संकटबाट बचाउन, देशबाट दलाल दलतन्त्रको अन्त्य गर्नका लागि तेस्रो जनआन्दोलनलाई सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
 
सरकार र संविधान दुबै असफल भईसकेको बताउदै उनले वर्तमान व्यवस्थाको अन्त्य नै मुलुकमा देखिएको संकटको समाधान भएको बताए । जनताको सर्वोच्चता सहितको शासन व्यवस्था नभएसम्म मुलुक समृद्ध हुन नसकेको उनले बताए ।
 
देशको वर्तमाान राजनीतिक अवस्था अन्यौलग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोश मार्फतको तिब्र धुर्वीकरण सहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको उनले बताए ।
 
वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको बताउदै उनले सोही कारण जनतामा आक्रोश उत्पन्न भएको बताए ।
 
‘दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन सफल पारौं !, जनताको शासन सहित समृद्धिको पथमा अघि बढौं !!’ भन्ने मुल नारा सहित भएको कार्यक्रम पार्टीका नेताकार्यकर्ता, सर्वसधारण लगायतको सहभागिता रहेको थियो ।