Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

जिवन ज्याेतिमा हैजा रोगसम्बन्धी अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । जीवन ज्योति माद्यमिक विद्यालयले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै हैजा रोगसम्बन्धी विशेष स्वास्थ्य अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी गरिएको कार्यक्रममा हैजाको कारण, लक्षण, जोखिम र बच्ने उपायबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. उदय नारायण सिंहले सत्र संचालन गर्दै हैजा जस्तो गम्भीर रोगबाट बच्न दैनिक जीवनशैलीमै सरल तर प्रभावकारी सावधानीहरू अपनाउनुपर्नेमा जोड दिए ।

डा. सिंहका अनुसार हैजा रोग रोकथामका लागि विद्यार्थीहरूले विशेष गरी यी कुरामा ध्यान दिन जरुरी छ । नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्ने, विशेष गरी खाना खानुभन्दा अघि र शौचालय प्रयोग गरेपछि । सुरक्षित पानी मात्र पिउने, उमालिएको वा शुद्धीकरण गरिएको पानी सेवन गर्ने। सुरक्षित खाना मात्र खाने, राम्रोसँग पकाइएको र तताएर खाने बानी बसाल्ने ।

सत्रमा विद्यार्थीहरूले प्रश्नोत्तरमार्फत हैजासम्बन्धी जिज्ञासाहरू राखे भने उनीहरूले प्राप्त ज्ञान आफ्ना परिवार र समुदायमा पनि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय सञ्चालक शिवजी गुप्ताले स्वास्थ्य अभिमुखीकरणले विद्यार्थीलाई सचेत बनाउन मात्र नभई सुरक्षित भविष्यतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। त्यस्तै, विद्यालय सञ्चालिका मिनाकक्षि गुप्ताले जीवन ज्योति माध्यमिक विद्यालयले विद्यार्थीको शैक्षिक उन्नतिसँगै स्वास्थ्य सुरक्षामा पनि निरन्तर ध्यान दिइरहेको जानकारी दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...