Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

मन्त्री यादवको भनाइ : “फोनकर्ताप्रति नरम भइदिनुहोस्, आशा छ आजको दिन फलदायी हुनेछ”

spot_img
spot_img

वीरगंज । संघीय खानेपानी मन्त्री प्रदीप यादवले आफूलाई फोनमार्फत धम्की दिएको प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसबारे फेसबुकमार्फत लामो अभिव्यक्ति दिँदै घटनाको सम्पूर्ण पृष्ठभूमि जनतासामु राखेका हुन्।

मन्त्री यादवले वीरगञ्ज आफ्नो जन्मथलो मात्र नभई राजनीतिक संघर्ष र स्वीकृतिको भूमि भएको उल्लेख गर्दै पछिल्लो समय देखिएका खानेपानी संकट र हैजा–झाडापखालाको महामारी नियन्त्रणमा आफू युद्धस्तरमा लागिपरेको बताए।

धम्की दिने महिलाप्रति व्यक्तिगत पूर्वाग्रह नरहेको स्पष्ट पार्दै उनले भने, “जनताले सरकारसँग प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो राजनीतिक संघर्षको ध्येय हो, तर धम्की र अफवाह फैलाउनु स्वीकार्य छैन।”

यादवले आफू प्रायः सबै फोन उठाउने गरेको, अज्ञात नम्बरको कलसमेत उठाउने बानी रहेको तर उक्त महिलाले गुनासो पोख्ने क्रममा ज्यान मार्ने धम्की दिएपछि पर्सा प्रहरीलाई जानकारी गराएको बताए।

उनले फोनकर्तालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न प्रोत्साहित गर्ने प्रतिबद्धता जनाउँदै प्रहरीसँग नरम व्यवहार गर्न आग्रह गरेकोसमेत जनाए। उनले थपे, “आशा छ आजको दिन फोनकर्ता महिलाको लागि फलदायी होला।”

यादवले समस्या प्रश्न गर्नुमा नभई हिंसात्मक भाषा प्रयोग हुँदा यस्तो स्थिति उत्पन्न भएको भन्दै कानुनभन्दा माथि कोही हुन नसक्ने र नहुने स्पष्ट पारे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...