Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 247

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

वीरगंज । अभिभावक संघ पर्साकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंवकाे घण्टाघरमा भएकाे कार्यक्रममा ४ महिला सहित ७७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।

अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए ।

साे कार्यक्रममा दिपक कुमार मिश्रा, सुशिल कुमार हजारा, धिरज चाैधरी, श्रीकान्ति गिरी, सन्दिप सर्राफ, नरेन्द्र कुमार तिवारी, अमित कुमार गुप्ता, विनाेद प्रसाद यादव, अनिश कुमार सर्राफ, अजित कुमार मण्डल, हरिशंकर कानु, विमल पाैडेल, सुरज यादव, जितेन्द्र सर्राफ, अमित बैठा, राेहन दारुका, अजय प्रसाद साह, निरज सर्राफ, विपिन प्रसाद साह, संजय पटेल, सुमित दारुका लगायतकाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, मधेश विश्व विद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्य,  ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, सामाजिक अभियान्ता प्रकाश थारू, पत्रकार बृजलाल पासवान, निरज पिठाकाेटे मगर, शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा शुक्रबार श्री सुकई साह माध्यमिक बिधालयमा एक कार्यक्रमका बिच दुई तल्ले ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बिच कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले ४ कोठे भवनको शिलान्यास गरेका हुन् । विद्यालय भवनकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले चुनावको समयमा जनता संग गरेको प्रतिबद्धता अनुसार आफु काम गरिरहेकाे दाबी गरे ।

उनले शिक्षा भए सबै विकास सम्भव रहेको बताउँदै शिक्षामा गाउँपालिकाले लगानी गरिरहेकाे वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष गुप्ताले आफुलाई विकासको दिसाबाट जति भटकाउने कोशिस गरिए पनि आफु नभटकने जिकिर गरे ।

रु ५३ लाख ८५ हजारकाे लागतमा निमार्ण हुने भवनकाे निर्माण कार्य २०८२ असार १५ सम्पन्न गरि सक्नु पर्ने छ । कुल लागतमा कालिकामाई गाउपालिकाले रु ५३ लाख ३५ हजार ब्यहोर्ने र ५ लाख ५० हजार श्रमदानमा राेशन उपभोग्ता समिति मार्फत निर्माण कार्य सुरु भएकाे छ ।

निर्माण कार्यकाे लागि गाउँपालिकासं मिति २०८१ फाल्गुन ११ गते सम्झौता भएको रोशन उपभोग्ता समितीका अध्यक्ष ताजिन्द्र साह कलवारले जानकारी दिए । 

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पानालाल साहको अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा सदस्यहरु बिजय सहनी, मोहन चौरसिया, अर्जुन राम, वडा नम्बर ३ का वडा सदस्यहरु संजय पटेल, रामराज चौरसिया, कमलेश पासवान, स्थानिय नेता पपु खां पैठान, सुनिल साह कानु, संजय साह कानु, सुनिल साह तेली, प्रध्यनाध्यापक शुबोद्ध चौरसिया, लक्ष्मण ठाकुर लोहार, जयप्रकाश चौरसिया लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

बिओपी बन्जारीमा प्रहरी निरीक्षक कार्की आएदेखि तस्करहरुमा खैलाबैला

वीरगंज । सशस्त्र प्रहरी बल बन्जारी भिस्वा बिओपीका प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक नारायण कार्की आए देखि तस्करहरुमा खैलाबैला मचेको छ ।

पर्सा जिल्लाको ग्रामीण क्षेत्रको मुख्य नाकाको रुपमा रहेको भिस्वा नाकाबाट हुँदै अएको अबैध चोरी पैठारी नियन्त्रणमा प्रनी कार्किले शुन्य सहनसिलताको नीति अवलम्बन गरे पछि तस्करहरुमा खैलाबैला मचेको हो ।
बिगतका दिनहरुमा प्रहरीकै मिलोमतोमा भारत बिहारको सिक्टा बाट लता कपडा , किराना समान , इलेक्ट्रोनिक समान , मिठा , हाडवेर लगाएतका समा नहरुको निर्बाध तस्करी गर्न पल्केका साना देखि ठुला तस्करहरु तस्करी गर्न गराउन नपाएर अतालिएको स्थानीयहरुले बताएका छ्न ।

प्रनी कार्की यहि चैत १० गते मात्रै हाजिर भइ कमान्ड समहाले यता उक्त नाका बाट हुने अबैध चोरी पैठारी नियन्त्रण हुन थाले पछि स्थानीयहरु खुशी भए पनि तस्करहरुको गोरख धन्दा बन्द भएको कारण प्रनी कार्कीका विरुद्ध तस्करहरु संगठित भइ सशस्त्र प्रहरी डिआजी काली दास धौबजी काहा पुगेर गलत सूचना दिन र धौबजीलाई प्रभावमा पार्न केही बिचौलिया परिचालित गरेको स्रोतले जनाएको छ ।

सात मधेशी दलहरुद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

वीरगंज । मधेश प्रदेशलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सातवटा दलहरूले बिहिबार संयुक्त माेर्चा घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित एक कार्यक्रमका बिच उनीहरूले ’संघीय लोकतान्त्रिक मोर्चा’ नामक संयुक्त मोर्चाको घोषणा गरेका हुन् । यस घोषणाले मधेशको राजनीतिमा नयाँ ध्रुवीकरण र सहकार्यको संकेत दिएको छ।

मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सहभागी छन्। मधेशी दलहरूले यसअघि नै संयुक्त मोर्चा बनाउने तयारीस्वरुप कार्यदल गठन गरी आवश्यक दस्तावेजहरू तयार पारेका थिए ।

मोर्चाको नेतृत्व भने सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भएको छ, जसले सबै दलको समान सहभागिता र अपनत्वलाई सुनिश्चित गर्ने देखिएको छ । संयुक्त मोर्चाले आफ्ना २५ बुँदे उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू पनि सार्वजनिक गरेको छ, जसमा मधेश प्रदेशको अधिकार, विकास र पहिचानका मुद्दाहरूलाई प्राथमिकता दिइएको अनुमान गरिएको छ। लामो समयदेखि छुट्टाछुट्टै रूपमा राजनीति गर्दै आएका मधेश केन्द्रित दलहरू एकै मोर्चामा आउनुलाई राजनीतिक विश्लेषकहरूले सकारात्मक कदमको रूपमा लिएका छन् । यस मोर्चाले मधेशको आवाजलाई राष्ट्रिय राजनीतिमा थप प्रभावकारी रूपमा उठाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

नारायणी अस्पतालमा पहिलो पटक दुई वटै घुंडाको कृत्रिम जोर्नी प्रत्यारोपनको सफल अप्रेशन

वीरगंज । नारायणी अस्पताल वीरगंजमा पहिलो पटक दुई वटै घुंडाको कृत्रिम जोर्नी प्रत्यारोपनको सफल अप्रेशन भएकाे छ ।

अस्पतालमा पहिलाे पटक लामो समयदेखि दुई वटै घुंडाको हड्डि खिइएर विग्रिएको जोर्नी (Bi-Lateral Osteoarthritits of Knee) बाट ग्रसित पर्सा जिल्ला, सखुवा प्रसौनी निवासी ४९ वर्षिय महिलाको एकै पटकमा दुई वटै घुंडाको कृत्रिम जोर्नी प्रत्यारोपनको अप्रेशन (Bi-Lateral Total Knee Replacement in Single Setup) सफल भएकाे नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार नारायणी अस्पतालमा पहिलो पटक यही चैत २० गते सफलता पूर्वक अप्रेशन सम्पन्न भएको हाे । अस्पतालका अर्थो विभागको विभागिय प्रमुख डा. राजदेव प्रसाद कुश्वाहाको नेतृत्वमा डा. सरोज सिंह, डा. भोला बछार, डा. रोशन अलि, डा. रामाशंकर गुप्ता, एनेस्थेसिया विभाग प्रमुख डा. रामपुकार साह, डा. अमित कुमार चौधरी, डा. भाष्कर शाह, ओ.टी. इन्चार्ज विश्वनाथ चौधरी, ओ.टी.मा कार्यरत स्टाफ नर्स लगायत अन्य स्वास्थ्यकर्मिहरु सम्मिलित टोलीले करिव २ घन्टा ४५ मिनेट लगाएर उक्त अप्रेशन सम्पन्न गरेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले वताए । हाल उक्त बिरामीको अवस्था सामान्य रहेको उनले जानकारी समेत दिए ।

वीरगंजबाट ब्राउन सुगरसहित चार भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलाे परिमाणमा ब्राउन सुगरसहित चार जना भारतीय नागरिकलाई वीरगंजबाट पक्राउ गरेकाे छ । प्रहरीले पक्राउ गरेका मध्ये ब्राउन सुगरका मुख्य काराेबारीपनि रहेका छन् ।
 
वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सार नजिककाे रजतजयन्ति चाेकमा बुधबार साँझ नियमित चेकजाँचका क्रममा प्रहरीले २२० ग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा भारत बिहारको रक्सौल-१४ मौजे टोलका ३२ वर्षीय कृष्ण कुमार गुप्ता, वडा नम्बर १३ का ४० वर्षीय सुधीर कुशवाहा र ३८ वर्षीय अमित श्रीवास्तव तथा वडा नम्बर १ का  राजा कुमार यादव रहेका छन् । तीमध्ये गुप्ता मुख्य काराेबारी हुन् भने राजा कुमार गाडीका चालक हुन् ।
 
रक्सौलबाट वीरगंज तर्फ आउँदै गरेको बी.आर.०६डी-०००७ नम्बरको कालो रंगकाे स्कर्पियो गाडीमा सवार उनीहरूमाथि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । त्यसक्रममा उक्त गाडीकाे डिक्कीभित्र लुकाएर राखिकाे अवस्थामा दुई वटा प्याकेटबाट २२० ग्राम ब्राउन सुगर बरामद भएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
 
पक्राउ परेकामध्ये कृष्ण कुमार गुप्ता लागुऔषधका मुख्य कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए । उनिविरुद्ध नेपालमा यसअघि पनि लागुऔषधसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर प्रहरी हिरासतमा राखिएकाे उनले बताए ।

नेताको नौटंकी (कविता)

0

 नेता आए, नेता गए, जनता सधै ठगिए,
भोट माग्न गाउँ छिरे, झुटका सपना सजाए ।

गाउँमा बाटो बनाउँछु, रोजगारी ल्याउँछु भन्दै,
जनताको आँसु बेचेर, कुर्सीमा पुग्न लालायित रहे ।।

“देश बनाउँछु, परिवर्तन ल्याउँछु” भन्ने हिजो गर्जेको वाचा कहाँ गयो ?
न घरमा बत्ती छ, न अस्पतालमा औषधी छ, न खेतमा छर्ने मल छ ।

              तर पनी नेता भन्छन “हामीले धेरै गर्यौम”,
             यस्तै भाषण जहातहा ठोकन मस्त छन ।।

कुरा धेरै, काम शुन्य, बजेट खाए दलालहरु,
गरिबी हटाउने भन्दै, सम्पन्न भए नेताका परिवारहरु ।

महंगी बढ्दै गयो, शिक्षालाई व्यापार बनाइयो,
अस्पतालमा औषधी छैन, पैसामा उपचार किन्न लगाइयो ।।

                      रोजगारी बढाउँछु भनेर उद्योगहरु ठप्प पारियो,
                       देशको सबै सपना, नेताको खातामा बग्दै गयो ।

 करले जनता थिच्दै गयो, नेताले बंगला थपदै गयो,
देशको सिमानामा आँसु थियो, भित्रभित्रै बिक्री भयो ।।

सत्ता पाएपछि नेता भए राजा, जनता भए प्रजा,
जनताको दु;ख देख्नै नसक्ने नेता, आज महल भित्रै छन मस्त ।

दिनका दिन कर उठछ, महंगो बढ्छ, तर सुबिधा कतै छेन,
नेताको बंगला बढ्छ, जनताको झुपडी अंध्यारो मै छ ।।

                      पुलिस/प्रशासन त नेताकै हातको खेलौना भयो,
                    सत्य बोल्नेलाई जेल, भ्रष्टचारीलाई मेडल दिलायो ।

                      देश डुब्दैछ, सपना भत्किदैछ, जनता भोकै छन,
                     तर नेताको खल्तीमा करोडोको बजेट अडक्याछ ।।

विद्यालय छ, किताब छैन, शिक्षकहरु आन्दोलनमा,
सरकारी सेवा सड्दै गयो, जनता परे दण्डनीय कानुनमा ।

सडक खन्ने योजना बन्छ, फोटो खिच्न बत्ती,
तर दुई दिन मै बिलायो, बजेट भयो माटी ।।

 भागिदैछन बिदेशतिर युवाहरु, देशमा छैन आशा,
राजनिति बेइमानको हातमा, जनतामा छ निराशा ।

                        तर जनताको चेत खुले, अब कहिले नझुक्ने,
                        सत्ता शक्ति जति भएपनि, अब हामी नडराउने ।।

कसैले प्रश्न गरे, जेल हाल्छन, बोल्नै नमिल्ने भयो,
सत्य बोल्नेलाई दमन गर्यो, तिनै नेता हिरो भयो ।

मिडियामा बोल्छन मिठो, देश दुनिया देखाउन,
तर भित्रभित्रै लुट्ने खेल, जनताले मात्रै जान्ने ।।

तर अब जनता बिउँझन्छन, अब दोहोरिने दिने छैन्न,
नयाँ नेपाल बनाउने, भ्रष्टचार संगै मेट्नेछन ।

         आजका नौतंकी नेताहरु सकिनेछन, अब जनताको जीत हुनेछ,
          भ्रष्टहरु भाग्नेछन, अब इमानदार नेता अगाडी बढ्नेछन ।।

                                 कन्हैया चौरसिया  
                                (कानुन विद्यार्थी)

अहिलेको संकटको एकमात्रै समाधान तेस्रो जनआन्दोलन हो : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि उनले आह्वान गरे ।
 
आजपाद्धारा भक्तपुर र काठमाडौंको बालाजुमा आज आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फाँसाएको आरोप लगाए ।
 
‘अहिले मुलुक गम्भिर संकटमा छ । लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मचिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको छ । नेताहरु मालामाल भएका छन्, जनता लचार भएका छन्’, आजपा अध्यक्ष साहले भने, ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो । चैत २४ गते भृकुटीमण्डपमा जाऔं र यो दलाल दलतन्त्रको बिरुद्ध एकजुट होऔं ।’
 
वर्तमान असफल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा पुगेको उनले बताए । भ्रष्टाचार, लुट, मनोमानी कर आतंक बढेको बताउदै लुटकारी व्यवस्थालाई कहिलेसम्म बोक्ने भन्दै उनले प्रश्न गरे ।
 
सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै साहले उनीहरुबाट केही आश गर्नु बेकार रहेको बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।
 
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि भर्खरै रौतहट, बारा र पर्सामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं आएका साह बालाजु, भक्तपुर, बुद्धनगर सहितका बिभिन्न ठाउँमा आयोजित कार्यक्रम सहभागि हुदै तेस्रो जनआन्दोलन सफल बनाउने रणनीति सहित सहभागि हुन आग्रह गरेका छन् ।
 
आजपा निकटको युवा, विद्यार्थी, महिला, मजदुर लगायतका बिभिन्न संगठनहरुको आन्तरिक बैठक बस्दै आन्दोलनको तयारीमा जुटेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जानकारी दिए ।

जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, डेढ सय जनालाई मेयर सिंहले गराए प्रबेश

वीरगंज । जनता समाजवादी पार्टीकाे पार्टी प्रबेश कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, एमाले र माओवादी पार्टी परित्याग गरी एक सय जना भन्दा बढीले जसपामा प्रवेश गरेका हुन् । 

वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ का नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलका सचिव रञ्जित महतो, पूर्व वडा सदस्य गीता देवी तुनियाँ, काँग्रेसको क्रियाशील सदस्य चाँदनी देवी लगायत १५० भन्दा बढी जसपामा प्रवेश गरेको जनता समाजवादी पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले जानकारी दिए ।

यस्तै नेकपा माओवादी परित्याग गर्दै मदिना खातुन, नेकपा एमालेबाट सकिल मियाँ ठाकुर, ढोराही चौधरी, रिका देवी साह, सुरेन्द्र महतो, शम्भु महतो लगायत पनि जसपामा प्रवेश गरेको सचिव सहनीले जानकारी गराए ।  

नव प्रवेशीहरुलाई महानगरपालिकाका प्रमुख समेत रहेका जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस र मधेसीको अधिकार स्थापित गराउने पार्टी नै जसपा रहेकाले सबै जना एकताबद्ध हुन आह्वान गरे ।  

पार्टी प्रवेश कार्यक्रममा पूर्व मन्त्री एवम् केन्द्रीय सदस्य मोहन चौधरी, मधेस प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव, समाजवादी युवा सङ्घका केन्द्रीय सदस्य कृष्णा पटेल, पवन पञ्जियार, रवि पंजियार, विजय पञ्जियार लगायतको सहभागिता रहेको थियो ।

जसपा वडा नं. ३१ का इकाई अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको सहजीकरण ऐमामुल अन्सारीले गरेका थिए ।

परवानीपुरमा दोस्रो अध्यक्ष कप शुरु

परवानीपुर । बाराको परवानीपुर गाउँपालिकामा बुधबारदेखि दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । वडा नं १ बुनियाद क्रिकेट ग्राउण्डमा शुरु भएको प्रतियोगितामा वडा नं ३ लिपनी र वडा ४ चैनपुर टोलले विजयी सुरुवात गरेका छन ।

वडा नं. ३ लीपनीले वडा नं १ बुनियादलाई हराएको हो भने वडा नं ४ चैनपुरले वडा नं. ५ बहुअरी टोललाई हराएर विजयी सुरुवात गरेका छन । प्रतियोगिताको समुद्घाटन मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले गरेका थिए ।

उनले प्रतियाेगिताकाे उद्घाटन गर्दै आउने दिनमा यस प्रदेशका युवा खेलाडीहरूको लागि प्रदेश सरकारले विशेष योजना बनाएर काम गरिरहेको बताए । उनले अब हरेक वडा देखि प्रदेशसम्म खेलाडीहरु प्रति प्रदेश सरकारको निगरानीमा रहने बताए । साथै खेलाडीहरूको सेवा सुविधामा पनि प्रदेश सरकार गम्भिर रूपमा लागिपरेको बताए ।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, देव नारायण चौधरी सहित विभिन्न राजनीतिक दलका नेताहरु, यूवा बुद्धिजीवीहरू, पाँच वटै वडाका वडाध्यक्षहरू, पालिकाका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, खेलाडी, सञ्चारकर्मी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।