Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मनकामनामा निःशुल्क आँखा शिबिर, ७५६ विद्यार्थीको परीक्षण

spot_img
spot_img

वीरगंज । कलैया उपमहानगरपालिका–२, बारामा अवस्थित मनकामना स्कुलमा किरण आँखा अस्पतालको सहयोगमा एकदिने निःशुल्क आँखा स्वास्थ्य शिबिर सम्पन्न भएको छ।

शिबिरमा विद्यालयमा अध्ययनरत ७५६ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो । परीक्षणपछि ३६ जना विद्यार्थीमा विभिन्न सामान्य प्रकारका समस्या पाइएको अस्पतालका सञ्चालक तथा नेत्र रोग विशेषज्ञ डा. अमर कयालले जानकारी दिए । उनका अनुसार ती समस्या समयमै उपचार गरिए पूर्ण रूपमा नियन्त्रणमा आउन सक्ने खालका रहेका छन् ।

विद्यालयका प्राचार्यले यस शिबिरमार्फत विद्यार्थीहरूले ठूलो लाभ पाएको प्रतिक्रिया जनाउँदै भने, “सामान्यतया आँखामा समस्या देखिएपछि मात्र अभिभावकले बच्चालाई अस्पताल लैजाने चलन छ। तर यस्तो शिबिरले समस्या प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्दछ र स्वास्थ्य सचेतना बढाउँछ।”

डा. कयालले आँखा सम्बन्धी समस्यालाई बेवास्ता नगरी नियमित परीक्षणमा जोड दिन आवश्यक रहेको बताए । उनका अनुसार विद्यार्थीहरूमा दृष्टि कमजोरी, एलर्जी, आँखाको सामान्य संक्रमणजस्ता समस्या बढी देखिने गरेका छन्।

विद्यालय प्रशासनले आगामी दिनमा पनि यस प्रकारका स्वास्थ्यमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। साथै, अभिभावकहरूलाई आफ्ना बच्चाको स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...