Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सूचीकरण नगरेका सामाजिक सञ्जाल नेपालभित्र निष्क्रिय गरिने : सञ्चार मन्त्रालय

spot_img
spot_img

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालन भइरहेका तर सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय गराउने भएको छ।

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा नं. ०८०-CF-००१२ मा दिएको आदेशअनुसार नेपाल सरकारले सामाजिक सञ्जाललाई अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो।

यसैका आधारमा मन्त्रिपरिषद्ले २०८२ भदौ ९ गते गरेको निर्णयअनुसार मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई मिति २०८२ भदौ १२ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

तर तोकिएको समयावधिभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निष्क्रिय गराउने र सूचीकरण गरेपछि तत्काल पुनः सक्रिय गराइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उक्त आदेशबारे सबै सरोकारवालालाई जानकारी गराउँदै कानूनी दायित्व पूरा गर्न आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...