Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

भूमि अध्यादेशको विरोधमा वीरगंजमा जसपा नेपालको विरोध प्रदर्शन

भूमि अध्यादेश पारित भए मधेश मरुभूमि हुन्छ : वक्ताहरु

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा बुधबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ।

जसपा लिल्ला समन्वय समिति पर्साको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालाबंगलाबाट सुरु भएको विरोध र्याली घण्टाघर, माइस्थान, महाविरस्थान, आदर्शनगर हुँदै नाराबाजीसहित नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरूले “भूमि अधिकारमाथि हस्तक्षेप बन्द गर”, “जनताको अधिकार खोस्न पाइँदैन”, “संविधानविपरीतको अध्यादेश खारेज गर” जस्ता नाराहरू लगाएका थिए । र्यालीमा स्थानीय कार्यकर्ता, अगुवा नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री सिंगासन साहले भूमि अध्यादेश पारित भए मधेश मरुभूमि बन्ने दाबी गर्दै मधेशका सबै राजनीतिक दलहरूले यसको विरोध गर्नुपर्ने बताए ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य शशि कपुर मियाले भूमि अध्यादेशमार्फत सत्ताधारीहरूले आफ्नो स्वार्थ पूर्ति गर्ने प्रयास गरेको आरोप लगाउँदै यसलाई “राष्ट्रघाती” संज्ञा दिए । उनले उक्त अध्यादेश केपी ओलीलाई बचाउन ल्याइएको दाबी गर्दै, “२६ विघा जग्गा कब्जा गरेका ओलीलाई जोगाउन अध्यादेश ल्याइँदैछ,” भने।

जिल्ला अध्यक्ष रामनरेश यादवले अध्यादेशलाई पूर्ण रूपमा जनविरोधी बताउँदै यसले गरिब, सीमान्तकृत र भूमिहीन वर्गको अधिकारमाथि प्रहार गर्ने आरोप लगाए । उनले अध्यादेश फिर्ता नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी पनि दिए ।

अन्य वक्ताहरूले संविधानले दिएको भूमि अधिकारको संरक्षण गर्नुपर्ने र जबरजस्ती गरिएको कुनै पनि निर्णय स्वीकार्य नहुने बताएका थिए । जसपाले आगामी दिनहरूमा भूमि अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

विरोध कार्यक्रममा पूर्व मन्त्री करिमा बेगम, जसपा नेपालका केन्द्रीय सदस्य फिरोज मन्सुर, धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहान, वडाध्यक्षहरु अजय चौरसिया, आतुषोष चतुरबेदी, बिरेन्द्र यादव, रितेश गुप्ता, महिला नेतृ रेखा साहलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...