Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

वीरगंजमा ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी सम्पन्न, दर्शकले दिए सकारात्मक प्रतिक्रिया

spot_img
spot_img

वीरगंज । नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी मंगलबार वीरगंजमा सम्पन्न भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेर ख्याति कमाएका निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको यस चलचित्रले वीरगंजका दर्शकलाई प्रभावित पारेको छ ।

चलचित्र पत्रकार संघ नेपाल पर्साले निर्माण पक्ष र क्यु एफ एक्स सिनेमा हल वीरगंजको समन्वयमा विशेष प्रदर्शनीको आयोजना गरेको हो । चलचित्रले वर्तमान नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्दै युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने सन्देश दिएको बताइएको छ ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले ‘कोशेढुङ्गा युवालाई विदेशिने सोच बदल्न सक्षम हुने’ विश्वास व्यक्त गरे । श्रीजंग गणका गणपति लोकेन्द्र कार्कीले पनि चलचित्रले विदेशमा सहज छैन भन्ने यथार्थ उजागर गरेको बताए ।

अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलले चलचित्रले गाउँ र सर्वसाधारणको जीवनलाई वास्तविक रूपमा प्रस्तुत गरेको बताए । वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले “प्लस टु पढेका र विदेश जाने तयारीमा रहेका युवाले अनिवार्य रूपमा हेर्नुपर्ने चलचित्र” भन्दै सकारात्मक टिप्पणी गरे ।

महिला उद्यमी तथा समाजसेवी गुड्डी जोशीले चलचित्रमा महिलाको वास्तविकता सरल ढंगले प्रस्तुत गरिएको बताइन् । भोजपुरिया कलाकार प्रदेशी साह, गायक सुनिल पण्डित, नेपाल प्रिजेन्टर्स एसोसिएसनका अध्यक्ष विवेक खतिवडा लगायतले पनि चलचित्रको प्रशंसा गरेका थिए ।

चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, स्नेहा जोशीलगायत कलाकारले अभिनय गरेका छन् । कार्यकारी निर्माता दिनेश खड्काले चलचित्रलाई देशव्यापी रूपमा दर्शकले रुचाइरहेको जानकारी दिए । उनका अनुसार चलचित्र प्रचारका लागि कलाकारसहितको टोली नेपालगञ्जबाट सुरु भएको देशव्यापी यात्रामा रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...