Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सापछि चितवन सिडिओमा गणेश अर्याल

spot_img
spot_img

वीरगंज । गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। चितवनमा गणेश अर्याल र भोजपुरमा शिवलाल तिवारीलाई पठाइएको हो।

झन्डै दुई सातादेखि रिक्त रहेको चितवनको सिडिओ पदमा गणेश अर्याललाई खटाइएको छ। अर्याल यसअघि पर्साका सिडिओ थिए। पर्साबाट उनको सरुवा गृह मन्त्रालयमा भएको थियो। सहसचिव अर्याललाई पुनः चितवन पठाइएको हो।

अर्यालको ठाउँमा पर्साको सिडिओका रूपमा तोय नारायण सुवेदी आएका छन्। सुवेदी यसअघि पाल्पाका सिडिओ थिए। त्यस्तै, चितवनमा कार्यरत सिडिओ प्रकाश अर्याललाई बारामा सरुवा गरिएको छ।

उता, भोजपुरमा यसअघि बाबुराम गौतमको सरुवा भएको थियो तर उनी नगएपछि तिवारीलाई खटाइएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...