Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पर्सापछि चितवन सिडिओमा गणेश अर्याल

spot_img
spot_img

वीरगंज । गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। चितवनमा गणेश अर्याल र भोजपुरमा शिवलाल तिवारीलाई पठाइएको हो।

झन्डै दुई सातादेखि रिक्त रहेको चितवनको सिडिओ पदमा गणेश अर्याललाई खटाइएको छ। अर्याल यसअघि पर्साका सिडिओ थिए। पर्साबाट उनको सरुवा गृह मन्त्रालयमा भएको थियो। सहसचिव अर्याललाई पुनः चितवन पठाइएको हो।

अर्यालको ठाउँमा पर्साको सिडिओका रूपमा तोय नारायण सुवेदी आएका छन्। सुवेदी यसअघि पाल्पाका सिडिओ थिए। त्यस्तै, चितवनमा कार्यरत सिडिओ प्रकाश अर्याललाई बारामा सरुवा गरिएको छ।

उता, भोजपुरमा यसअघि बाबुराम गौतमको सरुवा भएको थियो तर उनी नगएपछि तिवारीलाई खटाइएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...