Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजमा हैजा संक्रमित घट्दै, बारामा नयाँ संक्रमित भेटिए

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा हैजाका बिरामीको संख्या क्रमशः घट्दै गए पनि छिमेकी जिल्ला बारामा नयाँ संक्रमित भेटिएको छ।

बाराको महागढीमाई नगरपालिका–८ का दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सतर्कता बढाएका छन् । ८ वर्षका एक बालक र ८ वर्षीया बालिकामा भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएका थिए । आरडिटी परीक्षणबाट दुवैमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए।

विशेष कुरा के छ भने ती बालबालिकाको वीरगंजसँग कुनै ट्राभल हिस्ट्री छैन । यसअघि बारा जिल्लाका संक्रमित सबै वीरगंजसँग जोडिएका थिए, तर यो पहिलो पटक संक्रमण स्थानीय स्तरमै देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। हाल बारा जिल्लाबाट ८ जना संक्रमित पुष्टि भइसकेका छन्। तीमध्ये तीन जना डिस्चार्ज भइसकेका छन् भने पाँच जना अस्पतालमा उपचाररत छन्।

पर्सामा भने हैजा र झाडापखालाका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। भदौ १६ गते बुधबार ३१ जना नयाँ झाडापखालाका बिरामी भर्ना भएका थिए, तीमध्ये एक जनामा मात्र हैजा पुष्टि भएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

स्वास्थ्य कार्यालय पर्साका अनुसार, भदौ ६ गतेदेखि १८ गतेसम्म वीरगंज र पोखरिया क्षेत्रमा १९४ जनामा हैजा पुष्टि भएको छ। तीमध्ये १८२ जना निको भइ घर फर्किसकेका छन् भने १२ जना अस्पतालमा उपचाररत छन्। हाल भवानी हस्पिटल, प्रभु हस्पिटल, नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र एडभान्स हस्पिटलमा बिरामी उपचाररत छन्।

पर्सामा झाडापखालाबाट संक्रमित हुनेको कुल संख्या ९६५ पुगेको छ। तीमध्ये ८६५ जना उपचारपछि घर फर्किसकेका छन् भने १०० जना उपचाररत छन्। १६ जना बिरामी गम्भीर अवस्थामा आइसियुमा राखिएका छन्।

स्वास्थ्य कार्यालयले हैजाको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न र सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ। बारामा संक्रमण देखिनु थप चुनौतीपूर्ण भएको भन्दै स्वास्थ्य निकायले निगरानी र परीक्षणमा तीव्रता बढाएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन् । एक प्रहरी अधिकृत ले...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...