Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

निडर आन्दोलनकारी प्रदिप यादव युवतीको फोन कलबाट किन डराए ?

spot_img
spot_img

वीरगंज । पूर्व पत्रकार तथा जनमत पार्टीका केन्द्रीय सचिव विपि साहले २०७२ सालको तेस्रो मधेश आन्दोलनको स्मरण गर्दै हालका खानेपानी मन्त्री प्रदिप यादवको निडर छविलाई प्रश्न उठाएका छन् ।

आन्दोलनकै क्रममा नेपाल सरकार सुरक्षा परिषद्को निर्णयअनुसार आफ्नो अनलाइन समाचार पोर्टल नेपालभर बन्द गरिँदा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि भाग्दै वीरगंज पुगेको अनुभव साहले सुनाएका छन् । त्यही बेला प्रदिप यादव केही साथीहरूसहित मोटरसाइकलमा आएर “बीपी जी चलिए, आपको बीरगंजका लाइभ आन्दोलन दिखाते हैं” भन्दै सडकमै लगेका थिए ।

आन्दोलनमा मालबाहक ट्रक रोक्न बसेका आन्दोलनकारीको साथमा यादव निडर रूपमा उपस्थित थिए । राति २ बजेसम्म एक दर्जन ट्रकमा आगो लगाइएका घटनाको भिडियो र फोटो पत्रकारहरूले खिचेका थिए । त्यही बेला साहले यादवलाई “डर लाग्दैन ?” भनेर सोध्दा उनले उत्तर दिएका थिए – “ज्यादा से ज्यादा पक्रेगा, ज्यादा से ज्यादा गोली मार देगा।”

तर, आन्दोलनको चरम घडीमा समेत प्रहरी, प्रशासन र गोलीबाट नडराउने प्रदिप यादव आज एक युवतीको फोन कलबाट डराएको कुरा बाहिरिएपछि आश्चर्य व्यक्त गरिएको छ।

सचिव साहले भनेका छन्, “नेपाली सेनाको जवानले दिनरात सलाम गर्ने, प्रिस्टनको सुरक्षामा बस्ने मन्त्री भएर पनि सर्वसाधारण युवतीको फोन कलबाट डराउनु विरोधाभासी छ।”

उनले स्मरण गरेका छन् कि आन्दोलनकै बेला हिमालखबर पत्रिकाले यादवबारे नकारात्मक समाचार छाप्दा पनि उनी आफैं पत्रिका कार्यालय पुगेर धन्यवाद दिएका थिए। “आन्दोलनकै बेला बदनामीको डर नमानेका प्रदिप यादव आज युवतीको कलबाट किन डराउनुपर्‍यो ?” भन्दै साहले प्रश्न उठाएका छन्।

साहले जोड दिएका छन् कि आवेश र आक्रोशमा गरिएको फोन कलकै आधारमा युवतीलाई प्रहरी हिरासतमा पठाउनु उपयुक्त देखिँदैन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...