Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026

मधेस प्रदेश प्रहरी कार्यालय वीरगंजमा : अपराध नियन्त्रणमा समन्वयकारी भूमिका निर्वाह गर्ने

spot_img
spot_img

वीरगंज । हालै वीरगंजमा स्थापना भई सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालयले शान्ति–सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार वीरगंजमा पत्रकारहरूसँग आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाले मधेस प्रदेशका आठवटै जिल्लाका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै अपराध नियन्त्रण, अनुसन्धान, रोकथाम तथा मानव संसाधन व्यवस्थापनमा समन्वयकारी भूमिका खेलिने जानकारी दिए ।

उनले विशेषगरी सामाजिक अपराधहरू अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै अपराध नियन्त्रणमा सबै सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य भएको बताए । “सीमित स्रोतसाधन र कानुनी संरचनाका बाबजुद पनि हामी निरन्तर शान्ति सुव्यवस्था कायम गर्न प्रतिबद्ध छौँ। संघीय प्रहरी ऐन जारी भएपछि हाम्रो काम अझ सहज र प्रभावकारी हुनेछ,” एसएसपी कोईरालाले भने।

संघीयता कार्यान्वयनसँगै सन् २०७५ मा जनकपुरमा स्थापना भएको प्रदेश प्रहरी इकाइलाई २०७८ साल फागुन ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार हाल वीरगंजमा स्थानान्तरण गरिएको हो । वीरगंजस्थित कार्यालयले अपराधसम्बन्धी सूचना संकलन, विश्लेषण, फैसला कार्यान्वयन र विभिन्न निकायहरूसँग समन्वयलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

कार्यक्रममा एसएसपी कोईरालाले पत्रकारहरूसँग निरन्तर सहकार्य गर्दै सुरक्षा सम्बन्धी सूचना आदानप्रदान गर्न पनि आग्रह गरे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वन तथा वातावरण संरक्षणमा जगरनाथपुरको उत्कृष्टता, मधेश प्रदेशमै पहिलो

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजनाअन्तर्गत स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक...

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...