Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

किरण साहको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको मुद्दामा बहस सकिएको छ ।

मन्त्री यादवका स्वकिय सचिव हरिन्द्र साहकाे जाहेरी दरखास्तकाे आधारमा प्रहरीले कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुर स्थायी घर भएकी हाल वीरगंज १३ मुर्ली बस्दै आएकी टिकटकर साहलाई गत शनिबार नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय पर्साले विधुतिय काराेबार सम्बन्धि कसुर लगायतकाे मुद्दाकाे फाइल सरकारी वकिल कार्यालयम बुझाएपछि आज जिल्ला अदालत पर्सामा थुनछेक बहस भएको हो । आवश्यक अनुसन्धान सम्पन्न भएपछि फाइल बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेपछि आज जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलाश नं. ९ मा थुनछेक बहस सम्पन्न भएको अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार आजै अदालतबाट साहलाई धरौटीमा रिहा वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश आउने सम्भावना छ।

प्रहरी हिरासतमा रहेकी साहसंगै राैतहटका पत्रकार अभिमन्नु पटेल भन्ने अभिमनु राउतमाथि पनि सरकारी वकिलकाे कार्यालयले विधुतिय काराेबार सम्बन्धि कसुरमा अभियाेग पत्र दर्ता गरेकाे छ । साहकाे तर्फबाट आज तिन जना अधिवक्ताहरुले बहस गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज। अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले...