Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले ६३औं स्थापना दिवस मनायो

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले बिहिबार ६३औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थापक जा. हेनरी ड्युनाको तस्वीरमा माला र टीका अर्पण गरिएको थियो । सो अवसरमा उप–सभापति सरिता यादवको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष बृजकिशोर पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपशाखाका सचिव लाल बाबू सिंह, स–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, श्रवणबहादुर रायमाझी, सुरेन्द्र प्रसाद कानु, राम सुदिशलाल कर्ण, ध्रुव सिंह ठकुरी, श्रीनारायण यादव, भागवत प्रसाद चौधरीलगायतको उपस्थिति थियो।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) २०२० साल भदौ १९ गते स्थापना भएको हो । यो संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आवद्ध भइसकेको छ । स्थापना कालदेखि नै मानवीय सेवामा सक्रिय रहँदै आएको यस संस्थाले यस वर्ष स्थापना दिवसलाई “मानवताको पक्षमा (On the side of humanity)” भन्ने नाराका साथ मनाइरहेको छ।

हाल नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक क्रियाशील छन् । यसको संगठनात्मक संरचनामा ७ प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति र ६,५८७ जुनियर तथा युवा सर्कल रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...