Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 246

परिवार पीडामा पर्दा आक्रोशमा नबोल्नुपर्ने शब्द बोलेँ : किरण साह

0

वीरगंज । मन्त्रीलाई फोनमा धम्की दिएको आरोपमा पक्राउ परेकी वीरगंज–१३ मुर्ली निवासी किरण साहले आफ्नाे परिवारका सदस्य पिडामा पर्दा आक्राेशमा आएर नबाेल्नु पर्ने शब्द आफुले मन्त्री जिलाई बाेलेकाे बताएकी छन् ।

कलैया उपमहानगरपालिका–२६, सिस्वा स्थायी घर भएकी साहले वीरगंजमा हैजाको प्रकोप बढ्दै गर्दा मन्त्रीसँग पटक–पटक सम्पर्क गर्न खोजे पनि फोन नउठाएपछि आक्रोश व्यक्त गरेकी वताइन । ११ भदौमा मन्त्रीसँगको संवादमा आफूले परिवारका सदस्य आइसियूमा भर्ना भएको पीडादायी अवस्था सुनाउँदा पनि मन्त्रीले ‘तथ्यांक छ ?’ भनेर प्रतिप्रश्न गरेको साहको भनाइ छ ।

त्यसपछि १३ भदौमा उनले मन्त्रीसँगको अडियो पत्रकारलाई उपलब्ध गराएपछि १४ भदौमा प्रहरीद्वारा पक्राउ गरिएकी थिइन् । साहका अनुसार जिम्मेवार व्यक्तिले जवाफदेही नदेखाएर उल्टै शक्ति प्रयोग गरेर आफूलाई हिरासतमा राख्न लगाएकाे आराेप समेत लगाइन ।

६ दिन हिरासतमा रहेकी साहले आफ्नो मोबाइल प्रयोग गरी व्यक्तिगत सामग्री सार्वजनिक गरिएको आरोप समेत लगाएकी छन्। उनले यसलाई प्रहरीद्वारा गरिएको गम्भीर दुरुपयोग भन्दै आपत्ति जनाएकी छन् ।

साहले आफू कुनै राजनीतिक पार्टीसँग आबद्ध नभएको, कलाकार बाहेक अन्य परिचय नभएको उल्लेख गर्दै सामाजिक न्यायका लागि आवाज उठाउँदा मात्र हिरासतमा पुग्नुपरेको बताइन् । अदालतमा मुद्दा छिटो किनारा लाग्ने विश्वास समेत उनले व्यक्त गरिन् ।

उनीमाथि लागेकाे विद्युतीय काराेबारकाे मुद्दा अहिले बिचारधिन अवस्थामा रहेकाे छ । उनी पर्सा जिल्ला अदालतकाे आदेशमा ५ हजार धराैटीमा तारिखमा छुटेकी हुन् ।

पर्सामा लागुऔषधविरुद्ध प्रहरीले मोटरसाइकल तथा गाडी र्‍याली निकाल्दै

0
फाइल तस्बिर

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध विरुद्धको जनचेतना अभियानअन्तर्गत भव्य मोटरसाइकल तथा गाडी र्‍याली निकाल्दै विशेष कार्यक्रम गर्न लागेको छ।

मिति २०८२ भदौ २३ गते साेमबार बिहान ७:०० बजे वीरगंज महानगरपालिका–३२ स्थित मिलनचोकबाट सुरु हुने र्‍याली बडनिहार, मनवा, रंगपुर, श्रीपुर, पटेर्वासुगौली, निचुटा, मनिहर्वा, नौकाटोला, सेढवा हुँदै सुपौलीस्थित परसवा खेलमैदानमा पुगेर सम्पन्न हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र लगायत स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, समाजसेवी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ।

जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध दुव्र्यसनविरुद्ध सबैलाई सचेत बनाउन आयोजित अभियानमा गरिमामय उपस्थिति जनाउन अनुरोध गरेको छ । दुई दिन पहिला मात्र शुक्रबार मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई सम्मान गरेको थियाे ।

सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्सन गर्ने पाँच युवा पक्राउ

0

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनबाट पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि शनिबार ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको सांकेतिक आन्दोलनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल, साथै सदस्य आशिष शर्मा रहेका छन् ।

उनीहरूले मुखमा मास्क र कालो टेप लगाएर सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रतिरोध जनाएका थिए ।

युथ कंग्रेस नेपालले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमण भन्दै विरोधमा देशव्यापी अभियान चलाउने घोषणा गरेको छ ।

संस्थाले पक्राउ परेका सबै सदस्यहरूको बिना शर्त रिहाइको माग गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस्ता शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध पक्षलाई सचेत गराउँछौं।”

संस्थाले सामाजिक सञ्जाल नागरिकको आवाज र स्वतन्त्रताको माध्यम भएको उल्लेख गर्दै सरकारले प्रतिगामी नीति अख्तियार गरेको आरोप लगाएको छ ।

आजपा अध्यक्ष प्रभु साह नयाँ दिल्ली प्रस्थान, प्रवासी नेपाली भेला र अन्तरक्रियामा सहभागी हुने

0

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह शनिबार छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको हो।

‘प्रवासी नेपालीहरूको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आइतबार नयाँ दिल्लीमा आयोजना गर्न लागेको भेला तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साह सहभागी हुने कार्यक्रम रहेको छ। आजपा निकट प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा दिल्लीमा विभिन्न पेशा–व्यवसायमा संलग्न नेपालीहरूको सहभागिता रहने बताइएको छ।

यसअघि साह भारतको मुम्बईमा आयोजित प्रवासी नेपालीहरूको कार्यक्रममा समेत सहभागी भएका थिए । हाल आजपा नेपालभित्र मात्र नभई विदेशमा पनि कमिटी विस्तार गर्ने क्रममा रहेको छ।

दिल्लीमा हुने भेलासँगै अध्यक्ष साहले त्यहाँ रहेका नेपाली उद्योगी, व्यापारी, विद्यार्थी आदिसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ। आठ वर्षपछि साह पहिलो पटक दिल्ली पुगेका हुन्।

दिल्लीको कार्यक्रमपछि आजपाले मलेसिया, दुबई, कतारलगायत मुलुकमा पनि संगठन विस्तार गर्दै विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको छ।

वीरगंज र कलैयामा रक्तदान कार्यक्रम सम्पन्न, १३३ जनाले दिए रगत

0

वीरगंज । वीरगंज युवा समाजले “परिवर्तनका लागि वीरगंज युवा समाज” नारासहित आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार वीरगंजस्थित होटेल मकालुमा सम्पन्न कार्यक्रममा १३ जना महिलासहित १०३ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा काजल कोइराला, मिरा सिंह, रोजी प्रधान, स्वस्तिका श्रेष्ठ, मञ्जु भण्डारी, प्रीति गुरुङ, मञ्जु गुरुङ, सुन्दिपा श्रेष्ठ, दीपिका चापागाईँ, श्रीजल चौधरी, रञ्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सञ्जीव थापा, राजेन्द्र भट्टराई, सन्दीप साह, रामकुमार बस्नेत, विवेक बेरिवाल, विनोद धिमाललगायतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोय नारायण सुवेदीले रक्तदान जीवन बचाउने अमूल्य योगदान भएको उल्लेख गर्दै प्रत्येक तीन महिनामा रक्तदान गर्न आग्रह गरे । उनले रक्तसञ्चार केन्द्रमा रगतको अभावका कारण बिरामीहरू समस्यामा परिरहेको बेला वीरगंज युवा समाजको अभियान महत्त्वपूर्ण रहेको बताए ।

समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सञ्जीव थापाको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका एसपी पुरनचन्द्र भट्टलगायतले रक्तदातालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

यसैगरी, बाराको सदरमुकाम कलैयास्थित भारत चौकमा कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्यान बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह प्रमुख अतिथि रहनुहुँदै संयुक्त रूपमा रक्त सङ्कलन ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए। साे कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साले जनाएको छ।

वीरगंजमा २२ औं निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण

0

वीरगंज । २२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदी रहनुभएको थियो । विशिष्ट अतिथिहरूमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ती राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, शस्त्र प्रहरी पर्साका एसपी पुरनचन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१० का अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो। उहाँका अनुसार कार्यक्रममा करिब ६० वटा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको छ।

वृक्षारोपण वीरगंज महानगरपालिका–१६ अन्तर्गत वाईपास रोडस्थित वैष्णवी मन्दिर चौक परिसरमा सम्पन्न भएको हो। सामाजिक दायित्व र वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

मन्त्री बसन्त कुशवाहाद्वारा नारायणी अस्पताल र वीरगंज नाकाको अनुगमन

0

वीरगंज । मधेस प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले हैजा महामारीको सन्दर्भमा नारायणी अस्पताल पुगेर अनुगमन गर्नुभएको छ । अस्पताल प्रशासन, मेसु तथा बिरामीहरूसँग भेटघाट एवं छलफल गर्दै उहाँले वस्तुस्थितिबारे जानकारी लिनुका साथै प्रदेश सरकारले औषधि तथा जनशक्ति सहयोगलाई प्राथमिकतामा राखी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यससँगै, भारतीय पर्यटकहरुले भन्सार नाकामा भोग्नुपरेका समस्या तथा जनगुनासोलाई मध्यनजर गर्दै मन्त्री कुशवाहाले शनिबार बिहान शंकराचार्यद्वार भन्सार नाकाको समेत अनुगमन गर्नुभयो । भन्सार प्रक्रिया, सवारी साधन इन्ट्रीलगायत विषयमा सम्बन्धित पक्षसँग छलफल गर्दै उहाँले भारतीय पर्यटकहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो ।

प्रदेश सरकार सीमा नाकालाई पर्यटकमैत्री बनाउन प्रतिबद्ध रहेको बताउँदै मन्त्री कुशवाहाले गत हप्ता विर्तामाेड बोर्डरको पनि अनुगमन गरिएको जानकारी दिनुभयो।

शनिबारकाे कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, स्थानीय अगुवा लगायतको सहभागिता रहेको थियो ।

डिप बोरिङ र चापाकलको पानीमा क्लोरिन हालेर मात्र खान विज्ञको सुझाव

0

वीरगंज । हैजाको जोखिम बढिरहेका बेला डिप बोरिङ र चापाकलको पानीमा क्लोरिन हालेर मात्र प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।

शुक्रबार स्वास्थ्य कार्यालय पर्सामा विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधिहरूसँग भएको छलफल कार्यक्रममा खानेपानीका विज्ञ डा. सुदन पन्थीले डिप बोरिङको पानी प्राविधिक रूपमा सफा भए पनि क्लोरिन नभएकाले सीधै पिउन स्वास्थ्यका लागि सुरक्षित नहुने बताए।

उनले भने, “नेपालको सन्दर्भमा खानेपानीमा ०.५ प्रतिशतभन्दा माथि क्लोरिनको मात्रा हुनु पर्छ । डिप बोरिङ र चापाकलको पानीमा एफआरसी (Free Residual Chlorine) नहालेसम्म प्रयोग नगर्नु उपयुक्त हुन्छ।”

डा. पन्थीका अनुसार खानेपानी संस्थानले वितरण गर्ने धाराको पानीमा भने क्लोरिन मिसाइएकाले त्यसलाई प्रयोग गर्दा अतिरिक्त क्लोरिन हाल्न आवश्यक छैन । तर चापाकल र बोरिङको पानी प्रत्यक्ष प्रयोग हुने भएकाले क्लोरिन मिसाउनुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे ।

WHO को टोलीले वीरगंजका विभिन्न स्थानका पानी परीक्षण गर्दा खानेपानी संस्थान र बोरिङमार्फत आपूर्ति हुने पानीमा हालसम्म हैजा वा झाडापखालासम्बन्धी जीवाणु नदेखिएको तर एक चापाकल र एक घरमा भाँडोमा राखिएको पानीमा संक्रमण पाइएको जानकारी पनि छलफलमा दिइयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झा, जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, ल्याब टेक्निसियन विजय कुमार साह, WHO का सुशील बन्जाडेलगायत सहभागी थिए।

WHO को टोली हैजा नियन्त्रणसम्बन्धी निगरानी र परीक्षणका लागि करिब एक महिना वीरगंजमा रहने जनाएको छ।

परराष्ट्र र समाज कल्याण मन्त्रीद्वारा संघ संस्था ऐन पुनर्लेखनको आश्वासन

0

काठमाडौं । ‘संघ संस्था ऐन, २०८२’ को मस्यौदा पुनर्लेखन गर्नुपर्ने विषयमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नवलकिशोर शाह सुडीले प्रतिबद्धता जनाएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपालको नेतृत्वमा शुक्रबार काठमाण्डौमा आयोजित छलफलमा महासंघको प्रतिनिधिमण्डलले सरोकारवाला संघसंस्थासँग कुनै परामर्श नगरी ल्याइएको नियन्त्रणमुखी मस्यौदाप्रति आपत्ति जनाउँदै कैयौं आपत्तिजनक दफा खारेज गरी ऐनलाई पुनर्लेखन गर्न माग गरेको थियो।

परराष्ट्र मन्त्री डा. देउवाले सामाजिक परिवर्तनमा संघसंस्थाले पुर्‍याएको योगदानको चर्चा गर्दै सरोकारवालाको सहभागीतामा मस्यौदा पुनर्लेखन गर्नुपर्ने र यसमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी, मन्त्री सुडीले गृह मन्त्रालयले ल्याएको मस्यौदाप्रति असहमति जनाउँदै आफूले गृह मन्त्रीसँग समेत आपत्ति जनाएको जानकारी दिए । उनले वर्तमान मस्यौदा संविधानविपरीत रहेको बताउँदै संघसंस्थाका लागि कार्यमूलक वातावरण सुनिश्चित गर्न सामान्यीकृत ऐन आवश्यक भएको स्पष्ट पारे।

महासंघले दुवै मन्त्रीलाई धन्यवाद दिंदै हालको मस्यौदा कुनै हालतमा स्वीकार्य नहुने पुनः दोहोर्याएको छ।

बलुवामा करिबा ५० जना जनमत पार्टीमा प्रवेश, ३१ सदस्यीय बूथ समिति गठन

0

पर्सा । पर्सा क्षेत्र नम्बर–४ काे जिराभवानी गाउँपालिका वडा नं. १ बालुवा टोलमा करिब ५० जना महिला–पुरुष जनमत पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा ३१ सदस्यीय बूथ समिति पनि गठन गरिएको छ।

जनमत पार्टीका गाउँपालिका अध्यक्ष राम प्रवेश चौधरीको अध्यक्षता र जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरी, जिल्ला वरिष्ठ नेता जगदीश पटेल, प्रादेशिक क्षेत्रीय संयोजक गौरीशंकर पटेल, जगरनाथपुर गाउँपालिका समितिका अध्यक्ष इ. सुनिल मुखिया, युवा जिल्ला वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, स्थानीय नेता रनु यादव लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला अध्यक्ष सर्राफले देश विकासकाे लागि जनमत पार्टीमा गाेलबन्ध हुन सबैलाई आग्रह गरे । उनले नवप्रबेशी र नवगठित समितिलाई बधाई दिदै देश विकासकाे भ्रष्टाचार विरुद्ध अभियान जरुरी रहेकाे वताए ।

जनमत पार्टीले हाल पर्साका टोल–टोल, गाउँ–गाउँमा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ ।