Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन पत्रकार महासंघको माग

spot_img
spot_img

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। महासंघले यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष संकुचन ल्याउने चेतावनी दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तत्काल प्रभावले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नागरिकको सूचना पाउने हक र प्रेस स्वतन्त्रतामाथि नकारात्मक असर पार्ने उल्लेख गरिएको छ। कुनै वैकल्पिक व्यवस्था नगरी सामाजिक सञ्जाल बन्द गर्नु नागरिकको मौलिक हकप्रति धक्का भएको भन्दै महासंघले सरकारको कदमप्रति आश्चर्य व्यक्त गरेको छ।

विज्ञप्तिमा सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्नुपर्ने पक्षमा महासंघ पनि रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पर्ने गरी सञ्चार माध्यमलाई नियन्त्रण गर्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारिएको छ। साथै, महासंघले नागरिकको सूचनाको हकलाई सम्मान गर्दै लगाइएको प्रतिबन्ध हटाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...