Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लायन्स क्लबहरूद्वारा हैजा नियन्त्रणका लागि सचेतना

spot_img
spot_img

वीरगंज । हैजाको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीको आयोजनामा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लब अफ वीरगंज सुप्रिम, ह्युम्यानिटी, गेटवे, संस्कृतिगोल्डको सहआयोजनासहित नाटा वीरगंज र स्काउट वीरगंजले सहयोग गरेका थिए।

कार्यक्रम इन्दु लखा आधारभूत विद्यालय, कञ्चनजंघा इंग्लिस स्कूल र श्री माईस्थान विद्या पीठ माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा प्रथम उप–जिल्ला गर्भनर लायन रामबिहारी पाण्डे, लायन अशोक बेरीवाल र लायन नरोत्तम पाण्डेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीका अध्यक्ष तथा समन्वयकर्ता लायन उमेशकुमार शाह, सबै क्लब अध्यक्षहरू र सदस्यहरूको सक्रियता उल्लेखनीय रह्यो । साथै विद्यालयका प्राचार्य मार्टिन मोक्तान तथा प्रशासनको सहयोगप्रति विशेष आभार व्यक्त गरिएको छ।

लायन्स क्लब अफ वीरगंज सुप्रिमका अनुसार हैजा नियन्त्रण र सचेतनामार्फत सुरक्षित र स्वस्थ समुदाय निर्माण गर्न निरन्तर प्रतिबद्धता जनाइएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...