Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मानव बेचबिखनविरुद्ध उत्कृष्ट अभियानका लागि पर्सा प्रहरी प्रमुख सम्मानित

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई सम्मान गरेको छ।

७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमध्ये मानव बेचबिखनविरुद्धको प्रभावकारी अभियान सञ्चालन गरी पर्सा प्रहरीले पहिलो स्थान हासिल गरेको हो । एसपी मिश्र ७ महिना अघि पर्सा प्रहरी प्रमुखका रूपमा हाजिर भएपछि मानव बेचबिखनविरुद्ध कठोर अभियान चलाएका थिए ।

उनको कार्यकालमा १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ, करिब ३०० जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, ३५० भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन र विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरी अपराध नियन्त्रणमा ठोस उपलब्धि हासिल गरिएको छ ।

महिला तथा बालबालिका मन्त्रालयले यिनै उपलब्धिहरूका आधारमा पर्सा प्रहरीलाई ‘मानव बेचबिखनविरुद्ध उत्कृष्ट जिल्ला’ घोषणा गर्दै प्रमुख मिश्रलाई सम्मानित गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...