Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 164

ठूला दलको षड्यन्त्रले वीरगंज बर्बाद भयो, न्यायका लागि संघर्ष गर्छु : उम्मेदवार सरार्फ

0

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले ठूला दलहरूले षड्यन्त्रपूर्वक वीरगञ्जलाई बर्बाद गरेको आरोप लगाउँदै त्यसविरुद्ध न्यायको लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० अन्तर्गत अपौनी र हारपतगन्जमा आयोजित भेटघाट, संवाद, घरदैलो तथा कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या गराउनेमा नेपाली कांग्रेस, एमाले लगायतका ठूला दल जिम्मेवार रहेको आरोप लगाए।

उनले ठूला दलहरूले वीरगञ्ज र पर्साको विकासप्रति सधैं बेइमानी गर्दै आएको र वीरगञ्जलाई केवल राजस्व असुल्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताए। आफू वीरगञ्जमाथि हुँदै आएको विभेदको अन्त्य गर्दै जनतालाई न्याय दिलाउन संघर्ष गर्ने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको सरार्फले स्पष्ट पारे।

देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा हर्न छापमा मतदान गर्न सबै मतदातालाई अपिल गरे।

कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, बबिता पुडासैनी, नरेश राम, सत्युग साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

पर्सा ३ मा सही उम्मेदवार छान्न जरुरी छ : नेकपा उम्मेदवार यादव

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोटेलाल यादवले आगामी फागुन २१ गते हुने निर्वाचनमा सही उम्मेदवारको पहिचान गर्न अत्यन्तै आवश्यक रहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा सम्पन्न परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार यादवले आफू अन्य उम्मेदवारहरूको तुलनामा योग्य, सक्षम र जनतासँग प्रत्यक्ष रूपमा जोडिएको उम्मेदवार भएको दाबी गरे।

यादवले आफू सधैं जनताको दुःख–सुखमा सहभागी हुँदै आएको उल्लेख गर्दै जनताले आफूलाई विश्वास गर्ने आधार रहेको बताए। उनले क्षेत्रबासी तथा सञ्चारमाध्यमले क्षेत्रका सबै उम्मेदवारहरूको विगत र यथार्थलाई जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

उनले अन्य उम्मेदवार विजयी भए भ्रष्टाचार बढ्ने दाबी गर्दै आफूलाई जनताले जिताए पर्सा–३ को समग्र विकास गरेर देखाउने प्रतिबद्धता जनाए। कांग्रेसका उम्मेदवार पटक–पटक सांसद र मन्त्री बने पनि क्षेत्रमा उल्लेखनीय विकास नगरेको आरोप लगाउँदै यादवले आफू निर्वाचित भए विकासका कामहरू गरेर देखाउने बताए।

यादवले आगामी निर्वाचनमा नेकपाको कुनै विकल्प नरहेको दाबी गर्दै पार्टीलाई विजयी गराउन सबैलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा ४ मा भिस्वाबाट कांग्रेस उम्मेदवार रमेश रिजालको घरदैलो अभियान सुरु

0

वीरगंज । नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आज पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन्।

घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार रिजालले स्थानीयवासीका समस्या र सुझावहरू सुनेका थिए भने कांग्रेसका एजेन्डा तथा विकास योजनाबारे जानकारी गराएका थिए।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको भरोसा र सक्रिय समर्थनबाट मात्रै क्षेत्रको समग्र विकास सम्भव हुने बताए ।

स्थानीय मतदाताहरूले उम्मेदवार स्वयं गाउँमै आएर आफ्ना समस्या सुनेकोमा सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका रिजालले आगामी दिनमा छिपहरमाई गाउँपालिकाका अन्य वडाहरूमा पनि घरदैलो र जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, प्रदेश क्षेत्रीय सभापति दिपेन्द्र सिंहलगायत छिपहरमाईका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फागुन २१ गते पर्सा–२ मा नेकपाको जित पक्का छ : उम्मेदवार मनोज चौधरी

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरीले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साले संयुक्त रूपमा आयोजना गरेको परिचात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले अन्य उम्मेदवारहरूको तुलनामा आफू योग्य, सक्षम र जनतासँग प्रत्यक्ष जोडिएको उम्मेदवार भएको कारण आफ्नो जित निश्चित रहेको बताए।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका चौधरीले सधैं जनताको दुःख–सुखमा सहभागी हुँदै आएको उल्लेख गर्दै जनताले आफूलाई विश्वास गर्ने धारणा व्यक्त गरे । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले आफू अन्य उम्मेदवारजस्तो पैसाको बलमा होइन, जनताको विश्वासका आधारमा चुनाव लडिरहेको स्पष्ट पारे ।

उनले अन्य उम्मेदवारहरू विजयी भए भ्रष्टाचार बढ्ने दाबी गर्दै आफूलाई जनताले जिताए पर्सा–२ को समग्र विकास गरेर देखाउने प्रतिबद्धता जनाए।

चौधरीले कांग्रेस र एमालेको संयुक्त सरकारका कारण मुलुकमा जेन–जी (Gen-Z) असन्तोष बढेको र ठूलो धनजनको क्षति भएको आरोप लगाउँदै आफू निर्वाचित भए जेन–जीको चाहनाअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गरेर देखाउने बताए।

उनले आगामी निर्वाचनमा नेकपाको विकल्प नरहेको दाबी गर्दै पार्टीलाई विजयी गराउन सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।

 अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनसँग आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा–१ का लागि आफू योग्य र सक्षम उम्मेदवार हुँ : नेकपा उम्मेदवार सिए चौरसिया

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिए अजय चौरसियाले आफू यस क्षेत्रका लागि योग्य र सक्षम उम्मेदवार भएको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साले संयुक्त रूपमा आयोजना गरेको परिचात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार चौरसियाले अन्य उम्मेदवारहरूको तुलनामा आफू अनुभवी, योजनाबद्ध र जनताका समस्या बुझ्ने उम्मेदवार भएको बताए।

उनले पर्सा–१ को समग्र विकासका लागि स्पष्ट योजना र दीर्घकालीन भिजन आफूसँग रहेको उल्लेख गर्दै आफू निर्वाचित भए क्षेत्रका शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“म यस क्षेत्रका जनताको हरेक समस्या नजिकबाट बुझेको छु। ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने स्पष्ट योजना मसँग छ,” उनले भने, “यदि जनताले मलाई विजयी गराए भने शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको विकास गरेर देखाउनेछु।”

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर र समाजवादी प्रेस संगठनसंग आवद्ध पत्रकारहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्सा–४ मा जनमत पार्टीका स्थानीय नेता कांग्रेस प्रवेश

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा जनमत पार्टीका एक स्थानीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बालकेश्वर राम नेपाली कांग्रेसमा प्रवेश गरेको क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए।

एक कार्यक्रमका बिच रामलाई नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंहले अविरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

सो अवसरमा बोल्दै सह–सचिव सिंहले देशमा देखिएका समस्या समाधानका लागि नेपाली कांग्रेस नै उपयुक्त विकल्प भएको धारणा व्यक्त गरे । उनले फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार रमेश रिजाललाई विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आग्रह समेत गरे।

कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि रामदेव प्रसाद चौहान सहित स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सखुवा प्रसौनीमा ६४९औं गुरु रविदास जन्मजयन्ती कार्यक्रम सम्पन्न

0

वीरगंज । ६४९औं सन्त शिरोमणि गुरु रविदास जन्मजयन्ती सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ मा आयोजित कार्यक्रममार्फत सम्पन्न भएको छ। बन्सी दासको अध्यक्षताकाे एवं पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३(१) काे प्रदेश सांसद प्रत्यासी एवं सखुवा प्रसौनी गाउँपालिका युवा नेता शिवकुमार साह तेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा वक्ताहरूले गुरु रविदासजीका अमूल्य उपदेशहरू — समानता, प्रेम, भाईचारा र सत्यको मार्ग — सबैलाई सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने कुरामा जोड दिएका थिए। उनका दिव्य शिक्षाले समाजमा एकता, सद्भाव र आत्मज्ञानको प्रकाश फैलाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, लालबाबु राम, हरिलाल राम, सिकन्दर सहनी, राम प्रसाद दास, सटाही दास, बिरबहादुर राम, अमरदिप महरा लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

‘वीरगञ्ज आईडल’ आयोजना हुँदै, फागुन २ गते अडिसन

0

वीरगंज । नेक्स्ट जेनेरेसन ईभेन्ट प्रा.लि.को आयोजनामा गायन रियालिटी शो “वीरगंज आईडल” आयोजना हुने भएको छ। उक्त कार्यक्रम माई टेलिभिजनबाट प्रशारण गरिने आयोजकले बताएका छन्।

यसअघि वीरगञ्ज स्कुल आईडलका दुई सिजन सफलतापूर्वक सम्पन्न गरेको अनुभवका आधारमा यसपटक खुला प्रतिस्पर्धाका रूपमा वीरगञ्ज आईडल आयोजना गर्न लागिएको हो। कार्यक्रमको मुख्य उद्देश्य वीरगञ्ज र आसपासका क्षेत्रका लुकेका गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने अवसर प्रदान गर्नु रहेको आयोजकको भनाइ छ।

वीरगञ्ज आईडलमा १५ वर्ष र सो भन्दा माथिका उमेर समूहका इच्छुक प्रतिभाले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता अडिसन, गाला राउण्ड र फाइनल चरणमार्फत सञ्चालन हुनेछ। अडिसनदेखि फाइनलसम्मका सबै कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरिनेछ। अडिसन फागुन २ गते आयोजना हुनेछ।

कार्यक्रमका संयोजक सद्धाम हुसैनले पत्रकार सम्मेलनमा स्वागत मन्तव्य दिँदै वीरगञ्ज आईडलले स्थानीय गायन प्रतिभालाई प्लेटफर्म दिने र उनीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने उद्देश्य रहेको बताए।

निर्णायक हरिरत्न तुलाधरले प्रतियोगिताले यहाँका कलाकार र गायन प्रतिभालाई पहिचान र अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। अर्का निर्णायक प्रभात यादवले यस्ता कार्यक्रमले युवामा सिर्जनशीलता बढाउने र स्थानीय स्तरमै लुकेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि, पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार रामकिशोर सिंह परागले कला र प्रतिभालाई अवसर र प्रोत्साहन दिन आवश्यक रहेको बताए। उनले कलाकार र खेलाडीलाई समाजका गहना भएको उल्लेख गर्दै यिनले स्थानको गरिमा र पहिचान उचाइमा पु¥याउने धारणा राखे। साथै, वीरगञ्जमा साहित्यिक तथा सांस्कृतिक गतिविधि चलायमान बनाउन सार्वजनिक भवन वा सभा हल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्णायक मण्डलमा हरिरत्न तुलाधर, अशोक प्रधान, सद्धाम हुसैन र प्रभात यादव रहेका छन् भने कार्यक्रमका प्रस्तोताका रूपमा सञ्चारकर्मी सूर्य शुभचिन्तक रहनेछन्। विजेतालाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। कभर म्युजिक भिडियोमा गाउने अवसरका साथै अन्य आकर्षक उपहारहरूको व्यवस्था पनि गरिएको छ।

कार्यक्रममा उपस्थित पत्रकारहरूले कार्यक्रमको स्वरूप, निष्पक्षता र भविष्यका योजनाबारे जिज्ञासा राखेका थिए। आयोजकले गायन क्षेत्रमा रुचि राख्ने सबै प्रतिभालाई सहभागिताका लागि आग्रह गरेका छन्।

जेन्जी युवाको हत्यारा पार्टीलाई ब्यालेटमार्फत कारवाही गर्न उम्मेदवार सरार्फको अपिल

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुरमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जि आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या गर्ने नेपाली कांग्रेस, नेकपा एमाले लगायत ठूला दल र तिनका उम्मेदवारहरूलाई मतपत्र (ब्यालेट) को माध्यमबाट सजाय दिनुपर्ने बेला आएको बताए। उनले जनताको अदालतमा ती दलहरूलाई बहिष्कार गर्दै खबरदारी गर्नुपर्नेमा जोड दिए।

सरार्फले देश र मधेसको राजनीतिक निकासका लागि स्पष्ट र उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न मतदातासँग आग्रह गरे।

घरदैलो तथा संवाद कार्यक्रममा जनमत पार्टीका नेताहरू रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अञ्जना गुप्ता, नजमा खातुन, अनिता रौनियार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीयवासीहरूले मधेसका मुद्दा, सुशासन र युवाको भविष्यबारे चासो व्यक्त गर्दै उम्मेदवार सरार्फसँग प्रत्यक्ष संवाद गरेका थिए।

ठोरीमा कांग्रेस अगुवा नेता–कार्यकर्ता भेला, रमेश रिजाललाई विजयी गराउने संकल्प

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलाले कांग्रेसका उम्मेदवार, पूर्व मन्त्री तथा निर्वतमान सांसद रमेश रिजाललाई विजयी गराउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार रमेश रिजालले मुलुकमा देखिएका जटिल समस्याको समाधानका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताए । उनले भावनामा बगेर हल्ला र भ्रमको पछि नलाग्न आग्रह गर्दै लोकतन्त्र स्थापना, संविधान निर्माण र देश निर्माणमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको उल्लेख गरे । देशको स्थायित्व र लोकतन्त्रको रक्षा गर्न कांग्रेसकै उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको जोड थियो ।

नेपाली कांग्रेस ठोरी गाउँपालिका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डेय, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, प्रदेश क्षेत्रिय सभापति जिवन सापकाेटा लगायत ठोरीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसको संगठन थप मजबुत बनाउँदै घर–घरमा पार्टीको नीति र कार्यक्रम पुर्‍याएर उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए ।