Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा ३ मा सही उम्मेदवार छान्न जरुरी छ : नेकपा उम्मेदवार यादव

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोटेलाल यादवले आगामी फागुन २१ गते हुने निर्वाचनमा सही उम्मेदवारको पहिचान गर्न अत्यन्तै आवश्यक रहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा सम्पन्न परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार यादवले आफू अन्य उम्मेदवारहरूको तुलनामा योग्य, सक्षम र जनतासँग प्रत्यक्ष रूपमा जोडिएको उम्मेदवार भएको दाबी गरे।

यादवले आफू सधैं जनताको दुःख–सुखमा सहभागी हुँदै आएको उल्लेख गर्दै जनताले आफूलाई विश्वास गर्ने आधार रहेको बताए। उनले क्षेत्रबासी तथा सञ्चारमाध्यमले क्षेत्रका सबै उम्मेदवारहरूको विगत र यथार्थलाई जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

उनले अन्य उम्मेदवार विजयी भए भ्रष्टाचार बढ्ने दाबी गर्दै आफूलाई जनताले जिताए पर्सा–३ को समग्र विकास गरेर देखाउने प्रतिबद्धता जनाए। कांग्रेसका उम्मेदवार पटक–पटक सांसद र मन्त्री बने पनि क्षेत्रमा उल्लेखनीय विकास नगरेको आरोप लगाउँदै यादवले आफू निर्वाचित भए विकासका कामहरू गरेर देखाउने बताए।

यादवले आगामी निर्वाचनमा नेकपाको कुनै विकल्प नरहेको दाबी गर्दै पार्टीलाई विजयी गराउन सबैलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...