Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

फागुन २१ गते पर्सा–२ मा नेकपाको जित पक्का छ : उम्मेदवार मनोज चौधरी

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरीले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साले संयुक्त रूपमा आयोजना गरेको परिचात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले अन्य उम्मेदवारहरूको तुलनामा आफू योग्य, सक्षम र जनतासँग प्रत्यक्ष जोडिएको उम्मेदवार भएको कारण आफ्नो जित निश्चित रहेको बताए।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका चौधरीले सधैं जनताको दुःख–सुखमा सहभागी हुँदै आएको उल्लेख गर्दै जनताले आफूलाई विश्वास गर्ने धारणा व्यक्त गरे । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले आफू अन्य उम्मेदवारजस्तो पैसाको बलमा होइन, जनताको विश्वासका आधारमा चुनाव लडिरहेको स्पष्ट पारे ।

उनले अन्य उम्मेदवारहरू विजयी भए भ्रष्टाचार बढ्ने दाबी गर्दै आफूलाई जनताले जिताए पर्सा–२ को समग्र विकास गरेर देखाउने प्रतिबद्धता जनाए।

चौधरीले कांग्रेस र एमालेको संयुक्त सरकारका कारण मुलुकमा जेन–जी (Gen-Z) असन्तोष बढेको र ठूलो धनजनको क्षति भएको आरोप लगाउँदै आफू निर्वाचित भए जेन–जीको चाहनाअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गरेर देखाउने बताए।

उनले आगामी निर्वाचनमा नेकपाको विकल्प नरहेको दाबी गर्दै पार्टीलाई विजयी गराउन सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।

 अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनसँग आवद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...