Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ मा जनमत पार्टीका स्थानीय नेता कांग्रेस प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा जनमत पार्टीका एक स्थानीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बालकेश्वर राम नेपाली कांग्रेसमा प्रवेश गरेको क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए।

एक कार्यक्रमका बिच रामलाई नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंहले अविरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

सो अवसरमा बोल्दै सह–सचिव सिंहले देशमा देखिएका समस्या समाधानका लागि नेपाली कांग्रेस नै उपयुक्त विकल्प भएको धारणा व्यक्त गरे । उनले फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार रमेश रिजाललाई विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आग्रह समेत गरे।

कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि रामदेव प्रसाद चौहान सहित स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...