Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

ठूला दलको षड्यन्त्रले वीरगंज बर्बाद भयो, न्यायका लागि संघर्ष गर्छु : उम्मेदवार सरार्फ

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले ठूला दलहरूले षड्यन्त्रपूर्वक वीरगञ्जलाई बर्बाद गरेको आरोप लगाउँदै त्यसविरुद्ध न्यायको लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० अन्तर्गत अपौनी र हारपतगन्जमा आयोजित भेटघाट, संवाद, घरदैलो तथा कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या गराउनेमा नेपाली कांग्रेस, एमाले लगायतका ठूला दल जिम्मेवार रहेको आरोप लगाए।

उनले ठूला दलहरूले वीरगञ्ज र पर्साको विकासप्रति सधैं बेइमानी गर्दै आएको र वीरगञ्जलाई केवल राजस्व असुल्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताए। आफू वीरगञ्जमाथि हुँदै आएको विभेदको अन्त्य गर्दै जनतालाई न्याय दिलाउन संघर्ष गर्ने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको सरार्फले स्पष्ट पारे।

देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा हर्न छापमा मतदान गर्न सबै मतदातालाई अपिल गरे।

कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, बबिता पुडासैनी, नरेश राम, सत्युग साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...